माडागास्कर
अफ्रिका महादेशको दक्षिण पूर्वमा
अवस्थित एउटा मुलुकको
नाउँ हो जसलाई
चारैतिर हिन्द महासागरले घेरेको
छ । यो
संसारमै चौथो ठुलो
टापु पनि हो
। मानव–जातिको
बिचमा बाइबलले कसरी
काम गर्छ भनेर
बुझ्नको लागि यो
देशको उदाहरणलाई लिन
सकिन्छ ।
ख्रीष्टाब्द
१८३६ मा मिसनरीहरूलाई
यो देश छाड्न
बाध्य पारियो ।
तिनीहरूले त्यहाँ मुद्रित बाइबलहरू
छाडे । तर
त्यहाँका अधिकारीहरूले बाइबल पढ्नेलाई मृत्युदण्ड
दिने घोषणा गरे
। केही दसकसम्म
सतावटलाई तीव्र पारियो ।
दसौँ हजारलाई विभिन्न
दण्ड दिइयो ।
केही आफ्नो विश्वासको
निम्ति सहिद पनि
बने ।
विश्वासीहरूले
गोप्य रूपमा सङ्गति
गर्थे । तिनीहरूले
धर्मशास्त्र बाइबललाई लुकिछिपि पढ्थे
। बाइबलको अभाव
खड्केपछि तिनीहरूले केही खण्डहरूलाई
हातैले सारेर भए पनि
पढ्ने गर्न थाले
। मिसनरीहरूले त्यो
देश छाड्दा त्यहाँ
दुई हजार विश्वासी
पनि थिएनन् तर
त्यहाँ छाडिएका बाइबल धर्मशास्त्रहरू
र विश्वासीहरूको निरन्तर
सङ्गतिको कारणले आज त्यहाँ
झण्डै आधाजसो जनसङ्ख्याले
ख्रीष्टियान विश्वासलाई अङ्गालेका छन्
। त्यहाँ अहिले
विश्वासीहरूको सङ्ख्या करोड नागेको
छ ।