भोल्टेयर
अठारौँ शताब्दीका फ्रान्सेली लेखक,
इतिहासकारसाथै दार्शनिक थिए ।
तिनले ख्रीष्टियान धर्म,
बाइबल र परमेश्वरको
विरुद्धमा औधी लेखे
। भनिन्छ, ख्रीष्टियान
धर्मलाई कसैले नष्ट गर्न
सक्थ्यो भने तिनी
थिए— भोल्टेयर ।
शताब्दीऔँ
लगाएर निर्माण भएको
ख्रीष्टियमतलाई तिनी एकलैले
ध्वस्त पार्ने हाँक दिए,
“पचास वर्षभित्रमा म
एकलै फ्रान्सेलीले यसलाई
नष्ट गर्न सक्छु
भनेर म देखाइदिनेछु
।”
के
इतिहासले तिनको धाकलाई पुरा
गर्यो
त ? तिनको मृत्युको
बिस वर्षपश्चात् जेनेभा
बाइबल सोसाइटीले तिनको
घर किन्यो, बाइबल
छाप्नको लागि ।
पछि त्यो ब्रिटिस
एन्ड फोरेन बाइबल
सोसाइटीको लागि पेरिसको
केन्द्र बन्यो । जुन
छापाखाना प्रयोग गरेर भोल्टेयरले
ख्रीष्टियान विश्वासको विरुद्धमा पुस्तक–पुस्तिकाहरू निकालेको थियो
सोही छापाखानाबाट हजारौँको
सङ्ख्यामा बाइबल छापिए र
युरोपभरि नै बाइबलको
खोलो बगाइयो ।
बाइबल अझै पनि
संसारमा सबैभन्दा बढी बिक्री
वितरण हुने पुस्तक
हो ।
मृत्युअगि
यी परिचित नास्तिकले
खेद व्यक्त गरे,
“म कहिल्यै नजन्मिएको
भए हुन्थ्यो !”