menu bar

Wednesday, January 14, 2015

विलियम टिन्डेल: अङ्ग्रेजी भाषामा नयाँ करार छाप्ने प्रथम व्यक्ति



हेन्री आठौँ त्यसबेला इङ्गल्यान्डका राजा थिए तिनी विलियम टिन्डेलदेखि निकै रिसाएका थिए तसर्थ तिनले टिन्डेललाई मार्न खोजेका थिए टिन्डेल केही समयको लागि लुक्न सफल भए तर ख्रीष्टाब्द १५३४ मा राजाले हेन्री फिलिप्स नाउँ गरेको व्यक्तिलाई भेटे जसले टिन्डेलको साथी भएको नाटक गर्यो त्यसले टिन्डेललाई रात्री भोजमा निमन्त्रणा दियो हेन्री फिलिप्स इङ्गल्यान्डका राजाको लागि काम गर्दै थियो भनी गरिब टिन्डेललाई थाहा थिएन त्यो रात्री भोज तिनको लागि एउटा षड्यन्त्र थियो जब भोजको लागि टिन्डेल आइपुगे तब तिनी पक्रिए अङ्ग्रेज अधिकारीहरूको हातमा सुम्पिए तिनले ५०० दिनभन्दा बढी कठोर कैदको जीवन जिउनु पर्यो ख्रीष्टाब्द अक्टोबर १५३६ तारिखको बिहान तिनलाई एउटा खम्बामा बाँधियो अनि तिनलाई जलाइयो मर्ने बेलामा तिनले यसो भन्दै प्रार्थना गरेका थिए, “हे प्रभु, इङ्गल्यान्डका राजाका आँखा खोलिदिनुहोस् तिन वर्षपछि अर्थात् ख्रीष्टाब्द १५३९ मा राजा हेन्री आठौँद्वारा अङ्ग्रेजी भाषामा निकालिएकोमहान् बाइबलको प्रकाशनमा यो प्रार्थनाको वास्तवमै सुनुवाइ भयो

सुधारवादीहरूको कप्तानको रूपमा चिनिने विलियम टिन्डेलको जन्म ख्रीष्टाब्द १४९४ मा इङ्गल्यान्डमा भएको  थियो तिनी नै नयाँ करारको बाइबललाई अङ्ग्रेजी भाषामा छाप्ने प्रथम व्यक्ति हुन् तिनी आठ ओटा भाषा आफ्नै भाषाजस्तै गरी बोल्न सक्थे टिन्डेललाई बारम्बार अङ्ग्रेजी भाषाको कालिगडको रूपमा उल्लेख गरिन्छ

१५०५ मा तिनी अक्सफोर्डमा भर्ना भए १५१२ मा तिनले स्नातक सिद्याए भने १५१५ मा तिनी २१ वर्षको हुँदा तिनले स्नातकोत्तर पुरा गरे स्नातकोत्तर पुरा नगरेसम्म ईश्वरशास्त्र अध्ययन गर्न पाईंदैनथ्यो अक्सफोर्डपछि तिनी अध्ययनको लागि क्याम्ब्रिज विश्वविद्यालयमा गए तिनी बाइबल धर्मशास्त्र अध्ययनमा ज्यादै अनुरागी थिए

अङ्ग्रेजी टिन्डेलको समयको सबैभन्दा महत्त्वपूर्ण भाषा थियो तर बाइबल अङ्ग्रेजी भाषामा छापिएको थिएन हरेकले बाइबल पढ्न पाउनुपर्छ भन्ने विचार थियो विलियमको बाइबललाई अङ्ग्रेजीमा अनुवाद गरी त्यसलाई छाप्ने तिनको सपना थियो ताकि सर्वसाधारणले पनि आफ्नै भाषामा बाइबललाई बुझ्ने गरी पढ्न सकून् तिनी बाइबललाई अङ्ग्रेजीमा अनुवाद गर्न कस्सिए हम्फ्री मोनमाउथ नाउँ गरेका एक व्यापारीले टिन्डेललाई अनुवादको लागि आफ्नो घर दिए जहाँ तिनी दिनरात अनुवादको लागि खटिए

पोप त्यसबेलाको ज्यादै शक्तिशाली व्यक्ति थियो अङ्ग्रेजी भाषामा बाइबल छापियोस् भन्ने पोपको इच्छा थिएन तुरुन्तै इङ्गल्यान्डका सबै अधिकारीहरू टिन्डेलको विरुद्धमा उत्रिए परिणामत: टिन्डेलका मित्र मोनमाउथले पनि तिनलाई सहयोग गर्ने आँट गरेनन् इङ्गल्यान्डमा अङ्ग्रेजी भाषामा बाइबल छापिने अवस्था नदेखेपछि तिनी जर्मनीमा गए त्यहाँ पनि तिनको ज्यान खतरामा थियो भन्ने कुरा टिन्डेललाई राम्ररी थाहा थियो किनकि अङ्ग्रेज क्याथोलिक पादरीहरू तिनको विरुद्धमा थिए कोलोग्ने भन्ने ठाउँमा एउटा छापाखाना थियो जहाँ टिन्डेलले गोप्य रूपमा अङ्ग्रेजी बाइबल छाप्ने काम सुरु गरे तर क्याथोलिक पादरीहरूले त्यो कुरा थाहा पाएपछि तिनी आफ्ना महत्त्वपूर्ण कागजात लिई त्यहाँबाट भाग्न बाध्य भए टिन्डेल वर्मस् भन्ने ठाउँमा गए जहाँ तिनी बाइबल छाप्न सफल भए

ख्रीष्टाब्द १५२६ मा टिन्डेलले वर्मस् भन्ने ठाउँमा आफूले अनुवाद गरेको नयाँ करारको बाइबल छापेर निकाले आफ्नो देशलाई आफूलाई भन्दा बढी माया गर्ने टिन्डेलले बाइबलका ती प्रतिहरूलाई तुरुन्त जहाजद्वारा इङ्गल्यान्डमा पठाइदिए तिनको नयाँ करारको बाइबल इङ्गल्यान्डमा चारैतिर पढिन थालेपछि त्यहाँका धर्माधिकारीहरूले भएभरको शक्ति प्रयोग गरी टिन्डेलको अनुवादको घोर भत्र्सना गरे तिनको बाइबल पढेको कारणले गर्दा टिन्डेललाई सहयोग गर्ने हम्फ्रीसाथै अन्य धेरैलाई जेल हालियो तिनको बाइबललाई वितरण गरेकाले तिनका भाइ जोन गिरफ्तार गरिए सतावट यति क्रूर तीव्र थियो कि टिन्डेलद्वारा पहिलो संस्करणमा छापिएका अनुमानित ,०००,००० प्रतिहरूमध्ये सबै नै जलाइए अहिले केवल एउटा मात्र अस्तित्वमा
                                                                                                                               



Leave Your Comments Here.