गालीलको काना नगरमा
भएको एउटा विवाह
भोजमा येशू र
उहाँका चेलाहरूलाई पनि निमन्त्रणा
थियो । येशूकी
आमा मरियम पनि
त्यहाँ थिइन् । दाखमद्य
सकिएपछि येशूले त्यसको समाधान
गर्न सक्नुहुन्छ भन्ने
आशा लिएर मरियमले
येशूलाई अवगत गराइन्,
“तिनीहरूसित दाखमद्य छैन ।”
यही प्रसङ्गमा येशूले
भन्नुभयो, “हे नारी,
मैले के गर्नुपर्छ
मलाई नभन्नुहोस् ।
मेरो समय अझसम्म
आएको छैन ।”
येशूले आफ्नी आमालाई
सम्बोधन गर्नुभएको “नारी” शब्द
आधुनिक पाठकलाई अनादरजस्तो लाग्न
सक्छ । तर
त्यसबेला तात्कालीन समाजमा यो
नम्र र दयालु
सम्बोधन थियो ।
उदेकको विश्वास लिएर
आएकी एउटी कनानी
स्त्रीलाई येशूले भन्नुभयो, “ए
नारी, तिम्रो विश्वास
ठूलो रहेछ” (मत्ती
१५:२८) ।
सामरी स्त्रीलाई पनि
येशूले उही सम्बोधन
गर्नुभयो, “ए नारी,
मलाई विश्वास गर”
(यूहन्ना ४:२१)
। पुनरुत्थानपश्चात् येशूले
मरियम मग्दलिनीलाई गरेको
सम्बोधन पनि उही
छ, “नारी, तिमी
किन रुँदैछयौ” (यूहन्ना
२०:१५) ? येशू
क्रूसमा टाँगिनुहुँदा उहाँले आफ्नी आमालाई
भन्नुभयो, “नारी, हेर्नुहोस्, तपाईंको
छोरो !” (यूहन्ना १९:२६)
। यी सबै
पदहरूमा “नारी” को
निम्ति उही नै
ग्रिक शब्दको प्रयोग
भएको छ । यो अनादरसूचक
थिएन । यसको
विपरीत, यसले आदर,
शिष्टता र कोमलतालाई
झल्काउँथ्यो ।