प्रेरणा
पाएका मानिसहरूद्वारा लेखिएको
बाइबल परमेश्वरको वचन
हो भनी म
आधारभूत रूपमा विश्वास गर्दछु
। म बाइबल
दिनदिनै पढ्दछु ।
सर आइज्याक
न्युटन,
भौतिकशास्त्रीसाथै
गणितज्ञ
बाइबल
मानिसलाई परमेश्वरले दिनुभएको सर्वोत्तम
उपहार हो भनी
म विश्वास गर्दछु
। संसारका मुक्तिदाताले
सम्पूर्ण असल कुराहरू
यस पुस्तकद्वारा हामीलाई
दिनुभएको छ ।
अब्राहाम लिङ्कन,
अमेरिकाका
सोर्हौँ
राष्ट्रपति
परमेश्वरको
मस्तिष्क, मानिसको अवस्था, उद्धारको
मार्ग, पापीहरूको विनाश, विश्वासीहरूको
प्रसन्नता बाइबलमा समावेश छन्
। यसका सिद्धान्तहरू
पवित्र छन्; यसका
आज्ञाहरू पालनीय छन्; यसका
निर्णयहरू अपरिवर्तनीय छन् ।
विश्वास गर्ने उद्देश्यले यसलाई
पढ्नुस्; सुरक्षित हुने उद्देश्यले
यसलाई विश्वास गर्नुस्;
पवित्र हुने उद्देश्यले
यसलाई अभ्यास गर्नुस्
। तपाईंलाई बाटो
देखाउने ज्योति, भरणपोषण गर्ने
भोजन र प्रसन्न
पार्ने सान्त्वना पाइन्छ यसमा
। यो यात्रुको
पथप्रदर्शक, तीर्थयात्रीको लौरो, विमान चालकको
कम्पास, सिपाहीको तरवार र
ख्रीष्टियानको अधिकार–पत्र हो
। यहाँ स्वर्गलोक
पुनस्थापना गरिएको छ; स्वर्ग
खोलिएको छ र
नरकका द्वारहरू उदाङ्गो
पारिएका छन् ।
ख्रीष्ट यसको मुख्य
विषयवस्तु हुनुहुन्छ; हाम्रो भलाइ
यसको संरचना हो
र परमेश्वरको महिमा
यसको अन्त्य हो
। यसले स्मृतिलाई
भर्नुपर्छ; ह्दयलाई शासन गर्नुपर्छ
र पाउलाई अगुवाइ
गर्नुपर्छ । यसलाई
बिस्तारै, दैनिक र प्रार्थनापूर्वक
पढ्नुस् । यो
धन सम्पत्तिको खानी,
महिमाको स्वर्गलोक र आनन्दको
नदी हो ।
यो यस जीवनमा
तपाईंलाई दिइएको छ; न्यायमा
खोलिनेछ र सदासर्वदा
यसको सम्झना गरिनेछ
। यसमा उच्चतम
उत्तरदायित्व सम्मिलित छ; यसले
महानतम श्रमिकलाई इनाम दिनेछ
र यसको विषयवस्तुसित
खेलवाड गर्नेहरूलाई यसले दण्ड
दिनेछ ।
ह्वाइटहेड
बाइबल
परमेश्वरको वचन थियो
भन्ने विश्वाससँगै हुर्कें
म । मेरो
प्रारम्भिक जीवनमा मेरा आमा
बाबुको अधिकारमा मैले यसलाई
विश्वास गरेँ र
यसबारे कहिल्यै पनि गम्भीर
रूपमा प्रश्न उठाइनँ
। तर मेरो
जीवनको पछिल्लो घडीमा बाइबलमाथि
भएको मेरो विश्वास
एक जना ज्यादै
विख्यात, विद्वतापूर्ण र प्रतापी
सन्देहवादीका रचनाहरूद्वारा धुजाधुजा पारियो ।
मैले आफैलाई आमनेसामने
यो प्रश्न गरेको
भेट्टाएँ: तपाईं किन बाइबललाई
परमेश्वरको वचनको रूपमा स्वीकार
गर्नुहुन्छ ? मसँग कुनै
सन्तुष्टप्रद उत्तर थिएन ।
मैले यस प्रश्नको
जरासम्म पुग्ने निधो गरेँ
। यदि बाइबल
परमेश्वरको वचन थियो
भन्ने सन्तुष्टप्रद उत्तर
फेला नपारिएको खण्डमा
जस्तोसुकै मुल्य चुकाउनु परे
तापनि म पुरै
कुरोलाई त्यागिदिनेथिएँ । यदि
बाइबल परमेश्वरको वचन
थियो भन्ने सन्तुष्टप्रद
उत्तर फेला पारिएको
खण्डमा जस्तोसुकै मुल्य चुकाउनु
परे तापनि म
दृढ हुनेथिएँ ।
निस्सन्देह मेरा थुप्रै
मित्रहरू थिए जसले
चित्त बुझ्ने गरी
यस प्रश्नको उत्तर
दिन सक्थे ।
तर मेरो आफ्नो
ह्दयमा मैले गरेको
सङ्घर्षबारे तिनीहरूले दिएको जवाफ
पत्त्याउन म अनिच्छुक
थिएँ । तसर्थ,
मैले परमेश्वर र
पुस्तकहरूबाट जवाफ खोजेँ
। र, निकै
दर्दनाक अध्ययन र मननपश्चात्
म सन्देहवादको अन्धकारबाट
विश्वासको उज्यालो र बाइबल
सुरुदेखि अन्त्यसम्म परमेश्वरको वचन
हो भन्ने निश्चयताको
ज्योतिमा आएँ ।
आर. ए.
टोरी
जसरी
भौतिक जीवनको लागि
श्वासप्रश्वासको खाँचो छ त्यसैगरी
आत्मिक जीवनको लागि बाइबलको
... खाँचो छ ।
हाम्रो जीवनको लागि परमेश्वरको
वचनभन्दा अन्य कुनै
कुरो बेसी आवश्यक
छैन ।
ज्याक हेफोर्ड
बाइबल
परमेश्वरले मानिसहरूलाई दिनुभएको एउटा
महानतम आशिष् हो ।
यसको लेखक परमेश्वर
स्वयम् हुनुहुन्छ; ... यो पूर्णत:
शुद्ध छ; पूर्णत:
इमान्दार छ; यो
अधीक पनि छैन
र कम पनि
छैन ।
जोन लक,
अङ्ग्रेज
दार्शनिकसाथै
विचारक
यो
पुस्तक [बाइबल]
लाई यी तिनमध्ये
एक थरीले लेखेको
हुनुपर्छ: असल मानिसहरू,
खराब मानिसहरू वा
परमेश्वर । यो
असल मानिसहरूद्वारा लेखिएको
हुन सक्दैन किनकि
यसले परमेश्वरबाट प्रेरणा
पाएको छ भनी
तिनीहरूले भनेका छन् ।
असल मानिसहरूले झुट
बोल्दैनन् र ठग्ने
काम गर्दैनन् ।
यो खराब मानिसहरूद्वारा
लेखिएको हुन सक्दैन
किनकि आफ्नै विषयमा
निन्दा गर्ने कुराहरू खराब
मानिसहरूले लेख्दैनन् । तब
एउटै निष्कर्ष बाँकी
छ । यो
परमेश्वरको प्रेरणाबाट आएको हो
।
जोन वेस्ली,
ईश्वरशास्त्रीसाथै
लेखक
बाइबल
समयको जाँचमा खडा
भएको छ किनकि
यसले सर्वशक्तिमान् परमेश्वरद्वारा
ईश्वरीय प्रेरणा पाएको छ;
मसीले लेखिएको भए
तापनि कुनै मानिस,
धर्म वा विश्वासको
पद्धतिले यसलाई मेट्न सक्दैनन्
। मानिसका थुप्रै
अन्धकारपूर्ण युगहरूमा यसका महिमित
प्रतिज्ञाहरू जीवित रहँदै आएका
छन् । किनकि
परमेश्वरको वचन सुरुदेखि
अन्त्यसम्म शुद्ध छ । मानवीय कलमको हरेक
घर्षणको बाबजुत पनि उहाँको
लिखित वचन जीवित
छ ।
बिल्ली ग्राहाम,
विश्वप्रसिद्ध
प्रचारक