अगिल्ला
तिन दिनको सृष्टिपछि
चौथो दिनमा परमेश्वरले
सूर्य, चन्द्रमा र ताराहरूको
सृष्टि गर्नुभयो भनी मोशा
लेख्छन्, “अनि परमेश्वरले
दुई विशाल ज्योतिहरू
सृष्टि गर्नुभयो— ठूलो ज्योति
[सूर्य]
दिनमाथि प्रभुत्व गर्न, र
सानो ज्योति [चन्द्रमा] रातमाथि
प्रभुत्व गर्न ।
उहाँले ताराहरू पनि बनाउनुभयो”
(उत्पत्ति १:१६)
। तब स्वाभाविक
प्रश्न यो हो
कि यदि परमेश्वरले
चौथो दिनमा सूर्यलाई
सृष्टि गर्नुभएको थियो भने
अगिल्ला तिन दिनसम्मको उज्यालो कहाँबाट
आयो ? के सूर्यविना
दिन र रात
सम्भव छ ? के
सूर्यविना बिहान र बेलुकाको
कल्पना गर्न सकिन्छ
?
आज
हामीलाई थाहा छ
कि सूर्यको प्रकाश
र पृथ्वीको घुमाइको
कारणले गर्दा दिन र
रात हुन्छ ।
हामीलाई यो पनि
थाहा छ कि
सूर्यविना पनि हामी
प्रकाश पाउन सक्छौँ
। प्रकाशका विभिन्न
माध्यमहरू छन्: मैनबत्ती,
दाउरा, चिम, सलाई
आदि । निश्चय
नै पृथ्वीको लागि
सूर्य सबैभन्दा बेसी
प्रकाश उत्पादन गर्ने स्रोत
हो । तर
यो मात्र एउटै
स्रोत भने अवश्य
होइन ।
परमेश्वर
असीमित र सर्वशक्तिमान्
हुनुहुन्छ भनेर जब
हामी बुझ्दछौँ तब
सूर्यलगायतका आकाशिय पिण्डहरूविना नै
उहाँले ज्योतिको उदय गराउन
सक्नुहुन्छ भन्ने कुरा छर्लङ्ग
छ । १ यूहन्ना १:५ मा लेखिएको
छ, “परमेश्वर ज्योति
हुनुहुन्छ र उहाँमा
कत्ति पनि अँध्यारो
छैन ।” अगिल्ला
तिन दिनको लागि
परमेश्वर स्वयम् नै ज्योति
हुनुहुन्थ्यो । पृथ्वीको
सृष्टि हुनेबित्तिकै यो आफ्नो
अक्षमा घुम्न सुरु गर्यो
अनि एक दिशाबाट
परमेश्वर आफैले ज्योतिको काम
गर्नुभयो भनी व्यक्त
गर्नु तर्कसङ्गत छैन
र ? नयाँ स्वर्ग
र नयाँ पृथ्वीमा
पनि सूर्यविना नै
उज्यालो हुनेछ, “त्यहाँ फेरि
रात हुनेछैन, तिनीहरूलाई
बत्ती वा घामको
उज्यालो चाहिनेछैन, किनकि परमप्रभु
परमेश्वर नै तिनीहरूको
उज्यालो हुनुहुनेछ, र तिनीहरूले
सदासर्वदै राज्य गर्नेछन्” (प्रकाश
२२:५) ।
निष्कर्षमा,
सुरुका ती दिनमा
परमेश्वर स्वयम् नै प्रारम्भिक
ज्योतिको स्रोत हुनुहुन्थ्यो ।
उहाँ नै अगिल्ला
तिन दिनको ज्योतिको
लागि जिम्मेवार हुनुहुन्थ्यो
। सूर्यको सृष्टिपछि
प्राकृतिक स्रोतद्वारा पृथ्वीले दिन
र रातको अनुभव
गर्न थाल्यो ।