१
शमूएल १:१ मा उल्लिखित
सङ्क्षिप्त वंशावलीअनुसार शमूएलका पिता एल्काना
“एफ्राइमी थिए ।”
तर १ इतिहास
६:१६–३०
मा उल्लिखित लामो
वंशावलीमुताबिक तिनी लेवी
थिए । वास्तवमा
एल्काना एफ्राइमी थिए कि
लेवी ?
याकूब
अर्थात् इस्राएलका १२ जना
छोरामध्ये लेवी एक
थिए र तिनका
सन्तानहरू “लेवीहरू” भनेर चिनिन्थे
। याकूबका योसेफ
नाउँ गरेका एघारौँ
छोरा थिए जसबाट
एफ्राइम र मनश्शे
दुई छोराहरू जन्मे
। यो इतिहासलाई
ख्याल गरिसकेपछि एल्काना
लेवी थिए कि
इफ्राइमी थिए भन्ने
प्रश्नको बढी अर्थ
लाग्छ ।
एल्काना
इस्राएलका प्रसिद्ध अगमवक्ता शमूएलका
पिता थिए ।
१ इतिहास ६:१६, २२–२८ ले
बताउँछ कि एल्काना
मोशा र हारूनजस्तै
लेवीका तिन छोरामध्ये
कहातका वंशका थिए अर्थात्
तिनी लेवी थिए
। एल्काना लेवी
कुलका भएकाले तिनका
पुत्र शमूएललाई नव
सिकारुको रूपमा प्रधान पूजाहारी
एलीले मन्दिरमा लगे
। परिपक्व भएपछि
शमूएलले पूजाहारीले गर्ने कामहरू
गरे भनी १
शमूएलको पुस्तकले बताउँछ ।
यदि तिनी लेवीको
कुलको नभएको भए
शमूएलले पूजाहारीय सेवा गर्न
पाउँदैनथ्ये ।
एल्काना
रामतैम (जसलाई रामा भनी
बेसी चिनिन्छ) को
एफ्राइमको पहाडी देशका बासिन्दा
थिए (१ शमूएल
१:१) ।
यो ठाउँ यरूशलेमदेखि
करिब २५ माइल
टाढा उत्तरमा पथ्र्यो
। सबै लेवीहरूलाई
बस्नको लागि अठचालीस
ओटा सहर तोकिएको
थियो (गन्ती ३५:७) ।
निश्चय नै एल्कानाको
बासस्थान रामतैम ती सहरहरूमध्ये
एक थियो ।
तब हामी निष्कर्ष
निकाल्न सक्छौँ कि एल्काना
कुलअनुसार लेवी थिए
भने भूगोलको दृष्टिकोणबाट
तिनी एफ्राइमी थिए
।