प्रेरणा
अमेरिकी अद्भूत वृद्धिको मुख्य
भाग बनेको छ
। प्रेरणा अमेरिकी
महानताको मेरुदण्ड बनेको छ
। प्रेरणा अमेरिकी
युद्धहरूमा विजय र
पराजयबिचको भिन्नता बनेको छ
। र, यो
प्रेरणा परमेश्वरमाथिको विश्वास, डाँडाको उपदेशका
शिक्षाहरूमाथिको विश्वास, पवित्र बाइबल
परमेश्वरको प्रेरणाबाट आएको वचन
हो भन्ने विश्वासबाट
आएको छ ।
जे. इगार
हुभर,
एफबीआईका
प्रथम
निर्देशक
हाम्रा
आदर्श र शैक्षिक
संस्थाहरूका निम्ति हामी पुस्तकहरूको
पुस्तक [बाइबल]
प्रति ऋणी छौँ
। तिनको सुरक्षा
यसका सिद्धान्तहरूको अनुसरणमा
आश्रित छ ।
बाइबल अध्ययन मानवीय
अनुभूतिको महानतम स्वतन्त्रतामा गरिने
उत्कृष्ट स्नातकोत्तर कोर्स हो
।
हर्बट हुबर,
एकतिसौँ
अमेरिकी
राष्ट्रपति
जुनसुकै
युग र भाषामा
लेखिएका सम्पूर्ण पुस्तकहरूको सङ्कलनभन्दा
बाइबलमा बेसी साँचो
संवेदनशीलता, बेसी उत्कृष्ट
सौन्दर्य, बेसी शुद्ध
नैतिकता, बेसी महत्त्वपूर्ण
इतिहास अनि पद्य
र वाक्पटुताका बेसी
राम्रा गुणहरू पाइन्छन् ।
सर विलियम
जोन्स,
विद्वान्साथै
भाषाविद्
मेरो
विचारमा सुसमाचारहरू पूर्णत: विशुद्ध
छन् । किनभने
तिनमा ख्रीष्टको व्यक्तित्वबाट
उत्पन्न भव्यताको प्रतिबिम्ब पाइन्छ
। र, यो
नै पृथ्वीमा देखा
पर्न सक्ने अलौकिकता
हो ।
गोथे, लेखकसाथै
राजनीतिज्ञ
बाइबललाई
तपाईंको स्वतन्त्रताको लङ्गुरको रूपमा समात्नुस्;
यसका आदेशहरूलाई तपाईंको
ह्दयमा लेख्नुस अनि तिनलाई
तपाईंको जीवनमा उतार्नुस् ।
यस पुस्तकको प्रभावकारिताको
लागि हामी उन्नतिप्रति
ऋणी छौँ र
यसको लागि हामीले
यसलाई हाम्रो भविष्यको
गाइडको रूपमा लिनुपर्छ ।
उलाइसेस एस.
ग्रान्ट,
अठारौँ
अमेरिकी
राष्ट्रपति
बाइबल
स्वतन्त्रताको कुनेढुङ्गो हो ।
थोमस जेफरसन,
तेस्रो
अमेरिकी
राष्ट्रपति
बाइबल
एउटा यस्तो पुस्तक
हो जसको तुलनामा
अन्य सबै पुस्तकहरू
कम महत्त्वका छन्
। मेरा सबै
उल्झन र विपत्तिमा
मलाई ज्योति र
तागत दिन बाइबल
कहिल्यै चुकेको छैन ।
रोबर्ट ई.
ली
हामी
जति धेरै यस
उदेकको पुस्तक [बाइबल] लाई गहन
रूपमा अध्ययन गर्छौं
र यसका ईश्वरीय
आदेशहरूलाई ध्यान दिएर पालना
गर्छौं त्यति नै धेरै
हामी असल नागरिकहरू
बन्नेछौँ र हाम्रो
देशको गन्तव्य उच्चतर
हुनेछ ।
विलियम म्याककिन्ली,
पच्चिसौँ
अमेरिकी
राष्ट्रपति
स्त्री
र पुरुष दुवैको
लागि विश्वविद्यालयको शिक्षा
आवश्यक छ भनी
म पूर्णत: विश्वास
गर्दछु । तर
बाइबलविनाको कलेज कोर्सभन्दा
कलेज कोर्सविनाको बाइबलको
ज्ञान बढी मूल्यवान्
छ भनी म
विश्वास गर्दछु ।
विलियम लिओन
फिलिप्स,
लेखक,
समालोचकसाथै
विद्वान्
परमेश्वरको
वचन [बाइबल] मा भन्दा
अन्य कतै सभ्यताको
लागि ठोस आधार
छैन । यदि
हामी बाइबलमा सिकाइएका
सिद्धान्तहरूमा रह्यौँ भने हाम्रो
देशले उन्नति गर्नेछ
। मैले हरेक
वर्ष एक पटक
बाइबल पढ्ने आदत
बनाएको छु ।
दानिएल वेब्स्टर,
राजनीतिज्ञ
बाइबल
अन्तर्राष्ट्रिय घोषणापत्र हो ।
बार्नहाउस, प्रचारक,
पास्टरसाथै
ईश्वरशास्त्री
बुद्धिमान्
हुन बाइबललाई अध्ययन
गर्नुस्; सुरक्षित हुन यसमाथि
विश्वास गर्नुस्; पवित्र हुन
यसलाई व्यावहारमा उतार्नुस्
।
फ्रान्सिस डे
सेल्स,
बिशप
मैले
पढ्ने अन्य सबै
पुस्तकहरूले भन्दा बाइबलको एउटा
हरफले मलाई बढी
सान्त्वना दिएको छ ।
जर्मन दार्शनिक
आज
सृष्टिवादको विरुद्धमा भएको विकासवादको
पुरै वादविवादलाई हेर्दा
येशूले यसो भन्नुहुँदा
उत्पत्तिका सुरुका अध्यायहरू सही
थिए भनी उहाँले
पुष्टि गरिदिनुभयो, “के तिमीहरूले
पढेका छैनौ, कि
सृष्टिकर्ताले तिनीहरूलाई सुरुमा नै
नर र नारी
बनाउनुभयो” (मत्ती १९:४)
। उत्परिवर्तन र
विकासवादको लाखौँ वर्षपछि आदम
र हव्वा दृश्यमा
आएका थिएनन् ।
त्यसरी आएनन् । मोशाले
उत्पत्तिको पुस्तकमा अभिलिखित गरेजस्तै
गरी परमेश्वरले सुरुमा
नै तिनीहरूलाई सृष्टि
गर्नुभयो ।
चार्ली क्याम्पबेल
हाम्रा
प्रभु [येशू] ले पुरानो
करारका घटनाहरूलाई यसरी प्रयोग
गर्नुभयो कि जसले
तिनीहरूको वास्तविक ऐतिहासिकतामाथि उहाँको
पूर्ण निश्चयता थियो
भनी देखाउँथ्यो ।
आदम र हव्वा
परमेश्वरद्वारा सृष्टि गरिएका थिए
र तिनीहरू दुई
जना केवल स्त्री
र पुरुषका प्रतीकहरू
नभएर जीवित मानिसहरू
थिए भनी उहाँले
बुझ्नुभयो (मत्ती १९:३–५; मर्कूस
१०:६–८)
। उहाँले नोआको
समयमा भएको जलप्रलयसित
जोडिएका घटनाहरूको पुष्टि गरिदिनुभयो
(मत्ती २४:३८–३९; लूका
१७:२६–२७)
। ... परमेश्वरले सदोमलाई
विनाश गर्नुभएको थियो
भन्ने सत्यता र
लोत र तिनकी
पत्नीको ऐतिहासिकतालाई उहाँले प्रमाणित गर्नुभयो
(मत्ती १०:१५;
लूका १७:२८–२९) ।
योना र ठुलो
माछाको कथालाई उहाँले साँचो
कथाको रूपमा स्वीकार
गर्नुभयो (मत्ती १२:४०)
। ... ख्रीष्टले यी
कथाहरूलाई केवल सङ्केत
मात्र गर्नुभएन तर
तिनमा भएका घटनाहरूलाई
पूर्णत: भरोसायोग्य वास्तविक इतिहासको
रूपमा पुष्टि गरिदिनुभयो
। यी घटनाहरूमा
पुरानो करारका थुप्रै विवादस्पद
खण्डहरू पर्छन् जस्तै: सृष्टि,
जलप्रलय अनि योना
र ठुलो माछालगायत
अन्य मुख्य आश्चर्यकर्महरू
। स्पष्टत: हाम्रा
प्रभुले महसुस गर्नुभयो कि
उहाँसित विश्वास गर्न सकिने
बाइबल थियो जुन
ऐतिहासिक रूपमा साँचो थियो
र त्यसका हरेक
शब्द भरोसायोग्य थियो
।
चाल्र्स राइरी, लेखकसाथै ईश्वरशास्त्री
येशूले
बाइबलको पूर्ण प्रेरणालाई स्वीकार
गर्नुभयो । शैतानले
ढुङ्गालाई रोटी बनाउन
प्रस्ताव गर्दा हाम्रा प्रभुले
जवाफ दिनुभयो कि
मानिस परमेश्वरको मुखबाट
निस्केको हरेक वचनले
जीवित रहँदछ (मत्ती
४:४, व्यवस्था
८:३ बाट
उद्धृत गरिएको) । उहाँले
यसो भन्नुभएन, “केही
वचनहरू” तर “हरेक
वचन ।” यदि
धर्मशास्त्र परमेश्वरले फुक्नुभएको हो
भने (२ तिमोथी
३:१६) धर्मशास्त्रमा
यसका केही भागहरू
मात्र नभई मानिसलाई
जीवित राख्ने हरेक
कुरो हुनैपर्छ ।
चाल्र्स
राइरी, लेखकसाथै ईश्वरशास्त्री
पवित्र
क्यानन्को पहिलो पुस्तक उत्पत्ति
र अन्तिम पुस्तक
प्रकाशबिचको तुलनाबाट धर्मशास्त्रभरि फैलिएको
छुटकारामय धागो उल्लेखनीय
रूपमा प्रकट भएको
छ । उत्पत्तिमा
स्वर्ग र पृथ्वीको
आरम्भ प्रकटित छ
(१:१) भने
प्रकाशको पुस्तकमा सबै सांसारिक
कामकाज सम्पन्न गरिएको छ
। र, यस
पुस्तकमा त्यो पुरानो
स्वर्ग र पृथ्वीको
सट्टामा नयाँ स्वर्ग
र पृथ्वीको सृष्टि
गरिएको छ ।
सुरुमा सिद्ध तर पापमा
पतन भएको मानिसलाई
(उत्पत्ति ३:६)
आज्ञापालनको कारणबाट फेरि सिद्ध
हुने मौका प्रदान
गरिएको छ (प्रकाश
१:१४; २२:१४) ।
स्त्रीका सन्तान (उत्पत्ति ३:१५) अर्थात्
दाऊदका वंश (प्रकाश
२२:१–६)
द्वारा यो सबै
सम्भव भएको हो
। आफ्नो बलिदानको
परिणाम स्वरूप (उत्पत्ति ४:४) उहाँ
सिंहासनमा विराजमान हुनुभएको छ
(प्रकाश २१:४)
। यसरी अदनको
दु:ख (उत्पत्ति
३:१६) स्वर्गको
आनन्दमा परिणत हुनेछ (प्रकाश
२१:४) र
जीवनको रूख जसबाट
हाम्रा पुर्खाहरू अलग भएका
थिए (उत्पत्ति ३:२२–२४)
त्यही नै फेरि
एक पटक हाम्रो
हर्षपूर्ण अधिकार बन्नेछ (प्रकाश
२२:१४) ।
वेने ज्याकसन
एकपछि
अर्को गर्दै मैले
बाइबलका तथाकथित अन्तर्विरोधहरूलाई हेरेको
छु र बाइबलका
अभिलेखमा भएका ती
अन्तर्विरोधहरूलाई अध्ययन गरेको छु
। र, भाषाविद्हरू,
पुरातत्त्वविद्या र विज्ञानको
साक्षीले धर्मशास्त्रको विश्वसनियताप्रति भएको मेरो
निश्चयतालाई बारम्बार पुष्टि गरेका
छन् र मजबुत
बनाएका छन् ।
ग्लिसन आर्चर,
प्रतिष्ठित
बाइबल
विद्वान्
बाइबल
आफैले यसको खण्डन
गरेकोले मानिसहरूले बाइबललाई इन्कार
गरेका होइनन् तर
यसले तिनीहरूको खण्डन
गरेकोले तिनीहरूले यसलाई इन्कार
गरेका हुन् ।
ई. पावल
होबी