इतिहासमा
ख्रीष्टियानहरूमाथि अत्याचार गर्ने रोमी
सम्राट्हरूमध्ये एक जनाको नाउँ हो—
डायोक्लिसन जसले ख्रीष्टाब्द
२८४–३०५ सम्म
रोमी साम्राज्यमाथि शासन
गरेका थिए ।
३०३ मा तिनले
एउटा आदेश जारी
गरे जसले असाधारण
रूपमा फैलिरहेको ख्रीष्टियमतको
ज्वालालाई निभाउने थियो भन्ने
तिनले अपेक्षा गरे
।
तिनको
सतावटमा मण्डली भवनहरू भत्काइए;
धर्मशास्त्रका कैयौँ प्रतिहरू जलाइए;
विश्वासीहरूलाई यातना दिइयो अनि
कति मृत्युको शिकार
बने । बाइबलका
प्रतिहरूलाई बलजफतीपूर्वक खोसी तिनलाई
नष्ट गर्नु सम्राट्को
सतावटको एउटा मुख्य
उद्देश्य थियो ।
त्यही वर्षको पछिल्लो
समयमा अधिकारीहरूले सम्राट्को
उक्त आदेशलाई उत्तरी
अफ्रिकामा पनि लागु
गराए । कार्थेज
नजिकैको टिब्जुका नामक गाउँमा
फेलिक्स बिशपको रूपमा सेवा
गर्दै थिए ।
बिशप सतावटको निशाना
बने । धर्मशास्त्रहरू
सुम्पन सहरको मायोरले बिशपलाई
आज्ञा दिए ।
मानिसको
आज्ञामा परमेश्वरको वचनलाई गैरख्रीष्टियानहरूको
हातमा सुम्पन अनिच्छुक
भए बिशप फेलिक्स
। तिनी आफ्नो
अडानमा अटल रहे
। तिनले सम्झौता
गरेनन् । अन्तत:
रोमी अधिकारीहरूले तिनलाई
जहाजमा राखेर इटाली पुर्याए
जहाँ तिनले आफ्नो
अडानको लागि आफ्नो
ज्यान दिए ।
परमेश्वरको
वचनको खातिर फेलिक्स
आफ्नो जीवन दिन
तत्पर रहे ।
परमेश्वरको वचनको फैलावटको निम्ति
धेरैले सहादत प्राप्त गरेका
छन् ।
परमेश्वरको
वचनको फैलावटलाई रोक्न
सम्राट् डायोक्लिसनले ख्रीष्टियान अगुवाहरूको ज्यानै
लिनेदेखि लिएर जुनसुकै
दुष्प्रयास गरे तापनि
उक्त सतावटको केही
वर्ष पनि बित्न
नपाउँदै परमेश्वरले यस्तो अद्भूत
काम गर्नुभयो कि
रोमको सम्राट् नै
ख्रीष्टियान बनेको इतिहास छर्लङ्ग
छ । इतिहासले
सिकाएको पाठ यही
हो कि जुनसुकै
ओहोदामा भएको जोकसैद्वारा
पनि परमेश्वरको वचनको
फैलावटलाई रोक्न खोज्ने प्रयास
टाउकोले ठोकेर चट्टानलाई फुटाउन
खोज्ने मूर्खतासिवाय केही होइन
।