menu bar

Thursday, March 31, 2016

कसले बनायो परमेश्वरलाई ?



यदि यो सम्पूर्ण विश्वलाई परमेश्वरले रचना गर्नुभयो भने परमेश्वरलाई चाहिँ कसले बनायो ? सुरुमा यो प्रश्न निकै आकर्षक स्वाभाविक देखिए तापनि यस आलेखको अन्त्यतिर तपाईंले पत्ता लगाउनुहुनेछ कि यो तर्कसङ्गत छैन

यसरी सुरु गरौँ यो सारा विश्व (अर्थात् युनिभर्स) कि अनन्त कि यसको आरम्भ भएको अनन्त भन्नुको अर्थ हुन्छ कि यो विश्व सधैँभरि अस्तित्वमा रहिआएको यसको सुरु पनि छैन अन्त्य पनि छैन लामो समयसम्म विश्व अनन्त भन्ने अवधारणालाई स्वीकार गरिएको भए तापनि अहिले प्राय: सबै वैज्ञानिकहरूले यस अवधारणालाई इन्कार गर्छन् किन ? यहाँ तिन ओटा वैज्ञानिक कारणहरू पेस गरिएका छन्: () ख्रीष्टाब्द १९१५ मा प्रतिपादित अल्बर्ट आइन्स्टाइनको सामान्य सापेक्षवादको सिद्धान्तले भन्छ कि सम्पूर्ण समय, सम्पूर्ण अन्तरिक्ष सम्पूर्ण पदार्थको आरम्भ () क्यालिफोर्नियाको पासाडेनास्थित माउन्ट विलसन वेधशालामा गएर हेर्ने हो भनी हामी देख्छौँ कि यो सारा विश्व चारैतिर भकुण्डोझैँ फैलिरहेको यदि यो अहिले फैलिरहेको भने तर्कशास्त्र गणितअनुसार हामी जति विगततर्फ जान्छौँ त्यति नै यसको खुम्चाइतर्फ पछाडि सर्छौं अनि यसको प्रारम्भिक चरण अर्थात् शून्यतामा पुग्छौँ () यदि महाविस्फोट घटेको थियो भने त्यसको विकिरण फेला पारिनुपर्छ भनी वैज्ञानिकहरूले अपेक्षा गरेका थिए ख्रीष्टाब्द १९६५ मा वैज्ञानिकद्वय अर्नो पेन्जिस रोबर्ट विलसनले उक्त विकिरणलाई अनपेक्षित रूपमा पत्ता लगाए  

तब यी तिन ओटा वैज्ञानिक साक्षीले यो विश्व अनन्त छैन तर यसको आरम्भ भएको थियो भनी पुष्टि गर्छन् यसलाई वैज्ञानिक भाषामा महाविस्फोट भनिन्छ

शून्यताबाट कुनै पनि वस्तुको स्वत: उदय हुन नसक्ने भएकोले यो विश्वको उत्पत्तिको लागि कारण हुनैपर्छ त्यो कारण अनन्त हुनैपर्छ उक्त कारणलाई हामी परमेश्वर भन्छौँ

अब प्रश्नमा जाऔँ: कसले बनायो परमेश्वरलाई ? उहाँलाई कसैले बनाएन उहाँ असृजित हुनुहुन्छ उहाँ सधैँभरि अस्तित्वमा हुनुहुन्छ उहाँको कुनै आदि छैन अन्त्य नै उहाँलाई बनाइनु आवश्यक छैन उहाँ स्वअस्तित्ववान् हुनुहुन्छ

अनन्त अस्तित्वलाईकसले बनायो ?” भनेर सोध्नु अर्थहीन हुन्छ यो भनेको अविवाहित केटोको श्रीमती को हो ? वा रातो रङको स्वाद कस्तो हुन्छ ? वा कानले कहाँ हेरेको ? भनेजस्तै हो निष्कर्षमा, यो विश्व अनन्त नभएकोले परमेश्वर अनन्त हुनुहुन्छ अनन्त अस्तित्वलाई कसले बनायो भनेर प्रश्न गर्नु तर्कसङ्गत हुँदैन
 

    

Leave Your Comments Here.


Wednesday, March 30, 2016

लुइसको जीवनमा यशैया ५३ अध्याय येशूकहाँ आउने माध्यम बन्यो



तिनको नाउँ हो, लुइस लपिदेस तिनी यहूदी थिए तिनले येशूलाई क्रूसमा टाँगेका तस्बिरहरू देखेका थिए तर तिनको बुझाइमा येशू अन्यजातिहरूका परमेश्वर हुनुहुन्थ्यो यहूदी जातिसित उहाँको कुनै सम्बन्ध थिएन तिनले पहिलो पटक नयाँ करार हात पार्दा तिनले इमान्दारीपूर्वक सोचेका थिए कि यो केवल तिनीहरूको जातिको विरुद्धमा लेखिएको निर्देशिका थियो

लुइसको धर्मशास्त्रको नाउँ हो, तानाक यो ख्रीष्टियान बाइबलको पुरानो करार हो तिनले पुरानो करारलाई दैनिक पढ्ने गर्थे एक पटक तिनी यशैया ५३ अध्यायमा आएर रोकिए यहाँ मसीहको तस्बिरलाई चित्रण गरिएको जसले इस्राएल जातिको मात्र नभएर सारा संसारको पाप उठाइ लैजानु हुनेथियो मानवीय चोलामा येशूले यस पृथ्वीमा आफ्नो पाउ राख्नुभन्दा सात सय वर्षअगि यशैयाको पुस्तक लेखिएको थियो

यशैया ५३ अध्यायको वर्णन नासरतका येशूसित मेल खान्छ भनी लुइसले बुझिहाले तिनले बाल्यकालमा देखेका तस्बिरहरूले येशूले भोग्नुभएको दु:खकष्टको चित्रण गर्थे भनी तिनले बुझे पुरानो करारमा मसीहको बारेमा भनिएका भविष्यवाणीहरू एकपछि अर्को गर्दै नासरतका येशूको जीवनमा पुरा भएको पाए तिनले

लुइसले निर्णय लिनुपर्ने समय आयो एक रात तिनी यसो भन्दै चिच्च्याए, “हे परमेश्वर, यो सङ्घर्षको अन्त्यमा आइपुगेको छु येशू नै मसीह हुनुहुन्छ भनी मैले निश्चित रूपमा जान्नुपर्छ इस्राएलको परमेश्वरको रूपमा मैले यसमा विश्वास गरेको तपाईं चाहनुहुन्छ भनी मैले जान्नु आवश्यक तिनले जे कुरोको खोजी गरिरहेका थिए परमेश्वरले त्यस विषयमा तिनलाई निश्चयता प्रदान गर्नुभयो तिनले येशू ख्रीष्टबाट पापको क्षमा पाए त्यस क्षणदेखि उहाँलाई पछयाउन लागे पछि तिनले यहूदीबाट ख्रीष्टको अनुयायी बनेकी दबोरा नाउँ गरेकी स्त्रीसित बिहे गरे परमेश्वरको राज्य बिस्तारमा दुवै जना सक्रिया रूपमा लागिरहे लुइसले धेरै वर्षसम्म पास्टरको रूपमा सेवा पुर्याएका छन्

Leave Your Comments Here.


Tuesday, March 29, 2016

बाइबलका पात्र पौलसको नाउँ अभिलिखित शिलालेख पत्ता लाग्यो



सर्गियस पौलस साइप्रसका शासक थिए ख्रीष्टाब्द पहिलो शताब्दीमा प्रेरित पावल आफ्ना दुई जना सहकर्मीहरू बारनाबास यूहन्ना मर्कूससँगै पहिलो सुसमाचारीय प्रचार यात्रामा यस टापूमा आइपुग्दा तिनीहरूले यी शासकलाई भेटे सर्गियस बुद्धिमान् मानिस थिए तिनले पावलले प्रचार गरेको सन्देशमा रुचि राखे तिनले पावल बारनाबासबाट सुसमाचार सुन्नुका अतिरिक्त आश्चर्यकर्म पनि देखे परिणाम स्वरूप तिनले प्रभु येशूमाथि विश्वास गरे, “तब प्रान्तका ती शासकले यो भएको देखेर विश्वास गरे, किनकि प्रभुको शिक्षामा तिनी छक्क परेका थिए” (प्रेरित १३:१२)

ख्रीष्टाब्द १८८७ मा रोममा एउटा शिलालेख फेला पारियो जसमा ल्याटिन भाषामा सर्गियस पौलसको नाउँ कुँदिएको छ सम्राट् क्लौडियस (शासन अवधि ख्रीष्टाब्द ४१५४) द्वारा खडा गरिएको सिमानामा यो ढुङ्गो फेला पारिएको थियो यसलाई अहिले टर्कीको यालभक सङ्ग्रहालयको प्राङ्गणमा राखिएको  

साइप्रसमा तिन वर्षसम्म शासकको रूपमा काम गरी सर्गियस रोम फर्के जहाँ तिनलाई अर्को जिम्मेवारी दिइयो पावलले रोमीहरूलाई लेखेको पत्रको अन्तिम अध्यायमा लेखकले धेरै मानिसहरूलाई अभिवादन गरे तापनि सर्गियस पौलसको नाउँ उल्लेख नभएकोले त्यस बेला तिनको निधन भइसकेको थियो भनी अनुमान गर्न सकिन्छ



Leave Your Comments Here.


Monday, March 28, 2016

चिहानले उहाँलाई रोक्न सकेन न त मृत्युले उहाँलाई जित्न सक्यो


    
अब्राहाम लिङ्कन (ख्रीष्टाब्द १८०९१८६५) अमेरिकाका सोर्हौँ राष्ट्रपति थिए तिनको हत्याको बाइस वर्षपश्चात् ख्रीष्टाब्द १८८७ मा तिनको शव राखिएको कफिन बाकस खोलेर हेरियो किनभने तिनको मृत शरीर चिहानमा थिएन भन्ने व्यापक अफवाह फैलिएको थियो खोलेर हेर्दा तिनको शव त्यहीँ नै भएको देखियो तरै पनि हल्ला रोकिएन चौध वर्षपछि पुन: तिनको चिहान खोतलेर हेरियो यस पटक पनि तिनको मृत शरीर त्यही बाकसभित्र नै पाइयो दुवै पटक साक्षीहरू उपस्थित थिए जसले लिङ्कनको मृत शरीर अझै पनि चिहानमा नै थियो भन्ने गवाही दिए

येशू ख्रीष्टको मृत्युको तिन दिनपश्चात् प्राचीन प्यालेस्टाइनमा उही किसिमको हल्ला फैलिएको थियो तर त्यस बेला एउटा कुरो भने फरक थियो कोही पनि मानिसले उहाँको मृत शरीरलाई चिहानमा फेला पारेन बरु, धेरैले पुनरुत्थान हुनुभएका येशूलाई भेटी उहाँसित बातचित गरेको गवाही दिए

निस्सन्देह, राष्ट्रपति लिङ्कन महान् मानिसहरूको सूचीमा पर्छन् तर आज कसैले सहायताको लागि तिनको पुकारा गर्ने हो भने हामी कुनै प्रतिक्रिया पाउँदैनौँ आज वैज्ञानिक समुदायले आइन्स्टाइनसित गुहार मागे भने तिनीहरूले मौनतासिवाह केही पाउँदैनन् कसैले मदतको लागि कन्फ्युसियस वा गौतम बुद्ध वा राम वा मुहम्मद वा गान्धीको पुकारा गरे भने कुनै जवाफ आउँदैन किन ? किनकि तिनीहरूका हड्डीहरू पृथ्वीको धुलोमा मिसिएका छन् तर तपाईंले येशू ख्रीष्टको पुकारा गर्नुभयो भने तपाईंलाई जवाफ दिन उहाँ हर समय उपस्थिति हुनुहुन्छ उहाँले जीवन बदल्न सक्नुहुन्छ किन ? किनकि येशू ख्रीष्ट आज पनि जीवित हुनुहुन्छ चिहानले उहाँलाई रोक्न सकेन मृत्युले उहाँलाई जित्न सक्यो         

Leave Your Comments Here.


पोप जोनलाई ४ गोली हान्ने अकाले झ्यालखानामा नै ख्रीष्टलाई अङ्गाले



मेहमेत अलि अका हत्यारा मात्र थिएनन् तिनले चोरी गर्नुका साथै डकैती पनि गर्थे ख्रीष्टाब्द १९७९ मा तिनले टर्कीका पत्रकार अब्दीको हत्या गरेका थिए जन्म कैदको फैसला सुनाइएको भए तापनि तिनी महिनापश्चात् जेलबाट भाग्न सफल भए

टर्कीको झ्यालखानाबाट भागेपछि १३ मे १९८१ मा तिनले भ्याटिकन सिटीको सन्त पिटर स्क्वाएरमा जम्मा भएका श्रोतागणलाई सम्बोधनका लागि जाँदै गरेका पोप जोन पावल द्वितीयको शरीरमाथि चार गोली बर्साएका थिए इटाली सरकारले अकालाई जन्म कैदको फैसला सुनायो तर आफूलाई गोली हान्ने आतङ्ककारीलाई पोप जोनले क्षमा मात्र दिएनन् तर तिनको रिहाइको पक्षमा वकालतसमेत गरे अकाले १९ वर्ष इटालीको झ्यालखानामा बिताए झ्यालखानामा छँदा नै तिनले प्रभु येशू ख्रीष्टको सुसमाचार सुन्ने मौका पाए जसलाई तिनले लत्याएनन् यस्तो कुनै अधर्म छैन जसलाई परमेश्वरले क्षमा गर्न सक्नुहुन्न भन्ने सत्यता अकाको जीवनमा चरितार्थ हुन पुग्यो ख्रीष्टाब्द २००७ मा कारागारमा नै तिनले प्रभु येशूलाई अङ्गाले तिनी ख्रीष्टियान बने

ख्रीष्टाब्द १९५८ मा टर्कीमा जन्मेका यी ५८ वर्षका अका २०१० मा जेलमुक्त भए      

Leave Your Comments Here.