सर्गियस
पौलस साइप्रसका शासक
थिए । ख्रीष्टाब्द
पहिलो शताब्दीमा प्रेरित
पावल आफ्ना दुई
जना सहकर्मीहरू बारनाबास
र यूहन्ना मर्कूससँगै
पहिलो सुसमाचारीय प्रचार
यात्रामा यस टापूमा
आइपुग्दा तिनीहरूले यी शासकलाई
भेटे । सर्गियस
बुद्धिमान् मानिस थिए र
तिनले पावलले प्रचार
गरेको सन्देशमा रुचि
राखे । तिनले
पावल र बारनाबासबाट
सुसमाचार सुन्नुका अतिरिक्त आश्चर्यकर्म
पनि देखे ।
परिणाम स्वरूप तिनले प्रभु
येशूमाथि विश्वास गरे, “तब
प्रान्तका ती शासकले
यो भएको देखेर
विश्वास गरे, किनकि
प्रभुको शिक्षामा तिनी छक्क
परेका थिए” (प्रेरित
१३:१२) ।
ख्रीष्टाब्द
१८८७ मा रोममा
एउटा शिलालेख फेला
पारियो जसमा ल्याटिन
भाषामा सर्गियस पौलसको नाउँ
कुँदिएको छ । सम्राट्
क्लौडियस (शासन अवधि
ख्रीष्टाब्द ४१–५४)
द्वारा खडा गरिएको
सिमानामा यो ढुङ्गो
फेला पारिएको थियो
। यसलाई अहिले
टर्कीको यालभक सङ्ग्रहालयको प्राङ्गणमा
राखिएको छ ।
साइप्रसमा
तिन वर्षसम्म शासकको
रूपमा काम गरी
सर्गियस रोम फर्के
जहाँ तिनलाई अर्को
जिम्मेवारी दिइयो । पावलले
रोमीहरूलाई लेखेको पत्रको अन्तिम
अध्यायमा लेखकले धेरै मानिसहरूलाई
अभिवादन गरे तापनि
सर्गियस पौलसको नाउँ उल्लेख
नभएकोले त्यस बेला
तिनको निधन भइसकेको
थियो भनी अनुमान
गर्न सकिन्छ ।