यहाँ
धार्मिक अगुवाहरूले संसारका प्रमुख
धर्म संस्थापकहरू (जस्तै:
मुहम्मद, कन्फ्युसियस, गौतम बुद्ध
आदि) लाई जनाउँछन्
। येशू ख्रीष्टियमतका
संस्थापक हुनुहुन्छ जसलाई नेपाली बृहत् शब्दकोश
(२०६७) ले क्राइस्ट
भनेको छ ।
“अद्वितीय” शब्दको अर्थ हुन्छ,
तुलनाको लागि अर्को
नभएको (जस्तै: सगरमाथा उचाइको
दृष्टिकोणबाट अद्वितीय छ भन्दा
यो जत्तिको अग्लो
शिखर कुनै छैन
भन्न खोजिएको हो)
।
के
संसारका प्रमुख धर्म संस्थापकहरूले
प्राय: उही किसिमका
सन्देश व्यक्त गरेका छन्
त ? के तिनीहरूले
आफूलाई परमेश्वर ठानेका छन्
त ? संसारका प्रमुख
धर्म संस्थापकहरू र
येशूको जीवनीलाई अध्ययन गर्दा
येशूका दाबीहरू अद्वितीय देखा
पर्छन् ।
येशूबाहेक
संसारका अन्य कुनै
पनि धार्मिक संस्थापकहरूले
आफूलाई कहिल्यै परमेश्वर ठानेका
थिए भन्ने विषयमा
कुनै विश्वसनीय ऐतिहासिक
साक्षी हामीसँग छैन भन्दा
तपाईं छक्क पर्नुपर्दैन
।
चिनियाँ
शिक्षकहरू कन्फ्युसियस र लाओत्सुले
नैतिक, सामाजिकसाथै सांस्कृतिक निर्देशनहरू
सिकाए तापनि तिनीहरू
ईश्वरशास्त्रीहरू थिएनन् ।
अनौठो
लाग्ला, तर यो
साँचो हो कि
गौतम बुद्ध नास्तिकवादी
थिएनन् भने पनि
तिनी पक्कै अनीश्वरवादी
थिए ।
कुरआनले
कहिल्यै पनि मुहम्मदलाई
अल्लाहको स्थानमा पदोन्नति गरेको
छैन । तिनी
अल्लाहका एक प्रमुख
अगमवक्ता थिए भनी
बताइएको भए तापनि
तिनी परमेश्वर थिए
भन्ने प्रयास कहिल्यै
गरिएको छैन ।
बाइबलको
पुरानो करारले कुनै अगुवा
वा अगमवक्तालाई परमेश्वरको
स्थानमा उभ्याएको छैन ।
अब्राहाम, दाऊद, यशैया, दानिएल
कोही पनि परमेश्वर
हुनका लागि उम्मेदवारी
दिएका मानिसहरू थिएनन्
।
सायद
कृष्णलाई तिनका अनुयायीहरूले परमेश्वरको
रूपमा बुझे ।
तर कृष्ण वास्तवमै
यस धरतीमा बाँचेका
थिए भन्ने कुरामा
विद्वान्हरू आशङ्का गर्छन् ।
यदि तिनी ऐतिहासिक
व्यक्ति थिए भने
पनि कहिले ? कृष्णका
दाबीहरू गीतामा अभिलिखित गरिएको
भए तापनि साहित्यिक
दृष्टिकोणबाट यसलाई ऐतिहासिक कृति
मानिदैन । अर्कोतिर,
कृष्ण बाँचेको समयभन्दा
धेरै समयपछि तिनका
वाणीहरू सङ्कलन गरिए ।
यसरी, तिनका मौलिक
दाबीहरूको सङ्कलनको सम्भाव्यता न्यून
देखिन्छ । यो
पनि बुझिएको हुनुपर्छ
कि ख्रीष्टियान र
हिन्दु दृष्टिकोणमा परमेश्वरको अवधारणा
नितान्त फरक छ
।
अन्य
धार्मिक अगुवाहरूको विपरीत येशूले
आफूलाई परमेश्वरको रूपमा देख्नुभयो
। उहाँले परमेश्वरको
बारेमा मात्र सिकाउनुभएन तर
आफू पनि परमेश्वर
हुनुभएको दाबी गर्नुभयो
। येशूले भन्नुभयो,
“पिता र म एक हौं”
(यूहन्ना १०:३०)
। येशूले आफू
अनन्त हुनुभएको दाबी
गर्नुभयो (यूहन्ना ८:५७)
। येशूले आफू
स्वर्ग र पृथ्वीको
अधिकारी हुनुभएको दाबी गर्नुभयो,
“स्वर्ग र पृथ्वीमा
समस्त अधिकार मलाई
दिइएको छ” (मत्ती
२८:१८) ।
येशूले पापको क्षमा दिनुभयो
(मर्कूस २:५–७) जुन
परमेश्वरको परमाधिकार थियो ।
येशूले आराधनाको स्वीकार गर्नुभयो
(मत्ती १४:३३)
जुन केवल परमेश्वरले
मात्र स्वीकार गर्न
सक्नुहुन्छ ।
अन्त्यमा,
ख्रीष्टियमतका संस्थापक येशू ख्रीष्ट
मात्र एक यस्तो
धार्मिक संस्थापक हुनुहुन्छ जसले
आफू परमेश्वर हुनुभएको
दाबी गर्नुभयो र
उक्त दाबीलाई प्रमाणित
पनि गरिदिनुभयो ।
थोमस स्कल्ज सही
मूल्याङ्कन गर्छन्, “मोशा, पावल,
बुद्ध, मुहम्मद, कन्फ्युसियससाथै कुनै
पनि परिचित धार्मिक
अगुवाले आफू परमेश्वर
हुँ भनी कहिल्यै
दाबी गरेका छैनन्
। येशू ख्रीष्ट
यसको अपवाद हुनुहुन्छ
। आफू परमेश्वर
हुँ भनी दाबी
गर्ने ख्रीष्ट मात्रै
एक धार्मिक अगुवा
हुनुहुन्छ र उहाँ
परमेश्वर हुनुहुन्छ भनी संसारको
ठुलो हिस्सालाई विश्वास
दिलाउने उहाँ मात्रै
एक व्यक्तित्व हुनुहुन्छ
।”