menu bar

Friday, March 18, 2016

हालसम्म मैले ४० ओटाभन्दा बेसी पुस्तक–पुस्तिका अनुवाद गरिसकेछु



तपाईंको नाउँ ?
कमल अधिकारी

स्कुले जीवन कहाँ बिताउनुभयो ?
गोरखा जिल्लाको आरूघाट बजारस्थित श्री भीमोदय माध्यमिक विद्यालयमा

आजको अन्तर्वार्ता तपाईंको अनुवादको इतिहाससित सम्बन्धित नि ?
हजूर यसबारे सचेत छु

स्कुलमा तपाईंको अङ्ग्रेजीको अवस्था कस्तो थियो ?
अङ्ग्रेजीमा लद्दू विद्यार्थी थिएँ यद्यपि गणितमा ठाटै थिएँ माध्यमिक तहमा कुल प्रसाद खनाल हाम्रा अङ्ग्रेजी शिक्षक हुनुहुन्थ्यो मलाई अझै पनि याद कि उहाँले हामीलाई भर्ब (अर्थात् क्रियापद) का रूपहरू कण्ठस्थ पार्न लगाउनुहुन्थ्यो जुन मलाई ठाडो पहाड उक्लेझैँ हुन्थ्यो

तपाईं अङ्ग्रेजीमा कत्तिको कमजोर हुनुहुन्थ्यो
कक्षा मा गरी दुई पटक फेल भएँ यसरी मैले जम्माजम्मी १२ वर्ष स्कुले जीवन बिताएको छु तर यी १२ वर्षको अध्ययनमा आई वान्ट टु इट राइस भन्नेजस्ता सामान्य वाक्यलाई पनि मैले मौलिक रूपमा व्यक्त गर्न सक्दिनथेँ भन्दा अत्युक्ति नहोला अब तपाईं आफै कल्पना गर्नुस् कि मेरो अङ्ग्रेजी कति कमजोर थियो भनेर कहिल्यै निजी स्कुलमा भर्ना भइनँ मलाई याद छैन कि ती दिनमा हाम्रो बजारमा निजी स्कुल थियो या थिएन भन्ने सम्बन्धमा

उसो भए एसएलसीमा अङ्ग्रेजी कसरी उत्तीर्ण गर्नुभयो ?
यसको पनि रमाइलै कथा गोरखाको घ्याम्पेसालमा हाम्रो एसएलसीको सेन्टर परेको थियो आरूघाटबाट लगभग तिन घण्टाको बाटो हिँडेपछि यहाँ पुग्न सकिन्छ अङ्ग्रेजी विषयको दिनमा एक जना शिक्षक (मैले सुनेअनुसार उहाँ गोरखास्थित मसेलको हुनुहुन्थ्यो) ले कालो पाटीमा ब्याकरणका उत्तरहरू लेखिदिनुभयो मलाई लाग्छ, हाम्रो समयमा (यो ५४/५५ सालतिरको कुरो हो) ३५ अङ्कको ब्याकरण सोधिन्थ्यो एकातिर, ती उत्तरहरू धमाधम सारेँ भने अर्कोतिर ठिक मेरो पछाडि रमेश श्रेष्ठ नाउँ गरेका मेरा एक जना सङ्गी विद्यार्थी थिए तिनको उत्तरपुस्तिकाबाट पनि मैले सार्न भ्याएँ ती दिनमा डिस्टिङ्सनको चलन थिएन ४२० वा सोभन्दा बढी अङ्क ल्याउने विद्यार्थी प्रथम श्रेणीमा गनिन्थ्यो मैले जम्माजम्मी ४१९ ल्याएँ तर अङ्ग्रेजी विषयमा मेरो जम्मा ३४ आएको थियो जुन बेला ३२ आए पास हुन्थ्यो यसरी मुश्किलैले चिट चोरेर मैले अङ्ग्रेजी विषय कटाएको थिएँ

कसरी अङ्ग्रेजी सिक्ने प्रेरणा पाउनुभयो ?
काठमाडौँस्थित एउटा बाइबल स्कुलमा भर्ना भएपछि वास्तवमै अङ्ग्रेजी सिक्ने प्रेरणा पाएँ दुई वर्षे कोर्स सकेपछि भारत गएँ, थप बाइबल अध्ययन गर्नको लागि वास्तवमा भारतमा त्यही वर्षको अध्ययन अवधि (ख्रीष्टाब्द २००१२००५) मा मेरो जीवनमा अङ्ग्रेजी अध्ययनमा क्रान्ति आएको थियो

कसरी सिक्नुभयो अङ्ग्रेजी ?
भारतको बाइबल कलेजमा जाने पनि नजाने पनि अङ्ग्रेजी भाषामा नै बोल्नुपथ्र्यो त्यही भाषामा नै लेख्नुपथ्र्यो अगिल्ला महिनाहरूमा आफूलाई अङ्ग्रेजी नआउने भएकोले कलेजका साथीहरूसँग उति हिँड्दिनथेँ तर हरेक दिन झण्डै घण्टा अङ्ग्रेजी सिक्नको लागि व्यक्तिगत अध्ययनमा बिताउँथेँ चुडामणी गौतमद्वारा लिखित English Grammar, Composition and Pronunciation लाई मैले एक जना नेपाली मित्रबाट हात पारेको थिएँ जुन किताब अझसम्म मसँगै यो किताबलाई यति अध्ययन गरियो कि अभ्यासका निम्ति प्रयोग गरिएका ती पेपरहरू जम्मा गरिएका भए १० ओटा डोका भरिन्थे होलान् अभ्यासको निम्ति एउटा कागतलाई प्रयोग गर्थें अनि त्यसलाई कच्याककुचुक पारी फालिदिन्थेँ जुन मेरो आदत नै भइसकेको थियो

अनुवादको थालनीचाहिँ कसरी सुरु भयो नि ?
बीटीएचको लागि तेस्रो वर्षको विद्यार्थी थिएँ हामीलाई व्यवस्थित ईश्वरशास्त्र पढाउनको लागि पावल इन्सद्वारा लिखित The Moody Handbook of Theology लाई पाठयपुस्तकको रूपमा प्रयोग गरिन्थ्यो एकातिर यो निकै आधारभूत थियो भने अर्कोतिर यसको भाषा निकै सरल थियो यस किताबको पाँच ओटा मुख्य विभाजनमध्ये दोस्रो विभाजनमा व्यवस्थित ईश्वरशास्त्र थियो जसलाई अनुवाद गर्न कस्सिएँ

पारिश्रमिक लिएरचाहिँ कहिलेदेखि अनुवाद थाल्नुभयो ?
भारतको बाइबल कलेजमा चार वर्ष बिताएर ख्रीष्टाब्द २००५ मा नेपाल फर्कें । मलाई सालचाहिँ याद भएन तर मैले पारिश्रमिक लिएर अनुवाद गरेको पहिलो शीर्षक थियो: ब्याप्टिज्म यो सानो पुस्तिका थियो

हालसम्म कति ओटा पुस्तक अनुवाद गरिसक्नुभयो ?
आजको दिनसम्म जम्माजम्मी ४० ओटा भन्दा बेसी पुस्तक पुस्तिका अनुवाद गरिसकेछु

अब पुग्यो कि अझै निरन्तरता दिनुहुन्छ
अनुवाद गर्दा अङ्ग्रेजी नेपाली भाषा दुवैको वृद्धि हुनुका अतिरिक्त अनुवाद गरिएको पुस्तकको विषयवस्तुबारे पनि ज्ञान हासिल हुन्छ तसर्थ, मलाई अनुवाद मन पर्छ मेरो स्वास्थ्यले साथ दिएसम्म प्रभुको अनुग्रह भएसम्म अनुवादलाई जीवनभर निरन्तरता दिन्छु जस्तो लाग्छ मैले १२ वर्ष स्कुलमा बिताएँ वर्ष बाइबल इन्स्टिच्युटमा तर वर्षे अवधिले मेरो जीवनमा उदेकको उन्नति ल्याउन मदत पुर्याएको    



         

Leave Your Comments Here.