मेहमेत
अलि अका हत्यारा
मात्र थिएनन् तिनले
चोरी गर्नुका साथै
डकैती पनि गर्थे
। ख्रीष्टाब्द १९७९
मा तिनले टर्कीका
पत्रकार अब्दीको हत्या गरेका
थिए । जन्म
कैदको फैसला सुनाइएको
भए तापनि तिनी
६ महिनापश्चात् जेलबाट
भाग्न सफल भए
।
टर्कीको
झ्यालखानाबाट भागेपछि १३ मे
१९८१ मा तिनले
भ्याटिकन सिटीको सन्त पिटर
स्क्वाएरमा जम्मा
भएका श्रोतागणलाई सम्बोधनका
लागि जाँदै गरेका
पोप जोन पावल
द्वितीयको शरीरमाथि चार गोली
बर्साएका थिए ।
इटाली सरकारले अकालाई
जन्म कैदको फैसला
सुनायो । तर
आफूलाई गोली हान्ने
आतङ्ककारीलाई पोप जोनले
क्षमा मात्र दिएनन्
तर तिनको रिहाइको
पक्षमा वकालतसमेत गरे ।
अकाले १९ वर्ष
इटालीको झ्यालखानामा बिताए ।
झ्यालखानामा छँदा नै
तिनले प्रभु येशू
ख्रीष्टको सुसमाचार सुन्ने मौका
पाए जसलाई तिनले
लत्याएनन् । यस्तो
कुनै अधर्म छैन
जसलाई परमेश्वरले क्षमा
गर्न सक्नुहुन्न भन्ने
सत्यता अकाको जीवनमा चरितार्थ
हुन पुग्यो ।
ख्रीष्टाब्द २००७ मा
कारागारमा नै तिनले
प्रभु येशूलाई अङ्गाले
र तिनी ख्रीष्टियान
बने ।
ख्रीष्टाब्द
१९५८ मा टर्कीमा
जन्मेका यी ५८
वर्षका अका २०१०
मा जेलमुक्त भए
।