menu bar

Thursday, March 10, 2016

बाइबलले नर्वेलाई गरिबीको दलदलदेखि उन्नतिको शिखरमा पुर्‍याएको थियो



दुई सय वर्षअगि नर्वे युरोपेली मुलुकहरूमध्ये असाध्यै गरिब राष्ट्र थियो छिमेकी डेनमार्कले यसमाथि शासन गर्दै आएको थियो अधिकांश मानिसहरू गरिब मछुवाहरू गुजारा मात्र चलाउने किसानहरू थिए हरेक पटक अनिकाल आइपर्दा मानिसहरू मृत्युको मुखमा होमिन बाध्य हुन्थे तर आज यो संसारकै धनी मुलुकहरूको सूचीमा पर्दछ यहाँका सत प्रतिशत मानिसहरू साक्षर छन् यति छोटो अवधिमा नै केले नर्वेमा विस्मयरकारी सुधार ल्यायो ? बाइबल

ख्रीष्टाब्द १७९६ मा हेन्स एन. हेग नाउँ गरेका मानिस ख्रीष्टियान बने तिनले पवित्र धर्मशास्त्र बाइबल पढ्न थाले आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नुपर्छ भनी तिनले बाइबलबाट सिके तिनले बाइबल वितरण गर्नुका अतिरिक्त घरेलु बाइबल अध्ययन थाले अनुमति नलिईकन प्रचार गरेको आरोपमा डेनमार्क सरकारले तिनको भत्र्सना गर्यो तर सरकारको कदमदेखि हेग पछि हटेनन् एकले अर्कालाई निर्माण गर्नुपर्छ भनी तिनले बाइबलबाट सिकेका थिए त्यसैले, बाइबलले भनेमुताबिक तिनले गरिरहे

तिनले किताबहरू कसरी छाप्ने भनी सिकेपछि तिनले आफ्नै प्रकाशन खोले तिनी यति धेरै लेख्थे कि १८ वर्षमा तिनले ३३ ओटा पुस्तकहरू प्रकाशित गरे तत्कालीन लाख जनसङ्ख्यामध्ये एक लाखले तिनका एक वा सोभन्दा बढी पुस्तकहरू पढे भनी अनुमान गरिएको मानिसहरूले पढ्न जानेपछि तिनीहरूले बाइबल पढ्न सुरु गरे अनि बाइबलले तिनीहरूलाई असल बनायो केही दसक बितेपछि राज्य उन्नतितर्फ उन्मुख भयो

डेनमार्क सरकारलाई हेगको क्रियाकलालप मन परिरहेको थिएन त्यसैले १८०४ मा तिनलाई झ्यालखानामा हालियो हेगका अनुयायीहरूले नर्वेको स्वाधीनताको पक्षमा वकालत गर्न थाले १८१४ मा तिनीहरूले नयाँ संविधानको लागि मस्यौदा तयार पार्न मदत गरे फलस्वरूप, नर्वे यस ग्रहको अर्को एउटा स्वतन्त्र मुलुक बन्यो

बाइबलले व्यक्तिलाई मात्रै होइन पुरै राज्यलाई सकारात्मक मार्गमा डोर्याउन सक्छ      

Leave Your Comments Here.