जोनाथन
एडवार्डस वक्ता, पास्टर, दार्शनिक,
ईश्वरशास्त्रीसाथै लेखक थिए
। धेरैले तिनलाई
अमेरिकाकै सर्वाधिक महत्त्वपूर्ण ईश्वरशास्त्रीको
रूपमा आदर गर्छन्
। पहिलो महान्
जागृतिमा तिनले
उल्लेखनीय भूमिका निभाए ।
५
अक्टोबर १७०३ मा
जोनाथन एडवार्डसको जन्म अमेरिकामा
भएको थियो ।
बुबा तिमोथी एडवार्डस
र आमा एस्तर
स्टडार्डबाट जन्मेका ११ जना
सन्तानमध्ये तिनी एक
मात्र छोरा थिए
। पिता तिमोथी
आदरणीय शिक्षकसाथै प्रचारक थिए
भने आमा एस्तर
शिक्षित स्त्री थिइन् ।
छोरो एडवार्डसमा बुबा
आमाको सकारात्मक प्रभाव
परेको थियो ।
ख्रीष्टाब्द
१७१६ मा एडवार्डस
याले
कलेजमा भर्ना
भए जुन बेला
तिनी १३ वर्ष
पनि पुगेका थिएनन्
। १७२० मा
तिनी उत्कृष्ट विद्यार्थीको
रूपमा दीक्षान्तित भए
। त्यसपछि तिनले
ईश्वरशास्त्रको अध्ययन गरे ।
तिनले केही समय
प्रचारकको रूपमा रही सेवा
गरे ।
ख्रीष्टाब्द
१७२७ मा एडवार्डस
सारा पिरपोन्टसित वैवाहिक
सम्बन्धमा बाँधिए र तिनीहरूबाट
तिन छोरा र
आठ छोरी गरी
११ जना सन्तान
जन्मिए ।
ससुरा
सोलोमनको मृत्यु भएपछि मण्डलीलाई
सम्हाल्ने जिम्मा एडवार्डसको काँधमा
आयो । तिनी
नर्थहयाम्टन मण्डलीको पूर्ण पास्टर
बने । यही
मण्डलीबाट तिनका जागृतिसम्बन्धी वचनहरूको
आरम्भ भएका थिए
।
सायद
महान् जागृतिमा एडवार्डसले
सबैभन्दा उल्लेखनीय योगदान पुर्याएका
छन् । तिनको
मण्डलीमा थालनी भएको जागृति
चाँडै नै जताततै
फैलियो । एडावर्डस
र तिनका सङ्गी
प्रचारक जर्ज ह्वाइटफिल्डले
प्रचार गर्न र
मानिसहरूलाई प्रभुमा जित्न विभिन्न
ठाउँको यात्रा गरे ।
यो एउटा यस्तो
जागृति थियो जुन
इतिहासमा देखिएको थिएन न
त अरू देशमा
नै देखा परेको
थियो । कैयौँ
मानिसहरूले आफ्ना पापको पश्चात्ताप
गर्नुका अतिरिक्त प्रभु येशूलाई
चिने मौका पाएका
थिए ।
ख्रीष्टाब्द
१७४१ मा तिनले
“क्रूद्ध परमेश्वरका हातमा पापीहरू”
नामक शीर्षकमा प्रवचन
लेखे । यो
एउटा शक्तिशाली वचन
थियो । एडवार्डस
मनग्गे कृतिहरूका लागि परिचित
छन् । मिसनरी
डेभिड ब्रेनार्डको विषय
लेखिएको तिनको कृतिले हजारौँ
मानिसहरूलाई मिसनरी हुने प्रेरणा
मिलेको थियो ।
जीवनको
अन्तिम घडीतिर एडवार्डस कलेज अफ न्यु
जेरेसी
(हाल प्रिन्सेटोन) को
कलेज प्रमुख बने
। तर त्यसको
केही समयपछि २२
मार्च १७५८ मा
५४ वर्षको उमेरमा
तिनको निधन भयो
।