menu bar

Monday, March 28, 2016

चिहानले उहाँलाई रोक्न सकेन न त मृत्युले उहाँलाई जित्न सक्यो


    
अब्राहाम लिङ्कन (ख्रीष्टाब्द १८०९१८६५) अमेरिकाका सोर्हौँ राष्ट्रपति थिए तिनको हत्याको बाइस वर्षपश्चात् ख्रीष्टाब्द १८८७ मा तिनको शव राखिएको कफिन बाकस खोलेर हेरियो किनभने तिनको मृत शरीर चिहानमा थिएन भन्ने व्यापक अफवाह फैलिएको थियो खोलेर हेर्दा तिनको शव त्यहीँ नै भएको देखियो तरै पनि हल्ला रोकिएन चौध वर्षपछि पुन: तिनको चिहान खोतलेर हेरियो यस पटक पनि तिनको मृत शरीर त्यही बाकसभित्र नै पाइयो दुवै पटक साक्षीहरू उपस्थित थिए जसले लिङ्कनको मृत शरीर अझै पनि चिहानमा नै थियो भन्ने गवाही दिए

येशू ख्रीष्टको मृत्युको तिन दिनपश्चात् प्राचीन प्यालेस्टाइनमा उही किसिमको हल्ला फैलिएको थियो तर त्यस बेला एउटा कुरो भने फरक थियो कोही पनि मानिसले उहाँको मृत शरीरलाई चिहानमा फेला पारेन बरु, धेरैले पुनरुत्थान हुनुभएका येशूलाई भेटी उहाँसित बातचित गरेको गवाही दिए

निस्सन्देह, राष्ट्रपति लिङ्कन महान् मानिसहरूको सूचीमा पर्छन् तर आज कसैले सहायताको लागि तिनको पुकारा गर्ने हो भने हामी कुनै प्रतिक्रिया पाउँदैनौँ आज वैज्ञानिक समुदायले आइन्स्टाइनसित गुहार मागे भने तिनीहरूले मौनतासिवाह केही पाउँदैनन् कसैले मदतको लागि कन्फ्युसियस वा गौतम बुद्ध वा राम वा मुहम्मद वा गान्धीको पुकारा गरे भने कुनै जवाफ आउँदैन किन ? किनकि तिनीहरूका हड्डीहरू पृथ्वीको धुलोमा मिसिएका छन् तर तपाईंले येशू ख्रीष्टको पुकारा गर्नुभयो भने तपाईंलाई जवाफ दिन उहाँ हर समय उपस्थिति हुनुहुन्छ उहाँले जीवन बदल्न सक्नुहुन्छ किन ? किनकि येशू ख्रीष्ट आज पनि जीवित हुनुहुन्छ चिहानले उहाँलाई रोक्न सकेन मृत्युले उहाँलाई जित्न सक्यो         

Leave Your Comments Here.