ख्रीष्टाब्द
२००९ मा यरूशलेममा
माटोबाट बनेको एउटा छाप
पत्ता लगाइयो छ
जसमा बाइबलीय राजा
हिजकियाको नाउँ उल्लेख
गरिएको छ ।
उक्त छापमा प्राचीन
हिब्रू भाषामा लेखिएको छ,
“यहूदाका राजा आहाज
[का छोरा] हिजकियाको” डा.
एलियाट मजरको नेतृत्वमा गएको
पुरातत्त्वविद्हरूको टोलीले उक्त छाप
फेला पारेको हो
। पुरातत्त्वविद्हरूले पत्ता
लगाएको इस्राएल वा यहूदाको
राजाको नाउँ अभिलिखित
यो नै पहिलो
छाप हो ।
प्राचीन संसारमा माटोलाई छापको
रूपमा प्रयोग गरिन्थ्यो
। राजदरबारका दस्तावेजहरूलाई
प्रमाणित गर्नका लागि राजा
हिजकियाले यस छापको
प्रयोग गर्थे । आठौँ
शताब्दी ख्रीष्टपूर्वको मिति दिइएको
यो लगभग २,७०० वर्ष
पुरानो छाप हो
।
को
थिए हिजकिया ? हिजकिया
यहूदाका तेर्हौँ राजा
थिए जसले करिब
७२८–६९९ ख्रीष्टपूर्वसम्म
२९ वर्ष राज्य
गरे । दाऊद
र सोलोमनपछि तिनी
एक महत्त्वपूर्ण राजा
थिए । आहाजका
छोरा हिजकिया धनी,
साहसिला र प्रभावशाली
राजा थिए जो
अश्शूरीहरूको विरुद्धमा खडा भए
। हिजकियाको शासनकालका
मुख्य विवरणहरू यी
खण्डहरूमा पढ्न पाइन्छन्:
२ राजा १८–२०; यशैया
३६–३९; २
इतिहास २९–३२
। “इस्राएलका राजा
एलाहका छोरा होशियाको
तेस्रो वर्षमा यहूदाका राजा
आहाजका छोरा हिजकियाले
राज्य गर्न लागे
। जब तिनी
राजा भए तब
तिनी पच्चीस वर्षका
थिए, र तिनले
यरूशलेममा उनन्तीस वर्ष राज्य
गरे । तिनकी
आमाको नाम जकरियाकी
छोरी अबिया थियो
। आफ्ना पुर्खा
दाऊदले गरेझैँ तिनले परमप्रभुको
दृष्टिमा जे कुरा
असल थियो त्यही
गरे” (२ राजा
१८:१–३)
।
यो
छाप बाइबलीय विवरणलाई
स्थापित गर्ने बाहिरी साक्षी
हो । हिजकिया
यहूदाका राजा थिए
र तिनी आहाजका
छोरा थिए भनी
यस छापले स्पष्ट
पारेको छ ।
यस महत्त्वपूर्ण खोजले
फेरि एक पटक
बाइबलीय विवरणको पुष्टि गरेको
छ ।