menu bar

Monday, March 14, 2016

१४ वर्षमै येशूलाई अङ्गालेका ब्रुसको प्रयासमा जङ्गली आदिवासी बद्लियो



ख्रीष्टाब्द १९४१ मा अमेरिकामा जन्मेका ब्रुस ओलसनले सानै उमेरमा ग्रिक ल्याटिन सिकेका थिए तिनले परमेश्वरलाई निष्ठुर न्याय गर्ने पात्रको रूपमा देखे तर लूका १९:१० सित जम्काभेट भएपछि परमेश्वरबारे तिनको दृष्टिकोण बद्लियो जहाँ लेखिएको , “किनभने मानिसको पुत्र हराएकालाई खोज्न बचाउन आएको हो आफू हराएका थिए भनी ओलसनले बुझेका थिए पापको कारणले गर्दा तिनी परमेश्वरबाट टाढिएका थिए तर परमेश्वर तिनको खोजी गर्न चाहनुहुन्थ्यो भनी तिनले यस पदमा पत्ता लगाए त्यस रात तिनले येशूसित त्यो शान्तिको लागि बिन्ती गरे जुन उहाँका चेलाहरूले पाएका थिए तिनी परमेश्वरलाई प्रसन्न पार्ने व्यक्ति हुन चाहन्थे १४ वर्षको उमेरमा तिनले आफ्नो जीवन ख्रीष्टको सेवाको लागि समर्पित गरे त्यस क्षणदेखि तिनको जीवनमा परिवर्तन आयो

पछि परमेश्वरले तिनलाई मिसनरी हुने बोलावट दिनुभयो आज्ञाकारी भई तिनी दक्षिण अमेरिकी मुलुकहरू कोलम्बिया भेनेजुएलामा बसोबास गर्ने मोतिलोन (जसलाई बारी पनि भनिन्छ) नाउँ गरेका आदिवासीहरूको बिचमा ख्रीष्टको सुसमाचार लिएर गए ती मानिसहरू हिंसक थिए तिनीहरूले मानिसहरूको सिकार गर्थे बिसौँ शताब्दीको उत्तराद्र्धसम्म बाहिरी संसारसित तिनीहरूको सम्पर्क ज्यादै न्यून थियो ब्रुसको सतत प्रयास परमेश्वरको अनुग्रहको कारणले ती जङ्गली आदिवासीहरू सभ्यातको भर्याङ चढ्दै छन् बारी जातिका ७०% मानिसहरू आज ख्रीष्टियान छन् भनी अनुमान गरिएको        

Leave Your Comments Here.