सी.
टी. स्टडको पुरा
नाउँ चाल्र्स थोमास
स्टड हो ।
स्टडको जन्म २
डिसेम्बर १८६० मा
इङ्गल्यान्डमा भएको थियो
।
सी.
टी. स्टड क्रिकेटरसाथै
मिसनरी थिए ।
तिनले चीन, भारत
र अफ्रिकामा मुक्तिदाता
प्रभु येशूको सेवा
गरे । स्टडले
केही कृतिहरू पनि
लेखेका छन् ।
हर्ट
अफ
अफ्रिका
मिसन
(अहिले यसलाई वल्र्डवाइड इभान्जलाइजेसन
क्रुसेड
भनेर चिनिन्छ) को
स्थापनको लागि स्टड
नै जिम्मेवार छन्
।
सुसमाचार
सुनेपछि स्टडका धनी पिता
एडवार्ड स्टडले प्रभु येशूलाई
अङ्गाले र आफ्ना
छोराहरूले पनि प्रभुलाई
पाऊन् भन्ने तिनको
इच्छा थियो ।
१६
वर्षको उमेरमा सी. टी.
स्टड उत्कृष्ट खेलाडी
बनिसकेका थिए भने
१९ वर्षकै उमेरमा
तिनी एटोन कलेजको
टिम कप्तान बने
। तिनी एटोन
कलेजकै विद्यार्थी छँदा तिनको
घरमा आएका एक
जना प्रचारकको प्रस्तुतिद्वारा
प्रभावित भई तिनले
आफ्नो जीवन प्रभु
येशुमा सुम्पेका थिए ।
यस क्षणलाई स्टडले
पछि यसरी सम्झेका
थिए, “मैले घुँडा
टेकेँ अनि परमेश्वरलाई
‘धन्यवाद’ भनेँ ।
त्यहीँनेर मैले आनन्द
र शान्तिको महसुस
गरेँ । त्यसपछि
‘नयाँ जन्म’ भनेको
के रहेछ भनी
मैले थाहा पाएँ
। र पहिले
जुन बाइबल मेरो
लागि सुक्खा हुन्थ्यो
त्यही नै मेरो
सब थोक भयो
।”
क्रिकेटको
दुनियाँमा प्रसिद्धीको पराकाष्ठामा पुगिरहँदा
स्टडले भने, “मलाई थाहा
छ कि क्रिकेट
रहिरहँदैन र ख्याति
रहिरहँदैन र संसारमा
भएको कुनै पनि
कुरो रहिरहँदैन तर
आउने संसारको लागि
जिउनु नै उपयुक्त
हुन्थ्यो ।”
परमेश्वरले
स्टडलाई आफ्नै कामको लागि
तयार पार्नुभएको थियो
। ख्रीष्टाब्द १८८५
मा तिनी अन्य
६ जना साथीहरूसँगै
चीन प्रस्थान गरे,
त्यहाँका मानिसहरूलाई प्रभु येशूको
शुभ सन्देश बाँड्न
।
पिताको
मृत्युपश्चात् तिनले प्राप्त गरेका
पैतृक सम्पत्तिको ठुलो
हिस्सा तिनले प्रभुको कामको
लागि अर्पण गरे
।
ख्रीष्टाब्द
१८८८ मा चीनमा
नै स्टडले प्रिस्किला
स्टेवार्टसित बिहे गरे
। र तिनीहरूले
चार छोरी र
दुई छोरालाई जन्म
दिए ।
आफ्नो
कमजोर स्वास्थ्याको कारण
स्टड जन्मभूमि इङ्गल्यान्ड
फर्के । मिसनको
लागि पैसा उठाउन
स्टड र तिनकी
पत्नी विभिन्न भूभागमा
गए । यात्रा
गर्ने क्रममा भारतको
दक्षिणी क्षेत्रको जलवायु उपयुक्त
लागेकोले तिनले त्यहाँ ६
वर्ष बिताए ।
त्यसपछि तिनी फेरि
इङ्गल्यान्ड फर्के, अफ्रिका जाने
तयारीको चाँजोबाँजो मिलाउन ।
ख्रीष्टाब्द १९१० मा
तिनी अफ्रिका प्रस्थान
गरे ।
प्रभुको
राज्य बिस्तार गरिरहँदा
१६ जुलाई १९३१
मा ७० वर्षको
उमेरमा अफ्रिकामा नै स्टडको
निधन भयो ।
यसरी तिनले चीनमा
लगभग १५ वर्ष
बिताए भने ६
वर्ष भारतमा बिताए
र जीवनका पछिल्ला
वर्षहरू भने तिनले
अफ्रिकामा बिताए ।
आफ्नो
त्यागको गणना नगरी
येशू ख्रीष्टलाई पयाउनु
भनेको के हो
भनी स्टडले देखाइदिए
। तिनी क्रूसका
सच्चा सिपाही थिए
जो ख्रीष्टको खातिर
खतरा मोल्न तत्पर
भए ।