menu bar

Saturday, March 12, 2016

हामीले विश्वासद्वारा (एफिसी २:८–९) मुक्ति पाउँछौँ कि कामद्वारा (याकूब २:२४) ?



पावलले झ्यालखानाबाट एफिससको मण्डलीलाई पठाएको पत्रमा तिनी लेख्छन्, “किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ यो तिमीहरू आफैबाट होइन, यो परमेश्वरको वरदान होकर्महरूद्वारा होइन, नत्रता मानिसले घमण्ड गर्नेछ” (एफिसी :) तर याकूबले आफ्नो पत्रमा लेखेका छन्, “तिमीहरू देख्तछौ कि कामद्वारा मानिस धर्मी ठहरिँदोरहेछ, विश्वासद्वारा मात्र होइन” (याकूब :२४) यी दुई ओटा खण्डलाई सरसरती पढ्दा सुस्पष्ट विरोधाभास देखिन्छ मानिस कसरी धर्मी ठहरिन्छविश्वासद्वारा (एफिसी :) वा कामद्वारा (याकूब :२४) ?

पवित्र धर्मशास्त्र बाइबलले प्रस्टसित सिकाउँछ कि मानिस केवल विश्वासद्वारा धर्मी ठहरिन्छ कामद्वारा होइन येशू ख्रीष्ट उहाँले क्रूसमा गर्नुभएको काममाथि विश्वास गरेर मानिसले उद्धार पाउँछ हामीलाई केवल विश्वासले बचाउँदछ उद्धार पाउनको लागि मानिसले काम गर्नुपर्दैन धर्मशास्त्रले हाम्रो उद्धारको माध्यमको रूपमा कामको कुनै पनि रूपलाई निषेध गर्दछ पावलले एफिसीहरूलाई लेखेको पत्रमा मात्र नभएर रोमीहरूसाथै गलातीहरूलाई लेखेको पत्रमा पनि यस शिक्षालाई स्पष्ट रूपमा सिकाएका छन् रोमको मण्डलीलाई प्रेरित पावल लेख्छन्, “यसकारण व्यवस्थाका कर्महरूको पालनविना विश्वासद्वारा नै मानिस धर्मी ठहरिन्छ भनी हामी ठान्छौं” (रोमी :२८) गलातीका विश्वासीहरूलाई पावल लेख्छन्, “... व्यवस्थाका कामद्वारा मानिस धर्मी ठहरिँदैन, तर येशू ख्रीष्टमाथिको विश्वासद्वारा धर्मी ठहरिन्छ यसकारण हामीले पनि हाम्रो विश्वास ख्रीष्ट येशूमा राख्यौं, ताकि हामी व्यवस्थाका कामद्वारा होइन तर ख्रीष्टमा राखिएको विश्वासद्वारा धर्मी ठहरिन सकौं, किनकि व्यवस्थाका कामद्वारा कोही पनि धर्मी ठहरिँदैन” (गलाती :१६)

यदि मानिस विश्वासद्वारा मात्र धर्मी ठहरिन्छ भने याकूबको भनाइको अर्थ के हो ? “कामद्वारा मानिस धर्मी ठहरिँदोरहेछ, विश्वासद्वारा मात्र होइन” (याकूब :२४) भन्ने याकूबको भनाइको अर्थ के हो ?

खण्डमा अभिलिखित वचनको अर्थलाई राम्ररी बुझ्ने एउटा तरिका हो, सन्दर्भ लेखकले कुन प्रसङ्गमा उक्त अभिव्यक्ति दिइरहेका छन् भनी जान्नु अपरिहार्य हुन्छ याकूब २ अध्यायलाई अध्ययन गर्दा हामी पाउँछौँ कि लेखकले धर्मीकरणको बेग्लै पक्षलाई सम्बोधन गर्दै छन् । पावलले रोमीहरूलाई, गलातीहरूलाई एफिसीहरूलाई लेखेको पत्रमा तिनले परमेश्वरको सामु हुने धर्मीकरणबारे सम्बोधन गर्दै छन् जब कि याकूबले आफ्नो पत्रको दोस्रो अध्यायमा मानिसको सामु हुने धर्मीकरणबारे सम्बोधन गर्दै छन् कसरी मुक्ति प्राप्त गर्ने भन्ने विषयलाई पावल बताउँदै छन् भने मुक्तिलाई कसरी देखाउने भन्ने विषयलाई याकूब बताउँदै छन् पावलले मुक्ति पाउनको लागि के गर्नुपर्छ भनी उल्लेख गर्दै छन् भने याकूबले मुक्ति पाइसकेपछि के गर्नुपर्छ भनी उल्लेख गर्दै छन् पावलले मुक्तिको माध्यमको चर्चा गर्दै छन् भने याकूबले मुक्तिको फलको चर्चा गर्दै छन्   

यसरी मुक्ति कसरी पाइन्छ भन्ने सवालमा पावल याकूबको शिक्षामा अन्तर्विरोध छैन केवल येशूमाथिको विश्वासद्वारा उद्धार पाइन्छ भनी बाइबलले प्रस्टसित सिकाउँदछ दुई जना लेखकले धर्मीकरणका दुई ओटा पक्षलाई फरकफरक दृष्टिकोणबाट सम्बोधन गर्दै छन्   

Leave Your Comments Here.