एक
पटक अफ्रिकामा मिसनरी
भएर गएका परमेश्वरका
दासले त्यहाँको स्थानीयलाई
एउटा बाइबल दिए
। ती मानिस
यति खुसी भए
कि तिनले बाइबललाई
अङ्गालो हाले र
परमेश्वरको वचनको निम्ति मिसनरीप्रति
आभार व्यक्त गरे
।
केही
दिन बितेपछि मिसनरीले
ती मानिसलाई फेरि
देखे । छक्क
पार्ने कुरो के
थियो भने मिसनरीले
दिएको बाइबल भित्रका
पानाहरू एकपछि अर्को गर्दै
च्यातिएका थिए ।
कैयौँ पानाहरू गायब
थिए । मिसनरीले
ती स्थानीयलाई सोधे,
“के भाको ? तपाईंले
आफ्नो बाइबललाई के
गर्नुभएको ? मैले तपाईंलाई
बाइबल दिँदा तपाईंले
यसलाई ठुलै सम्पत्ति
ठान्नुभएको जस्तो लागेको थियो
मलाई ।”
ती
मानिसले जवाफ दिए,
“वास्तवमा, यो साँच्चै
नै अनमोल सम्पत्ति
हो । मैले
प्राप्त गरेको यो नै
सबैभन्दा उत्तम उपहार हो
। यो यति
अनमोल छ कि
म मेरो गाउँमा
फर्कंदा मैले होसियारीपूर्वक
एउटा पाना च्यातेँ
अनि मेरी आमालाई
दिएँ । त्यसपछि
मैले अर्को पाना
च्यातेँ अनि त्यो
मेरा बुबालाई दिएँ
। मैले अर्को
पाना च्यातेँ अनि
त्यो मेरी पत्नीलाई
दिएँ । अन्त्यमा,
मेरो गाउँमा बस्ने
हरेक व्यक्तिलाई मैले
परमेश्वरको वचनको पाना दिएँ
।”
ती
स्थानीयको चालाले हामीलाई हाँसो
उठाउन सक्ला ।
तर यो एउटा
गजबको गवाही थियो
। तिनको लागि
परमेश्वरको वचनको सन्देश यति
अनमोल थियो कि
तिनले आफूले चिनेको
हरेक व्यक्तिलाई त्यो
बाँड्न चाहन्थे ।