रूसको
भूभागको रूपमा चिनिएको साइबेरियामा
ख्रीष्टाब्द १९६७ मा
जन्मेका भिसेभोलोड ल्याटकिन बिशप
हुन् । तिनको
आफ्नो
आत्मिक यात्रा यस्तो रहेको
छ ।
ल्याटकिनका
बुबा आमा स्थानीय
नास्तिकवादी विश्वविद्यालयका प्राध्यापकहरू थिए जसले
आफ्नो छोरोलाई “आफ्नै
बारेमा सोच्नुपर्छ” भन्ने मानसकितामा
हुर्काएका थिए ।
आफ्नो किशोर अवस्थामा
तिनले थुप्रै आत्मिक
प्रश्नहरूको सामना गरे ।
साम्यवादीहरूले
परमेश्वर अस्तित्वमा हुनुहुन्न भनी
तिनलाई बताउँदा परमेश्वर हुन
पनि सक्नुहुन्छ भन्ने
सम्भावनासहित तिनले खोजी गर्न
थाले । तिनले
किताबहरू पढ्न थाले
। तर तिनको
स्थानीय पुस्तकालयामा उपलब्ध किताबहरू नास्तिकवादसित
मात्र सम्बन्धित थिए
। ल्याटकिनको ध्यान
खिँच्ने कुरोचाहिँ के थियो
भने ती किताबहरूमा
बाइबलका थुप्रै पदहरू उद्धृत
गरिएका थिए, तिनको
उपहास गरी खण्डन
गर्न । तिनले
नास्तिकवादको बारेमा लेखिएको विश्वकोशबाट
हरेक बाइबलको पदलाई
हातैले सारे ।
तिनको यस प्रक्रियाले
तिनलाई बाइबलको वचनबारे सचेत
मात्र गराएन तर
तिनले आफ्ना पापको
लागि परमेश्वरको निम्ति
बिन्ती पनि गरे
।
यसरी
नास्तिकवादी किताबहरूमा उद्धृत बाइबलका
वचनहरूद्वारा तिनी ख्रीष्टियान
मात्र बनेनन् तर
आज तिनले यसको
प्रचार प्रसार पनि गरिरहेका
छन् ।