menu bar

Sunday, March 13, 2016

बाइबल महानतम पुस्तक हो



पाश्चात्य उच्च साहित्यहरूका सङ्ग्रहलाई पाश्चात्य जगत्का महान् पुस्तकहरू भनी चिनिन्छ यी महान् पुस्तकहरूमा झण्डै एक सय लेखकहरूका चार सय पचास भन्दा बढी छनौटहरू समावेश छन् यसले झण्डै पच्चिस शताब्दीको समयलाई ओगटेको ती लेखकहरूमा होमर, प्लेटो, अरस्तु, प्लोटिनस, अगस्टिन, अक्विनास, डान्टे, हब्बस, स्पिनोजा, काल्भिन, रौसेउ, सेक्सपियर, हयुम, कान्ट, डार्बिन, टाल्सटाय, ह्वाइटफिल्ड, जोस आदि पर्दछन्

एक दिनको कुरो हो जोस म्याकडोलको घरमा कोही एक जना मानिस आए हाल जोस ख्रीष्टियान रक्षाशास्त्री, सुसमाचार प्रचारकसाथै लेखक हुन् तिनी लगभग ११५ ओटा पुस्तकका लेखकसाथै सहलेखक हुन्

ती पाहुना पाश्चात्य जगत्का महान् पुस्तकहरूका प्रतिनिधि थिए तिनले जोसलाई यस श्रृङ्खलाबद्ध पुस्तकहरूको सदस्य बनाउने प्रयास गर्दै थिए आफूसँग ल्याएको पुस्तकको सूचीपत्र देखाउँदै तिनले उक्त श्रृङ्खलाबारे बयान गर्न थाले जोस तिनकी पत्नीसँग बातचित गर्दै तिनले पाँच मिनेट बिताए त्यसपछि जोसको दम्पतीले तिनलाई बाइबलको बारेमा बताउँदै झण्डै डेढ घण्टा बिताए बाइबल महानतम पुस्तक हो भनी ती आगन्तुकलाई बुझाइँदै थियो ती महान् पुस्तकहरूको श्रृङ्खलाबाट केवल दस ओटा पुस्तक छान्न जोसले तिनलाई चुनौती दिए ती पुस्तकका लेखकहरू एउटै पुस्ता, एउटै ठाउँ, एउटै समय, एउटै भाषा, एउटै महादेश, एउटै भावका होऊन् ती सबैले केवल एउटा विवादस्पद विषयबारे सम्बोधन गरून् भनी जोसले बताएपछि जोसले प्रश्न गरे, “के ती लेखकहरू एक आपसमा सहमत हुन्छन् ?”

उक्त प्रतिनिधिले जवाफ दिए, “हुँदैनन्

तब, जोसले भने, “त्यसो हो भने तपाईंसँग के ?”

तिनले लज्जित हुँदै भन्नुपर्यो, “मसँग किताबहरूको सङ्ग्रह

यस संवादको दुई दिनपछि तिनले येशूमाथि विश्वास गरे   

Leave Your Comments Here.