ख्रीष्टाब्द
१९६१ मा दिनेस
डिसुजा भारतको बम्बेमा जन्मेका
थिए । १९७८
मा तिनी अमेरिका
गए । तिनले
दुई वर्षसम्म अमेरिकाका
चालिसौँ राष्ट्रपति रोनाल्ड रेगनका
लागि नीति परामर्शदाताको
रूपमा काम पनि
गरेका छन् ।
१९९१ मा अमेरिकाको
नागरिक बनेका डिसुजा हाल
राजनीतिक टिप्पणीकार, लेखकसाथै ख्रीष्टियान
रक्षाशास्त्री हुन् ।
कैयौँ उत्कृष्ट पुस्तकहरूका
रचनाकार डिसुजाको एउटा कृतिको
नाउँ हो, ह्वाट्स सो ग्रेट
एबाउट
क्रिस्चियानिटी
। ख्रीष्टियान रक्षाशास्त्रसित
सम्बन्धित यस पुस्तकमा
तिनी लेख्छन्:
ख्रीष्ट
इतिहासकै सर्वाधिक प्रभावशाली व्यक्तित्वको
रूपमा खडा हुनुभएको
छ । निस्सन्देह,
संसारलाई रूपान्तरण गर्ने मानिसहरूको
सूचीमा मोशा, बुद्ध र
मुहम्मदका नाउँहरू पर्छन् ।
तथापि यहूदी, बुद्ध
र इस्लाम धर्ममा
मोशा, बुद्ध र
मुहम्मदले जुन ठाउँ
ओगट्छन् ख्रीष्टियमतमा येशूले त्योभन्दा नितान्त
फरक ठाउँ ओगट्नुहुन्छ
। मोशा, बुद्ध
र मुहम्मदले कहिल्यै
पनि आश्चर्यकर्महरू गरे
भनी दाबी गरेनन्
। वास्तवमा तिनीहरूले
आफूलाई कहिल्यै पनि मानिसभन्दा
ठुलो प्राणीको रूपमा
हेरेनन् । तिनीहरूले
आफूलाई केवल परमेश्वरका
सन्देशवाहकहरूको रूपमा हेरे ।
ख्रीष्ट मात्रै इतिहासमा एक
यस्तो व्यक्ति हुनुहुन्छ
जसले पुरै धर्मलाई
आफ्नो व्यक्तित्ववरिपरि परिभाषित
गर्नुभएको छ ।