यो
सोर्हौँ
शताब्दीको कुरो हो
जुन बेला सर्वसाधारणहरूको
हातमा बाइबल हुन्थेन
। क्याथोलिक मण्डलीले
बाइबल अनुवादलाई नियन्त्रण
गरेको थियो र
त्यस बेला ल्याटिन
मात्र पढ्ने गरिन्थ्यो
। सुधारवादी मार्टिन
लुथरलाई त्यस क्याथोलिक
प्रवृत्ति मन परिरहेको
थिएन । त्यसैले,
तिनले जर्मन भाषामा
बाइबल अनुवाद गर्न
थाले । जर्मन
तिनका मानिसहरूको भाषा
थियो ।
एक
दिनको कुरो हो
। लुथरले बाइबल
छाप्नको लागि प्रयोग
गरेको प्रिन्टरलाई तिनकी
छोरीले सफा गर्दै
थिइन् । उनले
भुइँमा एउटा कागतको
टुक्रा देखिन् जसले उनको
ध्यान खिँच्यो ।
त्यसमा लेखिएको थियो, “किनभने
परमेश्वरले संसारलाई यस्तो प्रेम
गर्नुभयो, कि उहाँले
... दिनुभयो ... ।” त्यसमा
लेखिएका वचनहरू यति मात्र
थिए । उक्त
पदका बाँकी वचनहरू
थिएनन् । तर
उनले जे देखिन्
त्यसले उनलाई उत्तेजित पार्यो
। परमेश्वरले दिनुहुन्छ
भन्ने विचारले उनलाई
आकर्षण गर्यो ।
आफ्नी
छोरीको जीवनमा आएको परिवर्तनलाई
आमाले ध्यान दिएकी
थिइन् । त्यसैले
खुसी हुनुको कारण
सोधिन् आमाले । छोरीले
आफ्नो गोजीबाट कच्याककुचुक
पारिएको त्यही कागज झिकेर
आमालाई देखाइन् । पढेपछि
आमाले सोधिन्, “उहाँले
के दिनुभयो ?”
छोरीले
जवाफ फर्काइन्, “मलाई
थाहा छैन ।
तर उहाँले हामीलाई
दिन हामीलाई पर्याप्त
मात्रामा प्रेम गर्नुभयो भने
हामी उहाँदेखि डराउनुपर्दैन
।”
उनले
त्यस कागजमा जे
पढिन् त्यसले परमेश्वरलाई
हेर्ने उनको दृष्टिकोणलाई
बदल्यो ।