menu bar

Thursday, March 31, 2016

कसले बनायो परमेश्वरलाई ?



यदि यो सम्पूर्ण विश्वलाई परमेश्वरले रचना गर्नुभयो भने परमेश्वरलाई चाहिँ कसले बनायो ? सुरुमा यो प्रश्न निकै आकर्षक स्वाभाविक देखिए तापनि यस आलेखको अन्त्यतिर तपाईंले पत्ता लगाउनुहुनेछ कि यो तर्कसङ्गत छैन

यसरी सुरु गरौँ यो सारा विश्व (अर्थात् युनिभर्स) कि अनन्त कि यसको आरम्भ भएको अनन्त भन्नुको अर्थ हुन्छ कि यो विश्व सधैँभरि अस्तित्वमा रहिआएको यसको सुरु पनि छैन अन्त्य पनि छैन लामो समयसम्म विश्व अनन्त भन्ने अवधारणालाई स्वीकार गरिएको भए तापनि अहिले प्राय: सबै वैज्ञानिकहरूले यस अवधारणालाई इन्कार गर्छन् किन ? यहाँ तिन ओटा वैज्ञानिक कारणहरू पेस गरिएका छन्: () ख्रीष्टाब्द १९१५ मा प्रतिपादित अल्बर्ट आइन्स्टाइनको सामान्य सापेक्षवादको सिद्धान्तले भन्छ कि सम्पूर्ण समय, सम्पूर्ण अन्तरिक्ष सम्पूर्ण पदार्थको आरम्भ () क्यालिफोर्नियाको पासाडेनास्थित माउन्ट विलसन वेधशालामा गएर हेर्ने हो भनी हामी देख्छौँ कि यो सारा विश्व चारैतिर भकुण्डोझैँ फैलिरहेको यदि यो अहिले फैलिरहेको भने तर्कशास्त्र गणितअनुसार हामी जति विगततर्फ जान्छौँ त्यति नै यसको खुम्चाइतर्फ पछाडि सर्छौं अनि यसको प्रारम्भिक चरण अर्थात् शून्यतामा पुग्छौँ () यदि महाविस्फोट घटेको थियो भने त्यसको विकिरण फेला पारिनुपर्छ भनी वैज्ञानिकहरूले अपेक्षा गरेका थिए ख्रीष्टाब्द १९६५ मा वैज्ञानिकद्वय अर्नो पेन्जिस रोबर्ट विलसनले उक्त विकिरणलाई अनपेक्षित रूपमा पत्ता लगाए  

तब यी तिन ओटा वैज्ञानिक साक्षीले यो विश्व अनन्त छैन तर यसको आरम्भ भएको थियो भनी पुष्टि गर्छन् यसलाई वैज्ञानिक भाषामा महाविस्फोट भनिन्छ

शून्यताबाट कुनै पनि वस्तुको स्वत: उदय हुन नसक्ने भएकोले यो विश्वको उत्पत्तिको लागि कारण हुनैपर्छ त्यो कारण अनन्त हुनैपर्छ उक्त कारणलाई हामी परमेश्वर भन्छौँ

अब प्रश्नमा जाऔँ: कसले बनायो परमेश्वरलाई ? उहाँलाई कसैले बनाएन उहाँ असृजित हुनुहुन्छ उहाँ सधैँभरि अस्तित्वमा हुनुहुन्छ उहाँको कुनै आदि छैन अन्त्य नै उहाँलाई बनाइनु आवश्यक छैन उहाँ स्वअस्तित्ववान् हुनुहुन्छ

अनन्त अस्तित्वलाईकसले बनायो ?” भनेर सोध्नु अर्थहीन हुन्छ यो भनेको अविवाहित केटोको श्रीमती को हो ? वा रातो रङको स्वाद कस्तो हुन्छ ? वा कानले कहाँ हेरेको ? भनेजस्तै हो निष्कर्षमा, यो विश्व अनन्त नभएकोले परमेश्वर अनन्त हुनुहुन्छ अनन्त अस्तित्वलाई कसले बनायो भनेर प्रश्न गर्नु तर्कसङ्गत हुँदैन
 

    

Leave Your Comments Here.