ख्रीष्टाब्द
२००० मा नोबेल
पुरस्कारको इतिहासले शताब्दी चुमेको
थियो । पहिलो
पटक यो पुरस्कार
१९०१ मा ५
ओटा विद्यामा उल्लेखनीय
योगदान पुर्याउने व्यक्तिहरूलाई प्रदान
गरिएको थियो: भौतिक शास्त्र,
रसायन शास्त्र, चिकित्सा
शास्त्र, साहित्य र शान्ति
। १९६९ बाट
अर्को विद्या (अर्थशास्त्र)
थपेसँगै हाल ६
ओटा क्षेत्रमा यो
पुरस्कार वितरण गरिन्छ ।
८५० भन्दा बढी
व्यक्तिहरूले यस पुरस्कारलाई
आफ्नो पोल्टामा पारिसकेका
छन् ।
सय
वर्षको इतिहास (१९०१–२०००)
मा नोबेल पुरस्कार
जित्नेहरूमा
६५.४%
ख्रीष्टियान
रहेका
छन्
।
ख्रीष्टियानहरूले शान्तिमा ७८.३%,
रसायन शास्त्रमा ७२.५%, भौतिक
शास्त्रमा ६५.३%,
चिकित्सामा ६२%, अर्थशास्त्रमा
५४% र साहित्यमा
४९.५% नोबेल
पुरस्कार हात पारेका
छन् ।
संसारको
जम्मा जनसङ्ख्यामध्ये ३३.२% ख्रीष्टियान
छन् र यो
पुरस्कार जित्नेहरूमा ६५.४%
ख्रीष्टियान छन् ।
नोबेल
पुरस्कार वार्षिक रूपमा प्रदान
गरिने अन्तर्राष्ट्रिय पुरस्कार
हो । ख्रीष्टाब्द
१८९५ मा स्विडेनका
अन्वेषक अल्फ्रेड नोबेलले यसको
स्थापना गरेका थिए जो
आफै ख्रीष्टियान थिए
। यो सर्वाधिक
ठुलो धनराशी भएको
पुरस्कार हो ।
ख्रीष्टाब्द २०१२ सम्ममा
प्रत्येक पुरस्कार लगभग १२
करोड नेपाली रुपियाँ
बराबर थियो ।
साहित्य, चिकित्सा, भौतिक शास्त्र,
रसायन शास्त्र, शान्ति
र अर्थशास्त्रमा उपलब्ध
पुरस्कारहरूमध्ये यसलाई सबैभन्दा प्रतिष्ठित
पुरस्कारको रूपमा हेरिन्छ ।
ख्रीष्टाब्द
२००० सम्ममा नोबेल
पुरस्कार विजेताहरूमध्ये १० जना
गैरख्रीष्टियानहरूले ख्रीष्टियान धर्मलाई अङ्गालेका
छन्: ५ जना
यहूदी धर्मबाट, ३
जना नास्तिकबाट, १
जना अज्ञेयवादबाट र
अर्को १ जना
अनिश्चित छ ।
स्रोत:
https://en.wikipedia.org/wiki/List_of_Christian_Nobel_laureates#Nobel_laureates_converted_to_Christianity