menu bar

Wednesday, March 30, 2016

लुइसको जीवनमा यशैया ५३ अध्याय येशूकहाँ आउने माध्यम बन्यो



तिनको नाउँ हो, लुइस लपिदेस तिनी यहूदी थिए तिनले येशूलाई क्रूसमा टाँगेका तस्बिरहरू देखेका थिए तर तिनको बुझाइमा येशू अन्यजातिहरूका परमेश्वर हुनुहुन्थ्यो यहूदी जातिसित उहाँको कुनै सम्बन्ध थिएन तिनले पहिलो पटक नयाँ करार हात पार्दा तिनले इमान्दारीपूर्वक सोचेका थिए कि यो केवल तिनीहरूको जातिको विरुद्धमा लेखिएको निर्देशिका थियो

लुइसको धर्मशास्त्रको नाउँ हो, तानाक यो ख्रीष्टियान बाइबलको पुरानो करार हो तिनले पुरानो करारलाई दैनिक पढ्ने गर्थे एक पटक तिनी यशैया ५३ अध्यायमा आएर रोकिए यहाँ मसीहको तस्बिरलाई चित्रण गरिएको जसले इस्राएल जातिको मात्र नभएर सारा संसारको पाप उठाइ लैजानु हुनेथियो मानवीय चोलामा येशूले यस पृथ्वीमा आफ्नो पाउ राख्नुभन्दा सात सय वर्षअगि यशैयाको पुस्तक लेखिएको थियो

यशैया ५३ अध्यायको वर्णन नासरतका येशूसित मेल खान्छ भनी लुइसले बुझिहाले तिनले बाल्यकालमा देखेका तस्बिरहरूले येशूले भोग्नुभएको दु:खकष्टको चित्रण गर्थे भनी तिनले बुझे पुरानो करारमा मसीहको बारेमा भनिएका भविष्यवाणीहरू एकपछि अर्को गर्दै नासरतका येशूको जीवनमा पुरा भएको पाए तिनले

लुइसले निर्णय लिनुपर्ने समय आयो एक रात तिनी यसो भन्दै चिच्च्याए, “हे परमेश्वर, यो सङ्घर्षको अन्त्यमा आइपुगेको छु येशू नै मसीह हुनुहुन्छ भनी मैले निश्चित रूपमा जान्नुपर्छ इस्राएलको परमेश्वरको रूपमा मैले यसमा विश्वास गरेको तपाईं चाहनुहुन्छ भनी मैले जान्नु आवश्यक तिनले जे कुरोको खोजी गरिरहेका थिए परमेश्वरले त्यस विषयमा तिनलाई निश्चयता प्रदान गर्नुभयो तिनले येशू ख्रीष्टबाट पापको क्षमा पाए त्यस क्षणदेखि उहाँलाई पछयाउन लागे पछि तिनले यहूदीबाट ख्रीष्टको अनुयायी बनेकी दबोरा नाउँ गरेकी स्त्रीसित बिहे गरे परमेश्वरको राज्य बिस्तारमा दुवै जना सक्रिया रूपमा लागिरहे लुइसले धेरै वर्षसम्म पास्टरको रूपमा सेवा पुर्याएका छन्

Leave Your Comments Here.