menu bar

Monday, March 7, 2016

येशूको निन्दा गर्ने फिल्म हेरेर प्राध्यापक ख्रीष्टियान बने



ख्रीष्टाब्द १९७३ मा जिसस क्राइस्ट सुपरस्टार नाम गरेको एउटा फिल्म प्रकाशनमा आयो नर्मन जेविसनद्वारा निर्देशन गरिएको यस चलचित्रले येशू ख्रीष्टको निन्दा गर्दछ  

सेप्टेम्बर १९७८ मा हङ्गकङ्गका एक जना प्राध्यापक निकै निराश थिए तिनी ओसिएन थिएटरमा जिसस क्राइस्ट सुपरस्टार नामक फिल्म हेर्न गए परमेश्वरका आत्माले उक्त फिल्मद्वारा प्राध्यापकको ह्दयमा प्रभावकारी ढङ्गमा काम गर्न थाल्नुभयो फिल्म हेर्दै गर्दा तिनले पत्ता लगाएका कि येशू ख्रीष्टले तिनलाई पनि औधी प्रेम गर्नुहुँदोरहेछ तिनले आफूलाई पापीको रूपमा हेरेको भए तापनि येशूले अझै पनि तिनलाई प्रेम गर्नुहुन्थ्यो उहाँ तिनको लागि क्रूसमा मर्नुभएको थियो भनी तिनले बुझे  

फिल्ममा देखाइएको थियो कि येशू क्रूसमा चढिरहनुहुँदा उहाँले भन्नुभयो, “हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि यिनीहरूले के गर्दैछन् सो जान्दैनन्” (लूका २३:३४) आफूलाई क्रूसमा टाँग्नेहरूप्रति येशूको यस्तो किसिमको ईश्वरीय प्रतिक्रिया देखेर प्राध्यापकको ह्दय छियाछिया भयो तिनका आँखाबाट आँसुका धारा बहन लागे तिनले आफ्नो ह्दयमा येशूको प्रेम क्षमालाई स्वीकार गरे

परमेश्वरले तिनलाई अनौठो तरिकाले आफ्नो राज्यमा ल्याउनुभयो       

Leave Your Comments Here.