येशूले
भिडलाई भन्नुभयो, “साँच्चै, म
तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको
पुत्रको देह खाएनौ,
र उसको रगत
पिएनौ भने, तिमीहरूमा
जीवन हुँदैन ।
मेरो देह खाने
र मेरो रगत
पिउनेसित अनन्त जीवन छ”
(यूहन्ना ६:५३–५४) ? के अनन्त
जीवनको लागि हामीले
येशूको देह खानुपर्छ
र रगत पिउनुपर्छ
? येशूको भनाइको अर्थ के
हो ?
सर्वप्रथम
हामीले बुझेको हुनुपर्छ कि
यहाँ येशू आलङ्कारिक
भाषामा बोल्दै हुनुहुन्छ जसमा
शब्दलाई हुबहु जस्ताको तस्तै
बुझ्नु हुँदैन । यो
साहित्यको एउटा शैली
हो । यस्तो
भाषामा अर्थ अर्कै
हुन्छ । येशूले
यहाँ मात्र होइन
अन्य ठाउँहरूमा पनि
यस्तो शैलीलाई प्रयोग
गर्नुभएको छ ।
उदाहरणको लागि, येशूले भन्नुभयो,
“साँचो दाखको बोट म
हुँ” (यूहन्ना १५:१) ।
यसको अर्थ येशूका
पाखुरा र तिघ्राबाट
हाँगासाथै पात पलाएको
थियो भन्ने हुँदैन
। उहाँको भनाइको
अर्थ यही हो
कि उहाँ हाम्रो
आत्मिक जीवनको वास्तविक स्रोत
हुनुहुन्छ । बाइबलले
येशूलाई मण्डलीको कुने–ढुङ्गेको
रूपमा चित्रण गर्छ
(एफिसी २:२०)
। यसको अर्थ
उहाँ वास्तवमै भौतिक
पत्थर हुनुहुन्छ भन्ने
होइन । यसको अर्थ
हुन्छ कि उहाँ मण्डलीको मुख्य जग हुनुहुन्छ ।
हामीले
यो पनि बुझेको
हुनुपर्छ कि येशूले
यहाँ प्रभु–भोजको
उल्लेख गरिरहनुभएको छैन ।
यसको लागि विभिन्न
कारणहरू पेस गर्न
सकिन्छ: (१)
यूहन्ना ६ अध्यायमा
प्रभु–भोजको स्थापना
भइसकेको छैन ।
उहाँलाई धोका दिइएको
रातमा येशूले यसको
स्थापना गर्नुभयो (२) येशूका
स्रोताहरू अविश्वासीहरू छन्, विश्वासीहरू
होइनन् । (३)
यहाँ देह खाने
र रगत पिउने
कुरो अनन्त जीवनको
लागि हो जब
कि प्रभु–भोज
अनन्त जीवन पाएकाहरूले
खान्छन् ।
येशूले
आलङ्कारिक भाषामा बोल्दै हुनुहुन्छ
र यहाँ उहाँले
प्रभु–भोजको विषयमा
बताइरहनुभएको छैन भने
येशूको भनाइको अर्थ के
हो त ? अनन्त
जीवनको लागि हामीले
येशूको देह खानुपर्छ
र उहाँको रगत
पिउनुपर्छ भन्ने येशूको भनाइको
अर्थ
हामीले
उहाँमाथि
विश्वास
गर्नुपर्छ
भन्ने
हो
।
उहाँको प्रायश्चित्तमा मात्र अनन्त जीवन
सम्भव छ । अनन्त जीवनको लागि
उहाँमाथि विश्वास गरिएको हुनुपर्छ
।