१.
प्रभु येशू ख्रीष्ट
मृतकहरूबाट बौरी उठ्नुभएको
सम्झनामा मनाइने उत्सव नै
इस्टर
हो । इस्टरलाई
पास्क
वा पुनरुत्थानको आइतबार
पनि भनिन्छ ।
यो एउटा वार्षिक
पर्व हो ।
२.
नयाँ करारअनुसार येशू
ख्रीष्टको पुनरुत्थान ख्रीष्टियान विश्वासको
जग हो ।
प्रेरित पावल लेख्छन्,
“यदि ख्रीष्ट मृतकबाट
पुनर्जीवित पारिनुभएको होइन भनेता
हाम्रो प्रचार व्यर्थ हुन्छ,
र तिमीहरूको विश्वास
पनि व्यर्थ हुन्छ”
(१ कोरिन्थी १५:१४) ।
येशू ख्रीष्ट परमेश्वरका
पुत्र हुनुहुन्छ भन्ने
शिखर प्रमाण हो,
उहाँको पुनरुत्थान ।
३.
गुड
फ्राइडे
अर्थात् पवित्र शुक्रबारपछि आउने
आइतबारमा इस्टरको उत्सव मनाइन्छ
। इस्टरको मिति
सालिन्दा उही मितिमा
नपर्ने भएकोले यसलाई “अस्थिर
पर्व” पनि भनिन्छ
। ख्रीष्टाब्द २०१५
मा हामीले अप्रिल
५ मा इस्टरको
उत्सव मनाएका थियौँ
भने यो साल
हामी मार्च २७
मा मनाउँदै छौँ
र आगामी वर्ष
इस्टर अप्रिल १६
मा परेको छ
।
४.
ख्रीष्टियानहरूको पवित्रशास्त्र बाइबलका दुई ओटा
भागमध्ये पछिल्लो भागलाई नयाँ
करार भनिन्छ ।
नयाँ करारका अगिल्ला
चार ओटा पुस्तकहरू
(क्रमश: मत्ती, मर्कूस, लूका
र यूहन्ना) येशू
ख्रीष्टको बारेमा लेखिएका उहाँका
जीवनी हुन् ।
मत्ती २८; मर्कूस
१६; लूका २४;
यूहन्ना २०–२१
र १ कोरिन्थी
१५ अध्यायमा येशूको
पुनरुत्थानसाथै पुनरुत्थानपश्चात् उहाँका प्रकटीकरणहरूबारे पढ्न
पाइन्छ ।
५.
येशू हप्ताको पहिलो
दिन अर्थात् आइतबार
बौरी उठ्नुभएको थियो
भनी चार ओटै
सुसमाचारले प्रस्ट पारेका छन्
(मत्ती २८:१;
मर्कूस १६:२,९; लूका
२४:१ र यूहन्ना २०:१,१९) ।
६.
येशूको पुनरुत्थान सारा मानव
इतिहासमा अत्यधिक महत्त्वपूर्ण घटना
हो जसमा उहाँले
मृत्युमाथि विजय हासिल
गर्नुभएको थियो ।
ख्रीष्टियानहरूको बाहुल्यता रहेका मुलुकहरूमा
इस्टरको दिनमा सार्वजनिक बिदा
दिइन्छ ।
७.
येशू बौरी उठ्नुहुँदा
एक हजार वर्ष
पहिले दाऊदले भनेको
भविष्यवाणी (भजनसंग्रह १६:१०)
मात्र पुरा भएन
तर उहाँ आफैले
पटक–पटक भन्नुभएका
भविष्यवाणीहरू (जस्तै: मत्ती १२:३८–४०;
१६:२१) पनि
पुरा भए ।
८.
कवि गिल्बर्ट वेस्ट,
पत्रकार फ्रयाङ्क मोरिसन, वकिल
सिमोन ग्रिनलिफजस्ता परिचित
मानिसहरूले बाइबलमा अभिलिखित येशूको
पुनरुत्थानको घटनालाई काल्पनिक कथाको
रूपमा प्रमाणित गर्न
तम्सेका थिए ।
तिनीहरू असफल मात्र
भएनन् तर तिनीहरूले
येशूलाई प्रभुको रूपमा स्वीकार
गरी उहाँको पुनरुत्थान
एउटा ऐतिहासिक घटना
हो भन्ने पक्षमा
पनि लेखे ।