प्राचीन
यहूदाका सहरहरूमध्ये लाकीश दोस्रो
महत्त्वपूर्ण सहर थियो
। पहिलो राजधानी
यरूशलेम थियो ।
७०१ ख्रीष्टपूर्वमा अश्शूरका
राजा सनहेरीबले लाकीशलाई
घेराबन्दी गरी यसमाथि
विजय हासिल गरेका
थिए । यस
घेराबन्दीबारे बाइबलमा यसरी लेखिएको
छ, “हिजकिया राजाको
चौधौँ वर्षमा अश्शूरका
राजा सनहेरीबले यहूदाको
सारा पर्खाल लगाएका
सहरहरूलाई आक्रमण गरेर तिनलाई
कब्जा गरे ।
अनि अश्शूरका राजाले
युद्धका एकजना सेनापतिलाई ठूलो
सेनासमेत लाकीशबाट यरूशलेममा हिजकिया
राजाकहाँ पठाए” (यशैया ३६:१–२)
। २ राजा
१८ र २ इतिहास ३२ अध्यायमा
पनि यस आक्रमणबारे
उल्लेख गरिएको छ ।
सनहेरीब
अश्शूरका राजा थिए
जसले ७०४–६८१
ख्रीष्टपूर्वसम्म शासन गरेका
थिए । तिनले
निनवेलाई अश्शूरी साम्राज्यको राजधानी
बनाए । पहिले
दुर–सरुकिन राजधानी
सहर थियो ।
राजाले निनवेमा वैभवशाली महल
ठडयाए । तर
झण्डै २,५००
वर्षसम्म त्यो दरबारको
बारेमा केही थाहा
पाइएन ।
ख्रीष्टाब्द
१८४७ मा पुरातत्त्वविद् अस्टिन हेन्री लेयार्डद्वारा
निनवेमा अश्शूरी राजा सनहेरीबको
महल पत्ता लगाइयो
। लेयार्डको खोजले
संसारको ध्यान खिँच्यो ।
महलको भित्तामा कुँदिएका
लेखहरूमा लाकीशको घेराबन्दीबारे पनि उल्लेख गरिएको छ
। यस खोजले
बाइबलमा अभिलिखित घटनालाई पुष्टि
गरेकोले इङ्गल्यान्डमा आश्चर्यको तरङ्ग प्रवाह
भएको थियो ।
लाकीशको घेराबन्दीबारे उल्लेख गर्ने शिलालेखलाई
अहिले लन्डनस्थित ब्रिटिस सङ्ग्रहालयमा राखिएको
छ ।
यसरी
यस खोजले फेरि
एक पटक बाइबलीय
विवरणको पुष्टि गरेको छ
।