menu bar

Wednesday, March 9, 2016

फोहोर उठाउने मानिसको इमान्दारीले गर्दा दसौँ हजार मानिसले येशूलाई चिने



ख्रीष्टाब्द १९७२ मा फारहट नाउँ गरेका मिश्रका जवान व्यापारीको ११,००० अमेरिकी डलर (हालको सटही दरअनुसार लगभग ११ लाख नेपाली रुपियाँ) मूल्य पर्ने घडी हरायो झुत्रेझाम्रे कपडा लगाएका फोहोर उठाउने एक जना मानिसले उक्त घडी तिनकहाँ फर्काइदिँदा तिनी तिन छक खाए फारहटले सोधे, “किन तिमीले घडी आफूसित राखेनौँ ?”

ती मानिसको जवाफ थियो, “मेरा ख्रीष्टले मलाई मृत्युको घडीसम्म विश्वासयोग्य बन्न लगाउनुभएको

ख्रीष्ट को थिए भनी फारहटले त्यस बेलासम्म जानेका थिएनन् तर तिनले ती दयनीय मानिसमा ख्रीष्ट देखेका थिए ती मानिसको इमान्दारी तिनको महान् उदाहरणको कारणले गर्दा फारहटले तिनकै ख्रीष्टलाई पुज्ने प्रतिज्ञा गरे

फारहटले बाइबल अध्ययन गरे अनि तिनी विश्वासमा बढ्न लागे दुई वर्ष बितेपछि तिनी फोहोर उठाउने मानिसको गाउँमा गए जुन मिश्रको राजधानी काइरोभन्दा बाहिरपट्टि पथ्र्यो त्यहाँका मानिसहरूले दरिद्रतामा जीवन बिताइरहेका थिए त्यहाँ बिजुली थिएन सफा पानी नै जाँडरक्सी जुवातास व्याप्त थिए केटाकेटीहरू मात्र नभएर पाका स्त्री पुरुषहरू पनि फोहोरको पहाडमा गई महत्त्वपूर्ण वस्तुहरूको खोजी गर्ने गर्थे

फारहटले येशूका वचनहरूलाई मनन गरे, “धन्य आत्मामा दीन हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो बाइबलका वचनहरूले तिनको ह्दयमा मात्र नभएर तिनकी पत्नीको ह्दयमा पनि काम गर्न थाले तिनीहरूले मानिसका आत्मिक भौतिक आवश्यकताहरू जुटाउन थाले मिश्रभरि नै तिनीहरूले येशूको सुसमाचार बाँडे परिणामत: हजारौँ मानिसहरू ख्रीष्टतर्फ फर्के

ख्रीष्टाब्द १९७८ मा फारहटको अभिषेक भएपछि तिनी फादर समानको नाउँले चिनिए अहिले त्यही गाउँको नजिकै १०,००० मानिसहरू सेवाका लागि जम्मा हुन्छन् यो मध्यपूर्वकै सबैभन्दा ठुलो मण्डली बनेको

Leave Your Comments Here.