नासरतका
येशूद्वारा स्थापित मार्गलाई ख्रीष्टियमत
भनेर चिनिन्छ ।
पहिलो शताब्दीमा एसियामा
जन्मनुभएका येशू कुनै
राजनीतिक अगुवा वा विशिष्ट
व्यक्तित्व हुनुहुन्थेन । मानव
चोलामा उहाँले सामान्य जीवन
जिउनुभयो । तरै
पनि उहाँद्वारा स्थापित
अभियानले केही शताब्दीभित्र
पुरै रोमलाई ढाकिदियो
र यो आज हाम्रो
भूमिसम्म फैलिएको छ । किन मानिसहरू
यस विश्वासतर्फ आकर्षित
भएका होलान् ? यहाँ
दस ओटा कारणहरू
पेस गरिएका छन्
।
१. यसको
संस्थापक
येशू
विश्वसनीय
हुनुहुन्छ
।
येशूले
मानव चोला धारण
गर्नुका थुप्रै कारणहरू थिए—
भविष्यवाणीहरू पुरा गर्न,
हाम्रा पापको निम्ति मर्न
र उहाँलाई पछ्याउनेहरूलाई
पिताकहाँ लैजान । उहाँ
पानीमाथि हिँड्नुभएको, उहाँले आँधीलाई शान्त
पार्नुभएको, लङ्गडोलाई हिँड्न सक्षम
तुल्याउनुभएको, थोरै खानाले
पाँच हजारलाई खुवाउनुभएको,
पापरहित जीवन जिउनुभएको,
दर्दनाक मृत्यु वरण गर्नुभएको
र मृत्युमाथि विजय
हासिल गर्नुभएको थियो
भनी पहिलो शताब्दीमा
उहाँलाई पछ्याउनेहरूले हामीलाई बताएका छन्
। उहाँले आफ्ना
घनिष्ठ मित्रहरूलाई कतै तिनीहरूले
पनि येशूलाई छाडेर
जान्थे कि भनेर
सोध्नुहुँदा पत्रुस नामक चेलाले
जवाफ दिए, “हे
प्रभु, हामी कसकहाँ
जाऔं ? तपाईंसित अनन्त जीवनका
वचन छन् र
हामीले विश्वास गरेका छौं
र जानेका छौं,
तपाईं परमेश्वरका पवित्र
जन हुनुहुन्छ” (यूहन्ना
६:६८–६९)
।
२. यसको
धर्मशास्त्र
बाइबल
भरोसायोग्य छ ।
ख्रीष्टियमतको
धर्मशास्त्रको नाउँ हो,
बाइबल । चालिसभन्दा
बेसी मानवीय लेखकहरूले
१,६०० वर्ष
लगाएर लेखिएको यस
पुस्तकमा नै ख्रीष्टियान
विश्वास निर्भर छ । यसले एउटै
कथावस्तु (मानव–जातिको
लागि परमेश्वरको छुटकाराको
योजना) लाई व्यक्त
गर्दछ जुन सृष्टिबाट
आरम्भ भएर अनन्तताको
प्रवेशद्वारमा गएर टुङ्गिन्छ
। यसले वर्णन
गरेका इतिहास, भूगोल
र संस्कृतिलाई पुरातत्त्वविद्याका
आधुनिक खोजहरूले पटक–पटक
पुष्टि गरेका छन् ।
इतिहासभरि नै यसको
पाण्डुलिपिलाई कैयौँ पटक प्रतिलिति
गरिएको भए तापनि
यसको सच्चाइ गुमेको
रहेनछ भनी बिसौँ
शताब्दीमा पत्ता लगाइएका मृत सागरका मुट्ठाहरूले प्रमाणित
गरेका छन् ।
३. यसले
जीवनलाई
उचित
तवरले
व्याख्या
गर्छ
।
सबै
धर्महरूले हाम्रो अस्तित्वको अर्थ
दिने कोसिस गर्दछन्
। हामी कहाँबाट
आयौँ, किन यहाँ
छौँ र कतातिर
जाँदै छौँ भन्नेजस्ता
जीवनका गहनतम प्रश्नहरूको सम्बोधन
गर्ने प्रयत्न गर्छन्
सबै धार्मिक प्रणालीहरूले
। तर यो
विश्वलाई जसले सृष्टि
गर्नुभयो उहाँले नै यसको
वास्ता र हेरचाह
गर्नुहुन्छ भनी येशूले
प्रकट गर्नुभयो ।
हामीले जे अनुभूति
गर्छौं, जुन दु:ख भोग्छौँ
त्यही अनुभव गरी
हाम्रो निम्ति मर्नुहुने त
आखिरमा येशू नै
हुनुहुन्छ ।
४. यो
इतिहासको
निरन्तरता
हो
।
ख्रीष्टियमतको
जरा प्राचीन संसारमा
गडेको छ । जसले ख्रीष्टलाई
अङ्गाल्छन् तिनीहरूले उही परमेश्वरलाई
पुज्छन् जसलाई आदम, अब्राहाम,
सारा, सोलोमन र
दानिएलले पुजेका थिए ।
येशूले इतिहासलाई इन्कार गर्नुभएन
। उहाँ त
इतिहासको परमेश्वर हुनुहुन्थ्यो (यूहन्ना
१:१–१४)
। उहाँ पृथ्वीमा
हुनुहुँदा त्यही मूल योजनामुताबिक
कसरी जिउने भनी
उहाँले हामीलाई देखाउनुभयो ।
उहाँ मर्नुहुँदा पुरानो
करारको बलिदानसम्बन्धी प्रणालीलाई पुरा गर्नुभयो
उहाँले । ख्रीष्टियान
विश्वास नयाँ विश्वास
होइन यो त
उत्पत्तिदेखि प्रकाशसम्मको कथा हो
। यो उहाँको
कथा हो र
हामीहरूको पनि (प्रेरित
२:२२–३९;
१ कोरिन्थी १५:१–८)
।
५. यसको
आधारभूत
दाबी
ऐतिहासिक
रूपमा
साँचो
छ
।
सुरुका
ख्रीष्टियानहरू कुनै राजनीतिक
वा धार्मिक मतभेदबाट
अभिप्रेरित थिएनन् । तिनीहरूका
प्राथमिक विषयहरू नैतिक वा
सामाजिक पनि थिएनन्
। तिनीहरू चिरपरिचित
ईश्वरशास्त्री वा सामाजिक
दार्शनिकहरू पनि थिएनन्
। तिनीहरू प्रत्यक्षदर्शीहरू
थिए
।
एउटा निर्दोष मान्छे
मर्नुभएको र तिन
दिनपश्चात् फेरि जीवित
भई मानिसहरूका बिचमा
हिँड्नुभएको ती अगिल्ला
ख्रीष्टियानहरूले आफ्नै आँखाले देखेका
थिए र त्यही
अद्भूत खबर संसारलाई
बताउन तिनीहरूले आफ्ना
जीवन नै खतरामा
हाले । तिनीहरूको
तर्क मूर्त थियो
। येशू रोमी
बडाहाकिम पन्तियस पिलातसको समयमा
मारिनुभयो । उहाँको
मृत शरीरलाई अरू
कसैको चिहानमा राखी
त्यस चिहानलाई छाप
लगाइयो । चिहानको
सुरक्षाको निम्ति पहरेदारहरू खटाइएका
थिए । तरै
पनि तिन दिनपश्चात्
चिहान रित्तो देखियो
। उहाँलाई जीवित
देख्नेहरूले आफ्नो जीवनै जोखिममा
हालेर उक्त सन्देशको
घोषणा गरे ।
६. यसमा
जीवनलाई
रूपान्तरण
गर्ने
शक्ति
छ
।
येशूलाई
गिरफ्तार गरिँदा उहाँलाई छाडेर
जाने उहाँका चेलाहरू
मात्र केही हप्तापश्चात्
नाटकीय रूपमा परिवर्तन भएनन्
तर उहाँका शत्रुहरू
पनि बद्लिए ।
ख्रीष्टियानहरूमाथि उग्र सतावट
गर्ने एक जना
पावल नाउँका मानिस
थिए जो पुनरुत्थान
हुनुभएका येशूसँग जम्काभेट गरेपछि
उहाँकै बारेमा बताउने एक
प्रमुख चेला बने
(गलाती १:११–२४) ।
येशूद्वारा ऐतिहासिक अनपढहरू मात्र
रूपान्तरित भएका छैनन्
तर आधुनिक विद्वान्हरू
पनि ।
७. यसले
मानवीय
स्वभावलाई
सही
तवरले
विश्लेषण
गर्दछ
।
समाजको
वास्तविक समस्या भनेको ह्दयको
समस्या हो भनी
बाइबलले बताउँछ । जानकारी
र प्रविधिको यस
युगमा चारित्रिक असफलताको
कारणले परिवार, सरकार, सङ्घ–संस्था, धर्म, शिक्षासाथै
कलाहरूमा कलङ्क लागेको छ
। जातिय पूर्वाग्रह,
दुव्र्यसन, दुव्र्यवहार, सम्बन्ध–विच्छेदजस्ता समस्याहरू
प्राय: सुनिन्छन् । हाम्रा
समस्याहरू अज्ञानता, उचित भोजन
र सरकारमा छन्
भनी प्राय: मानिसहरू
विश्वास गर्न चाहन्छन्
। तर येशूले
पहिलो शताब्दीका स्रोताहरूलाई
भन्नुभएको वचन आज
पनि उत्तिकै सान्दर्भिक
छ, “किनकि ह्दयबाट
नै खराब विचार,
हत्या, परस्त्रीगमन, व्यभिचार, चोरी, झूटो
गवाही र निन्दा
बाहिर निस्कन्छन् ।
यी कुराहरूले चाहिँ
मान्छेलाई अशुद्ध पार्छन्” (मत्ती
१५:१९– २०)
।
८. मानवीय
प्राप्तिबारे
यसको
दृष्टिकोण
सही
छ
।
हामी
यो संसारलाई उत्तम
बनाउन लागिपरेका छौँ
। युद्धको अन्त्यको
लागि हामी युद्धमा
होमियौँ । ज्ञान
र हिंसामुक्त समाजको
लागि हामीले विभिन्न
शिक्षाहरूको उदय गरायौँ
। दासत्वबाट मुक्त
हुनका लागि हामीले
विभिन्न प्रविधिहरूको विकास गर्यौँ ।
तरै पनि आखिरी
अवस्थाको बारेमा नयाँ करारले
चित्रण गरेको दृश्यको वरिपरि
नै छौँ हामी—
युद्ध, भूकम्प, रोग, स्नेहको
कमी, आत्मिक पथभ्रष्टता
(मत्ती २४:५–३१) ।
९. यसले
समाजमा
असाधारण
प्रभाव
पारेको
छ
।
एक
जना नासरतको सिकर्मीले
संसारलाई परिवर्तन गरिदिनुभयो ।
पात्रो र मितिहरू
उहाँको जन्मका मौन गवाहहरू
हुन् । घरको
छत, हार, कुण्डल,
क्रूसको चिन्ह आदिजस्ता मानव
निर्मित वस्तुहरू उहाँको मृत्युका
दृश्यवान् साक्षीहरू हुन् ।
सामाजिक नीतिशास्त्र, वैज्ञानिक विधिसाथै कल
कारखानासम्बन्धी नीति नियमको
लागि पाश्चत्य दृष्टिकोणले
जुन आधार तय
गर्यो
त्यसको जग आधारभूत
ख्रीष्टियान मूल्य मान्यतामा गडेको
थियो । पूर्वसाथै
पश्चिममा भएका सामाजिक
राहतका सङ्घ–संस्थाहरू
हिन्दु धर्म, बुद्ध धर्म,
नास्तिकवादसाथै सेकुलर अज्ञेयतावादमा मौलाएका
होइनन् तर प्रत्यक्ष
वा परोक्ष रूपमा
बाइबलका मूल्य मान्यताहरूमा ।
समाज सुधारको निम्ति
ख्रीष्टियान शिक्षाले जुन भूमिका
खेलेको छ त्यो
अतुलनीय छ ।
१०. यसमा
उद्धार
पाइन्छ
।
वैकल्पिक
धार्मिक दृष्टिकोणका पनि आ–आफ्नै मुक्तिदाताहरू छन्
जो चिहानमा नै
सीमित रहे ।
मृत्युमाथि विजय हासिल
गर्नुहुनेमाथि भरोसा गर्नेहरूलाई अनन्त
जीवन दिने प्रतिज्ञा
अन्य कुनै धार्मिक
प्रणालीले गर्दैन । ख्रीष्टले
प्रस्ताव गर्नुभएको उद्धार हाम्रो
काममा आश्रित छैन
तर उहाँले हाम्रो
निम्ति जे गर्नुभयो
त्यसको स्वीकारमा । नैतिक
वा धार्मिक प्रयासको
साटो यस उद्धारको
निम्ति केवल हामी
पापी छौँ भन्ने
स्वीकारको खाँचो छ (एफिसी
२:८–१०)
।
Leave Your Comments Here.