menu bar

Wednesday, November 5, 2014

फेन्नी जे. क्रज्बी: ८,००० भजनकी दृष्टिविहीन रचयिता



येशू हुन् मेरो कस्तो विलास, दिँदछन् मनमा महिमाको आश
मुक्तिको भागी स्वर्ग मेरो घर, उनमा बस्छु सधैँ निडर

दृष्टिविहीन रचनाकार फेन्नीद्वारा लिखित अनि नेपालीमा अनूदित ख्रीष्टीय भजनको २८१ नम्बरको पहिलो श्लोक हो यो दृष्टिविहीन भएर पनि उनले भजनको खोलो बगाइन् उनले जीवनमा ,००० भन्दा बेसी भजन लेखिन्  

२४ मार्च १८२० मा फेन्नीको जन्म अमेरिकाको न्युयोर्क सहरमा भएको थियो उनी एक वर्ष पुग्न नपाउँदै उनका पिता जोनको मृत्यु भयो तर उनकी आमा मर्सी भने ९१ वर्षसम्म बाँचिन्

फेन्नी हप्ताको पुग्दा उनको आँखामा केही समस्या देखा पर्यो घरेलु डाक्टरको अनुपस्थितिमा कुनै घुमन्ते डाक्टरले उनको उपचार गर्दा उनले सदाको निम्ति आँखाको ज्योति गुमाउनुपर्यो तर आफू अन्धो भएकोमा उनले कहिल्यै पछुतो गरिनन् बरु यसरी भनिन्, “मैले सधैँ विश्वास गरेको छु कि असल परमेश्वरले उहाँको असीमित कृपामा यो माध्यमद्वारा उहाँले मलाई त्यो कामको लागि अर्पण गर्नुभयो जुन काम गर्ने अनुमति मैले अहिलेसम्म पाएको छु एक पटक स्कटल्यान्डका एक जना सेवकले उनको अवस्था देखेर सहानुभूति पोख्दा उनले जवाफ दिइन्, “जन्मने बेलामा यदि मेरा सृष्टिकर्तालाई एउटा बिन्ती चढाउने मौका मलाई प्रदान गरिएको भए दृष्टिविहीन भएर नै जन्मन पाऊँ भन्थेँ ... किनकि जब स्वर्ग पुग्छु मैले पहिलो पटक मेरा निम्ति मर्नुहुनेको मुहारलाई दर्शन गर्नेछु

१६ वर्षको उमेरमा फेन्नी दृष्टिविहीनहरूका निम्ति खोलिएको न्युयोर्क इन्स्टिच्युटमा भर्ना भइन् जहाँ उनले उत्कृष्ट शिक्षा हासिल गरिन् पछि उनी त्यहीँको शिक्षिका बनिन् ३८ वर्ष पुगेपछि उनले दृष्टिविहीन सङ्गीतकारसाथै रचनाकार अलेक्ज्यान्डर भानसँग बिहे गरिन् १९०२ मा श्रीमान्को मृत्यु नभएसम्म तिनीहरूको दाम्पत्य जीवन लम्बिरह्यो

सुसमाचारिय भजन लेखकहरूका रानीको उपनाम पाएकी फेन्नीका भजनहरू करडौँको सङ्ख्यामा छापिएका छन् प्रशंसाले ओतप्रोत उनका भजनहरू विभिन्न भाषाहरूमा अनुवाद गरिएका छन् केही प्रकाशकहरूले उही नाउँबाट मनग्गे भजनहरू छाप्न हिच्किचाएकाले जीवनमा उनका झण्डै २०० ओटा छद्मभेषी नाउँहरू थिए उनले ,००० भन्दा बेसी सेकुलर कविताहरू पनि रचिन् उनका चार ओटा कविता सङ्ग्रहसाथै दुई ओटा आत्मकथा प्रकाशित छन्   

 ९४ वर्षको उमेरमा १२  फेब्रुअरी १९१५ मा उनी सधैँको निम्ति प्रभुको साथमा पुगिन्

संसारमा परिवर्तन ल्याउन चाहनेहरू जीवनमा सफलता हासिल गर्न चाहनेहरूले सम्भावनाहरूलाई हेर्छन्, आफ्ना कमजोरीहरूलाई होइन  





   

Leave Your Comments Here.