menu bar

Wednesday, November 26, 2014

सी. एस. लेविस: बिसौँ शताब्दीका अत्यधिक प्रभावशाली रक्षाशास्त्री



सी. एस. लेविसको पुरा नाउँ होक्लाइभ स्ट्याप्लेस लेविस सम्भवत: तिनी बिसौँ शताब्दीका सर्वश्रेष्ठ रक्षाशास्त्री (ख्रीष्टियान विश्वासको पक्षमा वकालत गर्ने) थिए परिवार मित्रहरूका बिचमाज्याकभनेर चिनिएका लेविस उपन्यासकार, कवि, साहित्यिक समालोचक, निबन्धकारसाथै ख्रीष्टियान रक्षाशास्त्री थिए आख्यान गैरआख्यान दुवै क्षेत्रमा कलम चलाएका लेविस ख्रीष्टियानसाथै गैरख्रीष्टियान जगत्का अनमोल स्रष्टा हुन्

लेविसको जन्म २९ नोभेम्बर १८९८ मा बुबा अल्बर्ट जेम्स लेविस आमा फ्लोरेन्स अगस्टा लेविसबाट आएरल्यान्डको बेलफास्टमा भएको थियो वारेन हामिल्टन नाउँका तिनका एक दाजु थिए  

ख्रीष्टियान परिवारमा जन्मेका भए तापनि मण्डलीका दिक्कलाग्दा सेवाहरू संसारमा विद्यमान दुष्ट्याइँको कारणले पन्ध्र वर्षको उमेरमा लेविस नास्तिक बने आफ्नो पढाइलाई थाती राखी तिनी १९१७ मा पहिलो विश्व युद्धमा ब्रिटिस सेनामा सहभागी भए युद्धको क्रममा फ्रान्समा घाइते भए परिणामस्वरूप तिनी इङ्गल्यान्ड नै फर्के

आफ्ना सहकर्मीसाथै मित्र जे. आर. आर. टोल्किनका गहकिला तर्कहरूबाट प्रभावित भई लेविस बिस्तारै ख्रीष्टियान विश्वासतर्फ फर्के ३३ वर्षको उमेरमा तिनले येशूलाई प्रभुको रूपमा स्वीकारे अर्थात् तिनी ख्रीष्टियान बने

अक्सफोर्ड क्याम्ब्रिजजस्ता विश्वप्रसिद्ध कलेजहरूमा पढाएका लेविसका प्रसिद्ध कृतिहरूमा मेएर क्रिस्चियानिटी, क्रोनिकल्स अफ नार्निया, मिराकल्स आदि पर्दछन् ७० भन्दा बेसी पुस्तकहरूका लेखक लेविसले साहित्यका विभिन्न विधाहरूमा कलम चलाएका छन् वार्षिक रूपमा तिनका कृतिहरू बिस लाखको सङ्ख्यामा बिक्री हुन्छन् तिनका पुस्तकहरू तिसभन्दा बेसी भाषाहरूमा अनुवाद भइसकेका छन् तिनका कृतिहरूका कथावस्तुहरू रङ्गमञ्चमा उतारिएका छन्; टेलिभिजनमा देखाइएका छन्; रेडियोबाट प्रसारण गरिएका छन् चलचित्रको पर्दामा प्रदर्शन गरिएका छन् ख्रीष्टियान विश्वासको पक्षमा लेखिएको तिनको कृति मेएर क्रिस्चियानिटीलाई पढेर कैयौँ मानिसहरूले आफ्नो जीवन प्रभु येशूमा सुम्पेका छन्

तर्क विश्वासलाई वैरीको रूपमा नभई साखको रूपमा देख्ने लेविसको बुझाइमा तर्क विश्वासतर्फ डोर्याउने एउटा उपयुक्त मार्ग हो आफू एङ्गलिकन भए तापनि तिनले प्राय: सबै ख्रीष्टियान सम्प्रदायका आधारभूत ख्रीष्टियान शिक्षाहरूको पक्षमा तार्किक रूपमा वकालत गरे अमेरिकाका पूर्वराष्ट्रपति जोन एफ. केनेडीको हत्या गरिएको दिन विकासवादका पक्षपोषक अल्डुस हक्स्लेको निधन भएको दिनमा नै लेविस यस धरतीबाट बिदा भएका थिए, २२ नोभेम्बर १९६३ मा तिनको मृत्युले संसारको थोरै मात्र ध्यान खिँचेको भए तापनि अनुगामी वर्षहरूमा तिनको प्रशंसा बढ्दै गयो आजसम्म जारी   

Leave Your Comments Here.