येशू
पृथ्वीमा हुनुहुँदा उहाँले केही
कठिन भनाइहरू व्यक्त
गर्नुभयो जसलाई बुझ्नको लागि
कहिलेकाहीँ हामी मौलिक
भाषासम्म पुग्नु पर्ने हुन्छ
। यसका अतिरिक्त,
खण्डको सन्दर्भलाई बुझ्न पनि
नितान्त आवश्यक हुन्छ ।
हिउँदको
समय थियो ।
यहूदीहरू मन्दिर समर्पणको चाडको
लागि यरूशलेममा भेला
भएका थिए ।
तिनीहरू येशूको पहिचानको बारेमा
प्रस्ट भइसकेका थिएनन् अर्थात्
येशू पुरानो करारमा
प्रतिज्ञा गरिनुभएको मसीह अर्थात्
ख्रीष्ट हुनुहुन्थ्यो वा हुनुहुन्थेन
भन्ने विषयमा तिनीहरू
अन्योलमा नै थिए
। तसर्थ, तिनीहरूले
येशूलाई प्रश्न गरे, “कहिलेसम्म
तपाईं हामीलाई दोधारमा
राख्नुहुन्छ ? तपाईं ख्रीष्ट हुनुहुन्छ
भने हामीलाई स्पष्ट
भनिदिनुहोस्” (यूहन्ना १०:२४)
। आफ्नो व्याख्याको
अन्त्यमा येशूले जवाफ दिनुभयो,
“पिता र म एक हौं”
(यूहन्ना १०:३०)
। यस कठिन
भनाइको अर्थ के
हो त ?
एउटा
सम्भावना यो हो
कि पिता परमेश्वर
र पुत्र परमेश्वर
“एक र उही”
हुनुहुन्छ । सरल
भाषामा भन्नुपर्दा, पिता नै
येशू हुनुहुन्छ र
येशू नै पिता
हुनुहुन्छ । यसको
अर्थ यो पनि
हुन्छ कि येशूले
पृथ्वीमा सेवा–कार्य
गर्नुहुँदा यो सारा
विश्वको रेखदेख गर्न स्वर्गमा
कोही हुनुहुन्थेन ।
नयाँ करारलाई ग्रिक
भाषामा लेखिएकोले ग्रिक भाषाको
व्याकरणलाई हेर्नु उपयुक्त हुन्छ
। यदि येशूले
यस्तो अर्थ दिन
चाहनुभएको थियो भने
शब्द “एक” पुलिङ्गमा
हुनुपथ्र्यो । तर
यो शब्द (ग्रिक
व्याकरणमा) नपुंसकलिङ्गमा छ ।
तसर्थ, यो अवधारणा
बेठिक छ ।
दोस्रो
विकल्पलाई हेरौँ । नपुंसकलिङ्गको
अर्थ “सहमतीमा” वा
“एकतामा” पनि हुन
सक्छ । अर्थात्
येशूले पिताको इच्छामुताबिक काम
गर्दै हुनुहुन्थ्यो भन्ने
भनाइसित यो केही
हदसम्म मेल खान्छ
। तर यो
व्याख्या खण्डको सन्दर्भको विपरीत
छ । यदि
येशूको भनाइको अर्थ यस्तो
थियो भने तिनीहरूले
उहाँलाई ढुङ्गाले हान्ने प्रयास
गर्दैनथ्ये किनकि पिता परमेश्वरको
सहमतीमा हुनु तिनीहरू
आफैले चाहेको कुरो
थियो । तसर्थ,
सन्दर्भको आधारमा यो दोस्रो
सम्भावना पनि उपयुक्त
देखिँदैन ।
जब
येशूले “पिता र
म एक हौं”
भन्नुभयो यहूदीहरू कति धेरै
रिसाएका थिए भनी
ठिक पछिल्लो पदले
अभिलिखित गर्दछ, “यहूदीहरूले उहाँलाई
हानौं भनी फेरि
ढुङ्गा उठाए” (यूहन्ना १०:३१) ।
यहूदीहरूको यस्तो प्रतिक्रियाबाट हामी
सजिलैसित बुझ्दछौँ कि तिनीहरूको
दृष्टिकोणमा येशूले ईश्वर–निन्दा
गर्दै हुनुहुन्थ्यो ।
त्यसैले तिनीहरूले जवाफ दिए,
“असल कामको लागि
हामी तिमीलाई ढुङ्गाले
हान्दैनौं, तर ईश्वर–निन्दा गरेको कारणले,
किनकि तिमी मानिस
भएर पनि आफैलाई
परमेश्वर तुल्याउँछौँ” (यूहन्ना १०:३३)
। पुरानो करारको
व्यवस्थाअनुसार ईश्वर–निन्दा गर्ने
मानिसलाई ढुङ्गाले हानेर मार्ने
आदेश दिइएको थियो
(लेवी २४:१६)
। येशूको उक्त
भनाइबाट उहाँले आफैलाई परमेश्वर
तुल्याउँदै हुनुहुन्थ्यो भनी यहूदीहरूले
प्रस्ट रूपमा बुझे ।
त्यसकारण, यहाँ उल्लिखित
“एक” को अर्थ
हुन्छ, “सार” अर्थात्
येशू र पिता
बराबरीमा हुनुहुन्छ । पितासित
भएका सबै गुणहरू
येशूसित छ ।
येशू मानव चोलामा
आउनुभएको परमेश्वर हुनुहुन्छ ।