menu bar

Thursday, November 6, 2014

येशूको जीवनमा पुरा भएका १० ओटा भविष्यवाणीहरू



मसीह (अर्थ अभिषेक गरिएको) एउटा हिब्रू शब्द हो जसलाई ग्रिक भाषामा ख्रिस्टोस भनिन्छ भने नेपालीमा ख्रीष्ट पुरानो करारका यहूदीहरूले मसीहको आगमनलाई उत्सुकतापूर्वक अपेक्षा गरिरहेका थिए उहाँ परमेश्वरबाट पठाइनुहुने राजकुमार हुनुहुनेथियो जसले परमेश्वरका इच्छाहरूलाई पुरा गर्नुहुनेथियो उहाँको विषयमा ख्रीष्टियान पवित्रशास्त्र बाइबलको पुरानो करारमा सयौँ भविष्यवाणीहरू गरिए स्मरण रहोस्, पुरानो करारका ३९ ओटा पुस्तकहरू ,४००४०० ख्रीष्टपूर्वको बिचमा लेखिएका थिए

येशू आजभन्दा लगभग ,००० वर्षअगि (अर्थात् पुरानो करारको अन्तिम पुस्तक लेखिएको ४०० वर्षपछि) एसिया महादेशको प्यालेस्टाइनमा जन्मनुभयो उहाँले यस धरतीमा साँढे तेत्तिस वर्षको छोटो जीवन गुजार्नुभयो उहाँ खास गरी पछिल्ला साँढे तिन वर्ष सक्रिय हुनुहुन्थ्यो मसीहको बारेमा गरिएका मनग्गे भविष्यवाणीहरू येशूको जीवनमा पुरा भएका छन् जसले एउटा तार्किक व्यक्तिलाई सोच्न बाध्य पार्नुपर्छ  तीमध्ये हामी दस ओटालाई हेर्नेछौँ   

. उहाँ कन्याबाट जन्मनुहुनेथियो
येशूको जन्मभन्दा लगभग ७०० वर्षअगि यशैया अगमवक्ताले असाधारण भविष्यवाणी गरे, “... हेर, कन्याले गर्भधारण गर्नेछिन्, तिनले एउटा पुत्र जन्माउनेछिन्, उहाँको नाउँ इम्मानुएल राखिनेछ” (यशैया :१४) येशूको जन्मको विषयमा भएका नयाँ करारका विवरणहरूबाट प्रस्ट कि येशू मरियम नाउँ गरेकी कन्याबाट जन्मनुभयो (मत्ती :१८२५; लूका :२६३८) यसरी वर्षौंअगिको भविष्यवाणी येशूको जन्मको असाधारण प्रकृतिमा आएर पुरा भयो

. उहाँ यहूदाको कुलमा जन्मनुहुनेथियो
यहूदा याकूबका १२ जना छोरामध्ये चौथा थिए बाँकी ११ जनालाई छाडी मसीहले यहूदाको कुलमा जन्म लिनुहुनेथियो (उत्पत्ति ४९:१०) नयाँ करारको वंशावलीअनुसार येशू यहूदाकै कुलमा जन्मनुभयो (लूका :२३, ३३३४) यसरी ,७०० वर्षअगि याकूबले मर्ने बेलामा गरेको भविष्यवाणी येशूको जन्ममा पुरा भयो  

. उहाँ दाऊदको घरानामा जन्मनुहुनेथियो  
दाऊद पुरानो करारका एक महत्त्वपूर्ण पात्रसाथै संयुक्त इस्राएल राज्यका द्वितीय राजा थिए जसले इस्राएलमाथि ४० वर्ष राज्य गरे मसीहको जन्म तिनकै घरानामा हुनेथियो भनी भविष्यवाणी गरियो ( शमूएल :१२१६) येशू दाऊदकै सन्तान भएर जन्मनुभयो नयाँ करारमा उहाँलाई बारम्बारदाऊदका पुत्र” (मत्ती :; २१:; २२:४२४५)   भनिएको    

. उहाँ बेथलेहेममा जन्मनुहुनेथियो
येशूको जन्मभन्दा झण्डै ७०० वर्ष अगाडि मीका नाम गरेको अगमवक्ताले मसीहको जन्म स्थलको ठोकुवा गरे, “तर बेथलेहेम एप्राता, तँ यहूदाका कुलहरूमध्ये सानो भए तापनि तँबाट मेरो निम्ति एक जना निस्कनुहुनेछ, जो इस्राएलका शासक हुनुहुनेछ, जसको सुरु पुरानो समयदेखि, अर्थात् प्राचीनकालदेखि नै ” (:) येशूको जन्म वरिपरिका परिवेशहरूलाई नियाल्दा यहूदाको बेथलेहेममा नै येशूको जन्म भएको यथार्थता (मत्ती :) ले एउटा सन्देहवादीलाई छक्क पार्नुपर्छ    

. उहाँको लागि अग्रदूतले बाटो तयार पार्नेथियो
येशूले मानवीय चोला धारण गर्नुभन्दा ७०० वर्षअगि मसीहको लागि कसैले बाटो तयार पार्नेथियो भनी यशैया अगमवक्ताले भविष्यवाणी गरे  (४०:) नयाँ करारका पाठकहरूलाई राम्ररी थाहा कि बप्तिस्मादिने यूहन्ना येशूको अग्रदूतको रूपमा देखा परे (मत्ती :१२)     

. उहाँले आश्चर्यकर्महरू गर्नुहुनेथियो
मसीहका आश्चर्यकर्महरूको विषयमा यशैयाले भविष्यवाणी गरे, “तब अन्धाहरूका आँखा खोलिनेछन्, बहिराहरूका कान उघारिनेछन् तब लङ्गडाहरू मृगझैँ उफ्रनेछन्, गूँगाहरूको जिब्रोले स्तुति गर्नेछ” (३५:) सुसमाचारिय विवरणअनुसार येशूले अनगिन्ती आश्चर्यकर्महरू गर्नुभयो (मत्ती :३५; यूहन्ना २०:३०३१) यसरी वर्षौंअगिको भविष्यवाणीलाई पुरा गर्नुभयो येशूले    

. उहाँ डाँकुहरूसँगै क्रूसमा टाँगिनुहुनेथियो   
सुसमाचारिय लेखक मर्कूसले अभिलिखित गरेका छन्, “तिनीहरूले उहाँ [येशू] सँग दुई जना डाँकूहरू क्रूसमा टाँगेएउटालाई उहाँको दाहिनेपट्टि, अर्कालाई उहाँको देब्रेपट्टि धर्मशास्त्रको वचन यसरी पूरा भयो, ‘उहाँ अपराधीहरूसँग गनिनुभयो” (१५:२७२८) उहाँ अपराधीहरूसँगै गनिनुहुनेथियो भन्ने यशैयाको भविष्यवाणी (५३:१२) दुई जना डाँकुको बिचमा येशूलाई क्रूसमा टाँग्दा अक्षरश: पुरा भयो

. उहाँको कुनै हड्डी भाँचिदैनथ्यो
“‘उहाँको कुनै पनि हड्डी भाँचिनेछैनभन्ने धर्मशास्त्रको वचन पूरा होस् भनेर यी कुरा हुन आए” (यूहन्ना १९:३६) येशू क्रूसमा टाँगिनुहुँदा सिपाहीहरूले दायाँ बायाँका दुई जना डाँकुका खुट्टा भाँचे तापनि तिनीहरूले उहाँका खुट्टा भने भाँचेनन् किन ? किनकि ,००० वर्षअगि दाऊदले उहाँको कुनै हड्डी भाँचिदैनथ्यो भनी भविष्यवाणी गरेका थिए (भजनसंग्रह ३४:२०)  

. उहाँ मृतकहरूबाट बौरी उठ्नुहुनेथियो
येशूको पुनरुत्थानको ,००० वर्षअगि दाऊदले मसहीको बारेमा असाधारण भविष्यवाणी गरेका थिए, “किनभने तपाईंले मेरो प्राणलाई चिहानमा छोड्नुहुनेछैन, तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ” (भजनसंग्रह १६:१०) येशू तेस्रो दिनमा बौरी उठ्नुभई उहाँले यस भविष्यवाणीलाई पुरा गर्नुभयो भनी पत्रुसले प्रस्ट पारे (प्रेरित :३१)   

१०. उहाँ स्वर्ग जानुहुनेथियो
भजनसंग्रह ६८:१८ ले मसीहको स्वर्गारोहणको बारेमा भविष्यवाणी गर्दछ येशू जैतून पर्वतबाट स्वर्ग जानुहुँदा (प्रेरित :११) वर्षौंअगिको यो भविष्यवाणी पुरा भयो

येशूको जीवनमा पुरा भएका यी केही भविष्यवाणीहरू मात्र हुन् वास्तवमा सयौँ वर्षअगि मसीहको बारेमा गरिएका सयौँ भविष्यवाणीहरू येशूको जीवनमा पुरा भएका छन् यसले के पुष्टि गर्छ ? येशू स्वर्गबाट ओर्ली आउनुभएका परमेश्वरका पुत्र हुनुहुन्छ जो अन्य सबै धार्मिक, सामाजिकसाथै दार्शनिक अगुवाहरूभन्दा फरक मात्रै होइन तर महान् पनि हुनुहुन्छ येशूको जीवनमा पुरा भएका यी भविष्यवाणीहरूले दुई हजार वर्षअगि सन्देहवादी थोमाले येशूको बारेमा गरेको स्वीकारलाई आज पनि अपरिवर्तनशील बनाउँछन्मेरा प्रभु, मेरा परमेश्वर !”  

  

Leave Your Comments Here.