नास्तिक: परमेश्वर हुनुहुन्छ भन्नाका
लागि तपाईंसँग कुनै
साक्षी छ ?
ख्रीष्टियान: के यो
विश्वको अस्तित्वले नै परमेश्वर
हुनुहुन्छ भनेर देखाउँदैन
र ?
नास्तिक: कसरी ?
ख्रीष्टियान: विश्व अस्तित्वमा छ
भन्ने तथ्यमा के
हामी सहमत हुन
सक्छौँ ?
नास्तिक: यसमा कुनै
शङ्का छैन ।
ख्रीष्टियान: यो विश्व
कसरी यहाँ आएको
होला ? दार्शनिकसाथै चिन्तकहरूले यसको लागि
तिन ओटा विकल्प
अगि सारेका छन्:
क. यो
सधैँ यहीँ नै
छ । यसको
सुरु पनि छैन
र अन्त्य पनि
छैन । (यो
साँचो हो भने
यसको लागि कुनै
सृष्टिकर्ताको खाँचो पर्दैन) ।
ख.
आफै यसको उत्पत्ति
भयो । (यो
साँचो हो भने
पनि यसको लागि
कुनै रचनाकारको खाँचो
पर्दैन) ।
ग. यसलाई
सृष्टि गरियो ।
विश्व
अनन्त छ भन्ने
पहिलो विकल्पलाई वैज्ञानिक
समुदायले पूर्णत: इन्कार गरिसकेको
छ । किन
थाहा छ ? आइन्स्टाइनको
सामान्य सापेक्षतावाद, विश्वको फैलावट, थर्मोडाइनामिक्सको
दोस्रो नियमसाथै महाविस्फोटको विकिरणजस्ता
वैज्ञानिक साक्षीहरूले तिनीहरूलाई यस्तो
निष्कर्षमा पुर्याएका छन् कि
एउटा निश्चित बिन्दुमा
यो सारा विश्वको
आरम्भ भएको थियो
। विश्व आफै
उत्पत्ति भयो भन्ने
दोस्रो विकल्प दार्शनिक दृष्टिकोणबाट
असम्भव छ ।
शून्यताबाट कुनै पनि
कुरो कहिल्यै आफै
उत्पन्न हुन सक्दैन
। शून्यताले देख्न,
सुँघ्न, सोच्न र कुनै
कुरोलाई अस्तित्वमा ल्याउन सक्दैन
। तसर्थ, वैज्ञानिक
साक्षी र दार्शनिक
दृष्टिकोणबाट पहिलो र दोस्रो
विकल्पलाई मिल्काइनुपर्छ । यो
विश्व कुनै बुद्धिमानी
सृष्टिकर्ताद्वारा रचना गरियो
भन्ने तेस्रो विकल्प
तर्क र साक्षी
दुवैको आधारमा जायज देखिन्छ
।
नास्तिक: तपाईंले भन्नुभएको कुरो
मैले बुझ्दै छु
। तर मैले
देख्न नसक्ने परमेश्वरमाथि
विश्वास गर्न भने
मलाई सजिलो छैन
।
ख्रीष्टियान: तपाईंको सङ्घर्षलाई म
बुझ्दछु । म
विश्वासी हुनुभन्दा अगाडि मैले
पनि उही कठिनाइ
झेलेको थिएँ ।
म तपाईंलाई बुझाउने
कोसिस गर्छु है
त ।
नास्तिक: अगाडि बढ्नुस् ।
ख्रीष्टियान: कल्पना गर्नुस् कि
तपाईंको हातमा एउटा राम्रो
चित्र छ । त्यो चित्रलाई
हेरिसकेपछि चित्रकार हुनुहुन्छ भनेर
पुष्टि गर्नको लागि तपाईंलाई
अर्को कुन साक्षीको
दरकार पर्छ र
? के त्यो चित्र
आफै नै प्रमाण
होइन र ? तपाईंले
जीवनभरि नै चित्रकारलाई
नदेखे तापनि चित्रको
वास्तविकताले नै चित्रकार
छ भनेर पुष्टि
गर्दैन र ? चित्रकार
नहुँदो हो त
तपाईंले चित्रलाई देख्न सक्नुहुन्थेन
। तसर्थ, विश्वको
अस्तित्व नै सृष्टिकर्ताको
लागि मन छुने
साक्षी हो ।
नास्तिक: तर विश्वको
अस्तित्वको लागि सृष्टिकर्ताको
आवश्यक पर्छ भने
परमेश्वरको अस्तित्वको लागि सृष्टिकर्ताको
आवश्यकता किन पर्दैन
? अर्को भाषामा भन्नुपर्दा, परमेश्वरलाई
चाहिँ कसले बनायो
नि ?
ख्रीष्टियान: उहाँलाई कसैले पनि
बनाएन । छक्क
नपर्नुस् । यो
सीमित विश्व हो
जसको लागि सृष्टिकर्ताको
दरकार पर्छ ।
तर परमेश्वरको लागि
कुनै रचनाकारको खाँचो
पर्दैन ।
नास्तिक: किन र
?
ख्रीष्टियान: किनकि उहाँ अनन्त
हुनुहुन्छ । कोही
सधैँ अस्तित्वमा छ
भने उसको अस्तित्वको
लागि सृष्टिकर्ता चाहिँदैन
।
नास्तिक: तपाईं भन्दै हुनुहुन्छ
कि परमेश्वर सधैँ
अस्तित्वमा रहिरहनुभएको छ ।
ख्रीष्टियान: हो, मेरो
भनाइको अर्थ यही
हो ।
नास्तिक: असम्भव !
ख्रीष्टियान: परमेश्वर अनन्त हुनुहुन्छ
भन्ने विचारलाई खिल्ली
उडाउनुअगि यो कुरोलाई
मनमा राख्नुस्: केही
न केही कुरो
त सधैँ अस्तित्वमा
रहेकै हुनुपर्छ ।
होइन र ?
नास्तिक: कसरी ?
ख्रीष्टियान: यदि शून्यताबाट
कुनै कुरो अस्तित्वमा
आउन सक्दैन र
अहिले विश्व अस्तित्वमा
छ भने केही
न केही कुरो
त अनन्त हुनैपर्छ
। कि कसो
?
नास्तिक: त्यसो भए कसले
बनायो परमेश्वरलाई ?
ख्रीष्टियान: कसैले पनि होइन
। उहाँ अनन्त
हुनुभएकोले उहाँलाई कसैले बनाउनु
पर्दैन । विश्व
अनन्त छैन त्यसैले
यसलाई कसैले बनाएकै
हुनुपर्छ ।