हाम्रा
परमेश्वर येशू ... पवित्र आत्माद्वारा
... मरियमको कोखमा गर्भधारण हुनुभयो
।
इग्नेसियस, एन्टिओखियाका
बिशप
उहाँ
आफै सर्वोच्च परमेश्वरका
पुत्र हुनुहुन्छ जो
पवित्र आत्माद्वारा देखिनुभयो; स्वर्गबाट
ओर्लनुभयो अनि हिब्रू
कन्याबाट जन्मेर देह धारण
गर्नुभयो ।
अरिस्तिदेस
पिता
परमेश्वरको एकलौटे पुत्र हाम्रा
शिक्षक येशू ख्रीष्ट
सम्भोगको परिणामस्वरूप जन्मनुभएन । ... परमेश्वरको
शक्ति कन्यामाथि ओर्ली
उनीमाथि छाया पारियो
अनि उनी कन्या
छँदै गर्भवती भइन्
। ... किनभने परमेश्वरको
शक्तिद्वारा कन्या भए तापनि
उनी गर्भवती भइन्
। ... परमेश्वरको इच्छाअनुसार
उहाँका पुत्र येशू ख्रीष्ट
कन्या मरियमबाट जन्मनुभएको
छ ।
जस्टिन मार्टर,
रक्षाशास्त्री
बाइबलको
पुष्टिको बाबजुत पनि यदि
हामी कन्याबाटको जन्मलाई
स्वीकार गर्दैनौँ भने बाइबलको
अधिकारलाई हामीले आँच आउन
दिएका हुन्छौँ ।
र, यसका अन्य
शिक्षाहरूलाई हामीले किन स्वीकार
गर्नुपर्छ भन्नाका लागि सैद्धान्तिक
रूपमा कुनै कारण
हुँदैन । यसरी
कन्याबाटको जन्मको इन्कारका आशयहरू
यस शिक्षाभन्दा निकै
परसम्म फैलन्छन् ।
मिलार्ड जे.
एरिक्सन,
लेखकसाथै
ईश्वरशास्त्री
यसरी,
किन ख्रीष्टियान मण्डलीले
मानवीय पिताविना नै येशूको
जन्मलाई विश्वास गर्यो भन्नुको
कारण वास्तवमा उहाँ
त्यसरी नै जन्मनुभएको
थियो भन्ने स्वीकारको
लागि राम्रो आधार
छ ।
जे. ग्रेसाम
माचेन,
ईश्वरशास्त्री
सारा
साक्षीले ख्रीष्टको आश्चर्यमय जन्मलाई
प्रमाणित गर्छ ।
क्लेमेन्ट रोजर्स
कन्याबाटको
जन्मलाई बाइबलमा स्पष्टत: सिकाइएको
कारणले गर्दा मात्रै यो
साँचो भएको होइन
तर येशू ख्रीष्टको
चरित्रसाथै मिसन अनि
पतित संसारको निम्ति
उद्धारबारे भएको परमेश्वरको
महान् योजनासित यो
तादात्म्य भएकोले यो साँचो
भएको हो ।
... यस्तो आश्चर्यकर्म असम्भव छ
भनी बताउनु परमेश्वरको
अस्तित्वलाई इन्कार गर्नु हो
वा उहाँले आफ्नो
सृष्टिमाथि नियन्त्रण गर्न सक्नुहुन्छ
भन्ने कुरोलाई इन्कार
गर्नु हो ।
हेन्री मोरिस,
सृष्टिवादी
वैज्ञानिक