जोहानन
केप्लर (ख्रीष्टाब्द १५७१–१६३०) जर्मनीका
एक प्रतिभावान् गणितज्ञसाथै
खगोलविद् थिए ।
विश्वचर्चित वैज्ञानिक सर आइज्याक
न्युटनको जन्मअगि नै तिनीद्वारा
प्रतिपादित विश्वव्यापी गुरुत्वाकर्षणको अवधारणाको
समीप पुगेका थिए
केप्लर ।
केप्लरका
एक जना मित्र
थिए जसले परमेश्वरको
अस्तित्वलाई इन्कार गथ्र्यो ।
उसको बुझाइमा यो
सारा विश्व आफै
नै उत्पन्न भएको
थियो । उसको
दृष्टिकोण मुनासिब छैन भनेर
उसलाई कसरी बुझाउने
होला भनेर केप्लर
चिन्तित थिए ।
यो सारा विश्वको
पछाडि एक जना
महान् रचनाकारको हात
छ भनेर उसलाई
विश्वस्त पार्नका लागि केप्लरले
एउटा संरचनाको निर्माण
गरे जसमा सौर्य
मण्डलको अवधारणालाई देखाइएको थियो
। ग्रहहरूले सूर्यको
वरिपरि परिक्रमा गर्दै थिए
।
जब
तिनको मित्र बेधशालामा
आएर उक्त सुन्दर
दृश्यलाई देख्यो तब खुसी
हुँदै ऊ चिच्च्यायो
“कति सुन्दर ! कसले
बनायो यसलाई ?” केप्लरले
ठट्टा गर्दै जवाफ
दिए, “कसैले पनि
बनाएको होइन ।
यो आफै नै
यसरी बनेको हो
।” उसको साथीले
केप्लरलाई हेर्दै भन्यो, “वाहियात
कुरो ! भन्नुस् न कसले
बनाएको ?” त्यसपछि केप्लरले तर्कसङ्गत
जवाफ दिए, “मित्र,
तपाईं भन्दै हुनुहुन्छ
कि यो सामान्य
खेलौना आफै बन्दैन
। विशाल विश्वको
यो त केवल
सानो नमुना मात्र
हो । यो
सानो खेलौना त
आफै बन्दैन भने
यो विशाल विश्व
कसरी आफै बन्यो
होला ?”