अमेरिकाको
सिकागो सहरमा । कुनै
एउटा आइतबार ।
मध्यान्हको समय ।
कुरो ख्रीष्टाब्द १८८६
वा ८७ को
हो । बेसबलको
मौसम थियो ।
बेसबलमा कहलिएका खेलाडी बिल्ली
सन्डे र तिनका
केही साथीहरू छुट्टीमा
थिए । तिनीहरू
सहरको सडकमा जाँदै
गर्दा सडकको एउटा
कुनामा सुसमाचारिय टोलीले गित
गाइरहेको सुनेर बिल्ली र
तिनका मित्रहरू रोकिए
। उक्त झुन्डले
वाद्यवादन बजाउँदै, सुसमाचारिय भजनहरू
गाउँदै ख्रीष्टले पापबाट बचाउन
सक्नुहुन्छ भन्ने गवाही दिँदै
थियो । ती
भजनहरूले बिल्लीलाई तुरुन्तै आकर्षित
गरिहाले । आँखाबाट
आँसु बर्सन थाले
। तिनले तुरुन्तै
निर्णय लिए, “मित्र हो,
म येशू ख्रीष्टमाथि
भरोसा गर्नेछु ।
अब हाम्रो छुट्टिने
बेला आएको छ
।” तिनका केही
दौँतरीहरूले तिनको गिल्ला गरे
भने अरू मौन
रहे । केवल
एक जनाले तिनलाई
हौसला दियो ।
आफ्नो खेलीडीको टिमलाई
छाडी तिनी मिसनमा
सामेल भए ।
आफ्नो
अनुभवलाई पछि तिनले
यसरी व्यक्त गरे,
“मैले परमेश्वरको कृपालाई
पुकारेँ । मेरा
पापहरूबाट ढुन्मुनिदैँ म मेरा
मुक्तिादाताका फैलाइएका पाखुराहरूमा पुगेँ
। म तुरुन्तै
उहाँमा नयाँ सृष्टि
बनेँ । भोलि
बिहानको अभ्यासमा मेरा म्यानेजर
माइक केल्लीले अभिवादन
गर्दै मलाई भने,
‘बिल्ली, हिजो भएको
घटना मैले अखबारमा
पढेँ । धर्म
मेरो लागि सुहाउने
कुरो होइन ।
तर म तिमीलाई
जबरजस्ती गर्दिनँ ’ ।”
यसरी
प्रसिद्ध खेलाडीबाट ख्रीष्टको राजदूत
बनेका बिल्ली सन्डे
बिसौँ शताब्दीको अगिल्ला
दुई दसक अमेरिकाको
सबैभन्दा प्रसिद्ध र प्रभावशाली
प्रचारक बनेका थिए ।
तिनले लाखौँ मानिसहरूलाई
सुसमाचार सुनाए र तिनको
सन्देशद्वारा अनुमानित ३,००,००० मानिसहरूले
आफ्नो जीवन प्रभु
येशूमा सुम्पे ।