रोबर्ट
मोफाट उन्नाइसौँ शताब्दीमा
अफ्रिकामा मिसनरी भएर जाने
प्रभुका साहसिला सेवक हुन्
। तिनी विश्वविख्यात
मिसनरी डेभिड लिभिङ्स्टोनका ससुरा
थिए । दक्षिण
अफ्रिकामा ५० वर्षभन्दा
बेसी समय बिताएका
मोफाटले उक्त देशको
बेखुनास नामक आदिवासीको
भाषामा बाइबललाई अनुवाद गरेका
थिए ।
तिनले
जुन ठाउँमा सुसमाचार
लिएर गएका थिए
त्यहाँ अफ्रिकानर नाउँ गरेको
एक डरलाग्दो हत्यारा
थियो । ऊ यति हिंसक
थियो कि दक्षिण
अफ्रिकी सहर केप
टाउनका गभर्नरले उसलाई जीवित
या मृतक फेला
पारेको खण्डमा झन्डै पचार
हजार रुपियाँ उपहार
दिने घोषणा गरेका
थिए । अफ्रिकानर
र त्यसका मानिसहरू
दक्षिण अफ्रिकाको त्रास बनेका
थिए । जब
रोबर्ट मोफाट अफ्रिकानरको जातिको
लागि मिसनरी भई
गए केप टाउनका
मानिसहरूले तिनी जिउँदै
फर्केर आउँछन् भनी कहिल्यै
अपेक्षा गरेनन् । त्यसले
मोफाटको खप्परलाई चिया पिउने
भाँडो बनाउनेछ भनी
सहरका मानिसहरूले बताए
।
तर
मोफाटले परमेश्वरमाथि दृढ भरोसा
राखे । उक्त
जङ्गली जातिको बिचमा तिनले
साहसपूर्वक सुसमाचारको सन्देशलाई बाँडे
। उदेकको कुरो
के भयो भने
त्यही हत्यारा नै
पहिलो विश्वासी बन्यो
। पछि मोफाटले
उसलाई आफूसितै केप
टाउनमा लगे ।
त्यो हिंसक जङ्गली
हत्यारालाई नम्र ख्रीष्टियान
व्यक्तिमा परिवर्तन भएको देखेर
उपनिवेशी शासकले आश्चर्य मान्दै
भने, “कस्तो आश्चर्यकर्म
! यो त संसारको
आठौँ आश्चर्य हो
।”