यदि
नासरतका येशूले अलौकिक कार्यहरू
गर्नुभएको होइन भने
उहाँले धेरै पटक
झुटो बोल्नुभयो ।
... कि उहाँले अलौकिक कार्यहरू
गर्नुभयो कि उहाँले
झुटो बोल्नुभयो ।
जोन ए.
ब्रोदुस
सञ्चित
मुद्दाले देखाउँछ कि येशूले
आश्चर्यकर्महरू गर्नुभयो भनी प्रतिवेदन
दिँदा सुसमाचारहरू सही
छन् ।
गेरी हेबरमेस,
नयाँ
करारका
विश्वविख्यात
विद्वान्
कुनै
पनि ख्रीष्टियानले उसको
बौद्धिक इमान्दारीलाई आदर गरी
येशूले दृष्टिविहीनहरूलाई दृष्टि दिनुभयो, बैराहरूलाई
पुन: सुन्ने बनाउन
मद्दत गर्नुभयो, लङ्गडाहरूलाई
हिँड्न सक्षम तुल्याउनुभयो, कुष्टरोगीहरूलाई
शुद्ध पार्नुभयो, भूतात्मा
लागेकाहरूलाई निको पार्नुभयो,
र ती स्पष्टत:
मृतकहरूलाई पुर्नजीवन दिनुभयो भन्ने
सम्बन्धमा आशङ्का गर्नु आवश्यक
छैन ।
ए. एस.
हन्टर
ख्रीष्टले
प्राकृतिक शक्तिहरूमाथि [आफ्नो]
सामथ्र्य देखाउनुभयो जुन यी
शक्तिहरूका कर्ता परमेश्वरले मात्र
गर्न सक्नुहुन्छ ।
पावल ई.
लिट्टिल,
प्राध्यापकसाथै
लेखक
आज
हाम्रो लागि ख्रीष्टको
व्यक्तित्व नै महान्
आश्चर्यकर्म हो ।
विचार गरिनुपर्ने साँचो
कुरो आश्चर्यकर्महरूबाट ख्रीष्टको
तर्क गर्नुभन्दा बरु
ख्रीष्टबाट आश्चर्यकर्महरूको तर्क गर्नु
हो ।
ग्रिफिथ थोमस,
ब्रिटिस
विद्वान्
उहाँ
[येशू]
का सबै आश्चर्यकर्महरू
उहाँको व्यक्तित्वका स्वाभाविक प्रदर्शनीहरू हुन्
। तसर्थ, ती
उही निश्चयतासाथ गरिए
जुन निश्चयताद्वारा हामी
हाम्रा सामान्य दैनिक कामहरू
गर्छौं ।
फिलिप स्काफ,
इतिहासकारसाथै
ईश्वरशास्त्री
विनाअपवाद
उहाँ [येशू] का आश्चर्यकर्महरू
सर्वाधिक शुद्ध मनसायबाट गरिएका
थिए र ती
परमेश्वरको महिमा र मानिसहरूको
हितका लागि थिए
। ती प्रेम
र कृपाका आश्चर्यकर्महरू
हुन् जुन निर्देशन
र महत्त्वले भरिएका
छन् अनि उहाँको
चरित्र र मिसनसित
मेल खान्छन् ।
फिलिप स्काफ,
इतिहासकारसाथै
ईश्वरशास्त्री