menu bar

Thursday, November 27, 2014

ख्रीष्टियान विश्वासलाई अङ्गाल्नुपर्ने १० ओटा कारणहरू



नासरतका येशूद्वारा स्थापित मार्गलाई ख्रीष्टियमत भनेर चिनिन्छ पहिलो शताब्दीमा एसियामा जन्मनुभएका येशू कुनै राजनीतिक अगुवा वा विशिष्ट व्यक्तित्व हुनुहुन्थेन मानव चोलामा उहाँले सामान्य जीवन जिउनुभयो तरै पनि उहाँद्वारा स्थापित अभियानले केही शताब्दीभित्र पुरै रोमलाई ढाकिदियो यो  आज हाम्रो भूमिसम्म फैलिएको किन मानिसहरू यस विश्वासतर्फ आकर्षित भएका होलान् ? यहाँ दस ओटा कारणहरू पेस गरिएका छन्   

. यसको संस्थापक येशू विश्वसनीय हुनुहुन्छ
येशूले मानव चोला धारण गर्नुका थुप्रै कारणहरू थिएभविष्यवाणीहरू पुरा गर्न, हाम्रा पापको निम्ति मर्न उहाँलाई पछ्याउनेहरूलाई पिताकहाँ लैजान उहाँ पानीमाथि हिँड्नुभएको, उहाँले आँधीलाई शान्त पार्नुभएको, लङ्गडोलाई हिँड्न सक्षम तुल्याउनुभएको, थोरै खानाले पाँच हजारलाई खुवाउनुभएको, पापरहित जीवन जिउनुभएको, दर्दनाक मृत्यु वरण गर्नुभएको मृत्युमाथि विजय हासिल गर्नुभएको थियो भनी पहिलो शताब्दीमा उहाँलाई पछ्याउनेहरूले हामीलाई बताएका छन् उहाँले आफ्ना घनिष्ठ मित्रहरूलाई कतै तिनीहरूले पनि येशूलाई छाडेर जान्थे कि भनेर सोध्नुहुँदा पत्रुस नामक चेलाले जवाफ दिए, “हे प्रभु, हामी कसकहाँ जाऔं ? तपाईंसित अनन्त जीवनका वचन छन् हामीले विश्वास गरेका छौं जानेका छौं, तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ” (यूहन्ना :६८६९)  

. यसको धर्मशास्त्र बाइबल भरोसायोग्य
ख्रीष्टियमतको धर्मशास्त्रको नाउँ हो, बाइबल चालिसभन्दा बेसी मानवीय लेखकहरूले ,६०० वर्ष लगाएर लेखिएको यस पुस्तकमा नै ख्रीष्टियान विश्वास निर्भर यसले एउटै कथावस्तु (मानवजातिको लागि परमेश्वरको छुटकाराको योजना) लाई व्यक्त गर्दछ जुन सृष्टिबाट आरम्भ भएर अनन्तताको प्रवेशद्वारमा गएर टुङ्गिन्छ यसले वर्णन गरेका इतिहास, भूगोल संस्कृतिलाई पुरातत्त्वविद्याका आधुनिक खोजहरूले पटकपटक पुष्टि गरेका छन् इतिहासभरि नै यसको पाण्डुलिपिलाई कैयौँ पटक प्रतिलिति गरिएको भए तापनि यसको सच्चाइ गुमेको रहेनछ भनी बिसौँ शताब्दीमा पत्ता लगाइएका मृत सागरका मुट्ठाहरूले प्रमाणित गरेका छन्

. यसले जीवनलाई उचित तवरले व्याख्या गर्छ
सबै धर्महरूले हाम्रो अस्तित्वको अर्थ दिने कोसिस गर्दछन् हामी कहाँबाट आयौँ, किन यहाँ छौँ कतातिर जाँदै छौँ भन्नेजस्ता जीवनका गहनतम प्रश्नहरूको सम्बोधन गर्ने प्रयत्न गर्छन् सबै धार्मिक प्रणालीहरूले तर यो विश्वलाई जसले सृष्टि गर्नुभयो उहाँले नै यसको वास्ता हेरचाह गर्नुहुन्छ भनी येशूले प्रकट गर्नुभयो हामीले जे अनुभूति गर्छौं, जुन दु: भोग्छौँ त्यही अनुभव गरी हाम्रो निम्ति मर्नुहुने आखिरमा येशू नै हुनुहुन्छ  
 
. यो इतिहासको निरन्तरता हो
ख्रीष्टियमतको जरा प्राचीन संसारमा गडेको जसले ख्रीष्टलाई अङ्गाल्छन् तिनीहरूले उही परमेश्वरलाई पुज्छन् जसलाई आदम, अब्राहाम, सारा, सोलोमन दानिएलले पुजेका थिए येशूले इतिहासलाई इन्कार गर्नुभएन उहाँ इतिहासको परमेश्वर हुनुहुन्थ्यो (यूहन्ना :१४) उहाँ पृथ्वीमा हुनुहुँदा त्यही मूल योजनामुताबिक कसरी जिउने भनी उहाँले हामीलाई देखाउनुभयो उहाँ मर्नुहुँदा पुरानो करारको बलिदानसम्बन्धी प्रणालीलाई पुरा गर्नुभयो उहाँले ख्रीष्टियान विश्वास नयाँ विश्वास होइन यो उत्पत्तिदेखि प्रकाशसम्मको कथा हो यो उहाँको कथा हो हामीहरूको पनि (प्रेरित :२२३९; कोरिन्थी १५:)  

. यसको आधारभूत दाबी ऐतिहासिक रूपमा साँचो
सुरुका ख्रीष्टियानहरू कुनै राजनीतिक वा धार्मिक मतभेदबाट अभिप्रेरित थिएनन् तिनीहरूका प्राथमिक विषयहरू नैतिक वा सामाजिक पनि थिएनन् तिनीहरू चिरपरिचित ईश्वरशास्त्री वा सामाजिक दार्शनिकहरू पनि थिएनन् तिनीहरू प्रत्यक्षदर्शीहरू थिए एउटा निर्दोष मान्छे मर्नुभएको तिन दिनपश्चात् फेरि जीवित भई मानिसहरूका बिचमा हिँड्नुभएको ती अगिल्ला ख्रीष्टियानहरूले आफ्नै आँखाले देखेका थिए त्यही अद्भूत खबर संसारलाई बताउन तिनीहरूले आफ्ना जीवन नै खतरामा हाले तिनीहरूको तर्क मूर्त थियो येशू रोमी बडाहाकिम पन्तियस पिलातसको समयमा मारिनुभयो उहाँको मृत शरीरलाई अरू कसैको चिहानमा राखी त्यस चिहानलाई छाप लगाइयो चिहानको सुरक्षाको निम्ति पहरेदारहरू खटाइएका थिए तरै पनि तिन दिनपश्चात् चिहान रित्तो देखियो उहाँलाई जीवित देख्नेहरूले आफ्नो जीवनै जोखिममा हालेर उक्त सन्देशको घोषणा गरे

. यसमा जीवनलाई रूपान्तरण गर्ने शक्ति
येशूलाई गिरफ्तार गरिँदा उहाँलाई छाडेर जाने उहाँका चेलाहरू मात्र केही हप्तापश्चात् नाटकीय रूपमा परिवर्तन भएनन् तर उहाँका शत्रुहरू पनि बद्लिए ख्रीष्टियानहरूमाथि उग्र सतावट गर्ने एक जना पावल नाउँका मानिस थिए जो पुनरुत्थान हुनुभएका येशूसँग जम्काभेट गरेपछि उहाँकै बारेमा बताउने एक प्रमुख चेला बने (गलाती :११२४) येशूद्वारा ऐतिहासिक अनपढहरू मात्र रूपान्तरित भएका छैनन् तर आधुनिक विद्वान्हरू पनि
   
. यसले मानवीय स्वभावलाई सही तवरले विश्लेषण गर्दछ
समाजको वास्तविक समस्या भनेको ह्दयको समस्या हो भनी बाइबलले बताउँछ जानकारी प्रविधिको यस युगमा चारित्रिक असफलताको कारणले परिवार, सरकार, सङ्घसंस्था, धर्म, शिक्षासाथै कलाहरूमा कलङ्क लागेको जातिय पूर्वाग्रह, दुव्र्यसन, दुव्र्यवहार, सम्बन्धविच्छेदजस्ता समस्याहरू प्राय: सुनिन्छन् हाम्रा समस्याहरू अज्ञानता, उचित भोजन सरकारमा छन् भनी प्राय: मानिसहरू विश्वास गर्न चाहन्छन् तर येशूले पहिलो शताब्दीका स्रोताहरूलाई भन्नुभएको वचन आज पनि उत्तिकै सान्दर्भिक , “किनकि ह्दयबाट नै खराब विचार, हत्या, परस्त्रीगमन, व्यभिचार, चोरी, झूटो गवाही निन्दा बाहिर निस्कन्छन् यी कुराहरूले चाहिँ मान्छेलाई अशुद्ध पार्छन्” (मत्ती १५:१९२०)

. मानवीय प्राप्तिबारे यसको दृष्टिकोण सही
हामी यो संसारलाई उत्तम बनाउन लागिपरेका छौँ युद्धको अन्त्यको लागि हामी युद्धमा होमियौँ ज्ञान हिंसामुक्त समाजको लागि हामीले विभिन्न शिक्षाहरूको उदय गरायौँ दासत्वबाट मुक्त हुनका लागि हामीले विभिन्न प्रविधिहरूको विकास गर्यौँ तरै पनि आखिरी अवस्थाको बारेमा नयाँ करारले चित्रण गरेको दृश्यको वरिपरि नै छौँ हामीयुद्ध, भूकम्प, रोग, स्नेहको कमी, आत्मिक पथभ्रष्टता (मत्ती २४:३१)

. यसले समाजमा असाधारण प्रभाव पारेको
एक जना नासरतको सिकर्मीले संसारलाई परिवर्तन गरिदिनुभयो पात्रो मितिहरू उहाँको जन्मका मौन गवाहहरू हुन् घरको छत, हार, कुण्डल, क्रूसको चिन्ह आदिजस्ता मानव निर्मित वस्तुहरू उहाँको मृत्युका दृश्यवान् साक्षीहरू हुन् सामाजिक नीतिशास्त्र, वैज्ञानिक विधिसाथै कल कारखानासम्बन्धी नीति नियमको लागि पाश्चत्य दृष्टिकोणले जुन आधार तय गर्यो त्यसको जग आधारभूत ख्रीष्टियान मूल्य मान्यतामा गडेको थियो पूर्वसाथै पश्चिममा भएका सामाजिक राहतका सङ्घसंस्थाहरू हिन्दु धर्म, बुद्ध धर्म, नास्तिकवादसाथै सेकुलर अज्ञेयतावादमा मौलाएका होइनन् तर प्रत्यक्ष वा परोक्ष रूपमा बाइबलका मूल्य मान्यताहरूमा समाज सुधारको निम्ति ख्रीष्टियान शिक्षाले जुन भूमिका खेलेको त्यो अतुलनीय
   
१०. यसमा उद्धार पाइन्छ   
वैकल्पिक धार्मिक दृष्टिकोणका पनि आफ्नै मुक्तिदाताहरू छन् जो चिहानमा नै सीमित रहे मृत्युमाथि विजय हासिल गर्नुहुनेमाथि भरोसा गर्नेहरूलाई अनन्त जीवन दिने प्रतिज्ञा अन्य कुनै धार्मिक प्रणालीले गर्दैन ख्रीष्टले प्रस्ताव गर्नुभएको उद्धार हाम्रो काममा आश्रित छैन तर उहाँले हाम्रो निम्ति जे गर्नुभयो त्यसको स्वीकारमा नैतिक वा धार्मिक प्रयासको साटो यस उद्धारको निम्ति केवल हामी पापी छौँ भन्ने स्वीकारको खाँचो (एफिसी :१०)   


(नोट: http://discoveryseries.org/ten-reasons/in-the-christian-faith/ बाट अनूदितसाथै सम्पादित)

Leave Your Comments Here.