ख्रीष्टाब्द
१८७३ मा पश्चिम
अफ्रिकाको लाइबेरिया भन्ने देशमा
राजकुमार काबुको जन्म भएको
थियो । उसको
पिता क्रु जातिको
राजा थियो ।
ग्रेबोस भनिने छिमेकी जातिसँग
क्रु जातिको युद्ध
भयो र युद्ध
ग्रेबोसले जित्यो ।
राजाले
युद्धका करहरू तिर्न सकेन
। ती नतिरेसम्म
राजाले आफ्नो छोरो काबुलाई
बन्धकीको रूपमा राख्नुपर्यो ।
त्यसबेला काबु एउटा
सानो ठिटो थियो
। उसको पिताले
उसलाई छिट्टै नै
मुक्त गर्न सक्थे
। तर जब
काबु बढ्दै गयो
र ऊ किशोर
अवस्थामा पुग्यो ती दुई
जातिको बिचमा फेरि युद्ध
भयो । यस
पटक पनि उसका
मानिसहरूले पराजय भोगे र
उसलाई पुन:
बन्धकीको रूपमा राखियो ।
जब
काबुको पिता भुक्तानी
तिर्न असक्षम भयो
ग्रेबोस जातिले काबुलाई यातना
दिन थाल्यो, उसको
पिताले भुक्तानी तिरोस् भनी
बाध्य पार्न ।
एक
पटक काबुले कोर्रा
खाइरहँदा एउटा तिरमिर्याउने
ज्योति चम्क्यो र स्वर्गबाट
यसो भन्ने आवाज
आयो, “उठेर भाग्
।”
चोटपटक
लागेको काबुको शरीरमा ताकत
आयो अनि ऊ
जङ्गलतर्फ भाग्यो । अँध्यारो
नहोउञ्जेल ग्रेबोसका लडाकाहरू उसको
पछिपछि लागे ।
अन्तमा,
ऊ मोन्रोभिया भन्ने
सहरमा आइपुग्यो जहाँ
मिसनरीहरूले उसलाई येशूको बारेमा
बताए ।
काबुको
नाउँ पछि शमूएल
मोरिस राखियो ।
क्रु जातिको राजाको
जेठो छोरो थिए,
काबु । तिनले
१४ वर्षको उमेरमा
येशूमाथि विश्वास गरे भने
१८ वर्षको उमेरमा
तिनी लाइबेरिया छाडी
अध्ययनको लागि न्युयोर्क
हिँडेका थिए ।
येशूमाथि
विश्वास गरेपछि लाइबेरियाको राजधानी
मान्रोभियामा घर रङ्गाउने
काममा मोरिसले दुई
वर्ष बिताए ।
तिनी मण्डलीको एक
सक्रिय सदस्य बने र
पवित्र आत्माको बारेमा सिक्ने
उत्कट इच्छा व्यक्त
गरे । त्यहाँ
भएका मिसनरीहरूले तिनलाई
अमेरिकामा गई स्तिफनस
मेरिटलाई भेटी तिनीबाट
पवित्र आत्माको बारेमा सिक्न
उत्साह दिए ।
न हातमा पैसा,
न यात्राको कुनै
साधन, तथापि पैदलै
शमूएलले मोन्रोभियाबाट आफ्नो यात्राको थालनी
गरे ।
तिनी
एउटा बन्दरगाहमा पुगे
। पानी जहाजमा
चढेर जान तिनीसँग
पैसा थिएन ।
कैयौँ दिन तिनले
बन्दरगाहमा नै सुतेर
बिताए । आफ्नो
जहाज यात्राको लागि
लाग्ने भाडा तिनले
जहाजमा काम गरेर
चुक्ता गरे ।
तिनको जहाज यात्रा
निकै कठिन र
खतरापूर्ण रहयो ।
तर सेप्टेम्बर १८९१
मा जहाज न्युयोर्कमा
उत्रँदा शमूएलको साक्षीको कारणले
गर्दा कप्तानसाथै थुप्रै
नाविकहरूले ख्रीष्टमाथि विश्वास गरिसकेका
थिए ।
तिनले
मुश्किलैले स्तिफनस मेरिटलाई भेटे ।
शमूएलले मेरिटलाई भेट्दा मेरिट
एउटा प्रार्थना मिटिङमा
जान लागेका थिए
। त्यसैले मेरिटको
मण्डलीमा नै बसिरहनू
भनी शमूएललाई अनुरोध
गरियो । जब
मेरिट फर्के तिनले
शमूएललाई अरूहरूसँगै प्रार्थना गरिरहेका
भेट्टाए । अमेरिकामा
पहिलो रातमा नै
शमूएलले झण्डै बिस जना
मानिसलाई प्रभुमा जितेका थिए
।
शमूएलको
उत्सुकता र निश्चयता
देखेर मेरिटले शमूएललाई
आफ्नै घरमा बस्न
निमन्त्रणा दिए ।
१८९१
दिसम्बरमा शमूएल टेलर विश्वविद्यालयमा
भर्ना भए ।
त्यहाँ पवित्र आत्माको बारेमा
सिक्नु तिनको प्रबल इच्छा
थियो । विश्वविद्यालयका
कुलपति थेदियस रिडेले कुन
कोठामा बस्न मन
पर्छ भनी सोध्दा
शमूएलले जवाफ दिए,
“कसैले पनि नचाहने
कुनै कोठा छ
भने मलाई त्यही
दिनुस् ।” त्यस
समुदायमा शमूएलको विश्वासको यस्तो
व्यापक प्रभाव परेको थियो
कि त्यहाँका स्थानिय
मण्डलीहरूमा प्रचार गर्नको लागि
तिनलाई बारम्बार डाकिन्थ्यो ।
रातको समयमा तिनले
निरन्तर रूपमा प्रार्थना गरिरहेको
सुनिन्थ्यो ।
टेलर
विश्वविद्यालयमा छँदा परमेश्वरले
तिनलाई शक्तिशाली ढङ्गमा प्रयोग
गर्नुभयो । तिनीसँग
प्रार्थना गर्न विद्यार्थीहरू
तिनको कोठामा ताँती
लाग्थे । संसारका
विभिन्न देशका मानिसहरू तिनले
प्रचार गरेको र तिनीद्वारा
प्रार्थना गरिन विश्वविद्यालयमा
झुम्मिन्थे । परमेश्वरसँग
साँचो सम्बन्ध राख्न
तिनले अरूहरूलाई प्रेरित
गर्थे । अफ्रिकाबाट
आएका यस ठिटोको
बारेमा भएका कथाहरूले
समाचारपत्रहरू भरिन्थे ।
तर
परमेश्वरको योजना पनि उदेकको
छ । १२
मे १८९३ का
दिन करिब २०
वर्षको कलिलै उमेरमा शमूएल
मोरिसको मृत्यु भयो ।
तिनको सपनालाई पुरा
गर्न तिनको मृत्युले
तिनका दौँतरीहरूलाई मिसनरी
भई अफ्रिका जना
प्रेरित गर्यो ।
बेरी
स्ट्रिट
मेथोडिस्ट
चर्चका तिनी
सक्रिय सदस्य थिए ।
तिनको देह त्यहाँ
लगिँदा सयौँ दर्शकहरू
लावालस्कर लागेर बसेका थिए
। पढाइ सकेर
आफ्नो जन्मभूमिलाई ख्रीष्टको
सुसमाचारले सिँचित गर्ने तिनको
सपनालाई तिनी आफैले
साकार पार्न नसके
तापनि तिनको अन्तेष्टि
सभा सकिएपछि तिनको
सपनालाई पुरा गर्न
शमूएलको ठाउँमा मिसनरी भई
अफ्रिका जाने धेरैले
इच्छा व्यक्त गरे
र कैयौँ गए
पनि ।
महान्
विश्वास भएका मान्छेहरूको
गवाही पनि महान्
नै हुन्छ ।
शमूएल मोरिस अपवादमा
पर्दैनन् । तिनको
अद्भूत विश्वासको कथा संसारभरि
नै शीघ्र रूपमा
फैलियो ।
टेलर
विश्वविद्यायलले तिनको सम्मानमा कैयौँ
भवनहरू, छात्रवृत्ति योजना र
एउटा समाजको नाउँमा
तिनको नाउँ जोडेको
छ । तत्कालिन
विश्वविद्यालयका प्रमुखले मोरिसको प्रभावको
बारेमा यसरी टिप्पण
गरेका थिए, “शमूएल
मोरिस परमेश्वरद्वारा पठाइएका
सन्देशवाहक थिए ।
आफ्ना मानिसहरूका निम्ति
मिसनको लागि आफैलाई
तयार गर्न तिनी
यहाँ आएका थिए
भनी तिनले ठाने
। तर तिनको
आगमन संसारको निम्ति
मिसन कार्यको लागि
टेलर विश्वविद्यालयलाई तयार
गर्नुथियो । तिनलाई
भेट्ने सबै मानिसहरू
परमेश्वरमाथि भएको तिनको
उत्कृष्ट तर साधारण
विश्वासद्वारा मोहित हुन्थे ।”