मण्डलीका
प्रथम सहिद स्तिफनसको
भनाइलाई प्रेरितको पुस्तकका लेखक
डा. लूका यसरी
अभिलिखित गर्छन्, “तब तिनी
[अब्राहाम] कल्दीहरूको
देशबाट निस्केर हारानमा आएर
बसे, र तिनका
पिताको मृत्यु भएपछि परमेश्वरले
तिनलाई त्यहाँबाट यस मुलुकमा
सार्नुभयो, जहाँ अहिले
तपाईंहरू वास गर्नुहुन्छ”
(प्रेरित ७:४)
। उत्पत्ति ११:२६ अनुसार
तेरह सत्तरी वर्ष
पुग्दा तिनी अब्राम
[पछि अब्राहाम], नाहोर र
हारानका पिता बने
। उत्पत्ति ११:३२ बमोजिम
२०५ वर्षको उमेरमा
तेरह हारानमा मरे
। अब्राहाम हारानबाट
निस्केर जाँदा तिनी ७५
वर्ष पुगेका थिए
(१२:४) ।
तसर्थ, अब्राहाम हारानबाट निस्केर
जाँदा तिनका पिता
तेरह १४५ वर्ष
भएको हुनुपर्छ ।
तर तिनी त
२०५ वर्षको उमेरमा
मरे । तपाईंले
यी अङ्कहरूलाई जोड/घटाउ गरेर
हेर्नुभयो भने प्रस्टै
हुन्छ कि अब्राहाम
हारानबाट प्रस्थान गर्दा तिनका
पिता जीवितै देखिन्छन्
। तब स्तिफनसको
भनाइ कसरी सही
हुन सक्छ त
? यस कठिनाइको लागि
अनेक समाधानहरू अगि
सारिएका छन् ।
१. स्तिफनसले
भाषणमा
गल्ती
गरे
।
यस
अवधारणाका समर्थकहरूको भनाइअनुसार स्तिफनसले
भाषणमा भुल गरे
र तिनको भुललाई
पवित्र आत्माद्वारा प्रेरणा पाएर
लेखेका डा. लूकाले
जस्ताको तस्तै लेखे ।
तसर्थ, बाइबल ठिक छ
तर स्तिफनस गलत
छन् । तर
विश्वासले भरिपूर्ण भएका स्तिफनसले
गल्ती गरे भन्ने
अवधारणा बिलकुल तर्कसङ्गत देखिँदैन
। पवित्र आत्माले
भरिपूर्ण स्तिफनसको मोहडा स्वर्गदूतको
मोहडाजस्तै देखिएको थियो ।
आत्माले भरिपूर्ण वक्ताले यहाँ
गल्ती गरे भने
तिनका अन्य वचनहरू
सही छन् भनेर
कसरी विश्वास गर्न
सकिन्छ ? त्यसकारण यो समाधान
सजिलो भए तापनि
जायज छैन ।
२. स्तिफनसले
तेरहको
शारीरिक
मृत्युलाई
नभएर
आत्मिक
मृत्युलाई
सङ्केत
गरेका
छन्
।
यसलाई
अङ्गाल्नेहरूको व्याख्याअनुसार स्तिफनसले यहाँ यहूदी
परम्परालाई अपनाएका छन् ।
यहूदी परम्पराअनुसार तेरहको
आत्मिक मृत्यु (पछि तिनी
मूर्तिपूजामा नै फर्कियो
भन्ने विचार) पश्चात्
अब्राहामले हारान छाडे ।
यस रायमुताबिक स्तिफनसद्वारा
उल्लिखित मृत्यु (ग्रिकमा अपोथानेइन) शब्दले आत्मिक मृत्युलाई
अङ्कित गर्नैपर्छ । तर
सन्दर्भअनुसार यो व्याख्या
मुनासिब देखिँदैन ।
३. तिन
जना
दाजु–भाइमध्ये
अब्राहाम
सबैभन्दा
कान्छा
थिए
।
उत्पत्ति
११:२६ ले
बताउँछ कि तेरह
सत्तरी वर्ष पुग्दा
तिनी अब्राम [पछि अब्राहाम], नाहोर र
हारानका पिता बने
। तर यो
भनाइको अर्थ यही
मात्र हुन सक्छ
कि त्यो उमेरमा
तेरहले आफ्नो पहिलो छोरो
जन्माए । साधारणतया
छोराहरूको नाउँको सूचीमा पहिलो
उल्लिखित जेष्ठ हुने भए
तापनि त्यसको अपवाद
छ भनेर हामीले
बुझ्नु आवश्यक छ । अब्राहाम जेठा छोरा
भएकाले तिनको नाउँ अगि
राखिएको होइन तर
तिनी तिन जना
दाजु–भाइमध्ये सर्वाधिक
महत्त्वपूर्ण भएकाले । यसको
अर्थ तेरहले अब्राहामलाई
जन्माउँदा तिनी १३०
वर्ष पुगेको हुनुपर्छ
।
तेस्रो
रायमा केही गौण
कठिनाइहरू भए तापनि
यो नै सर्वाधिक
विश्वसनीय व्याख्या देखिन्छ र
यसलाई नै व्यापक
रूपमा स्वीकार गरिएको
छ ।