एक्काइसौँ
शताब्दीको प्रगतिशील विज्ञानले मानवीय
वंशाणुलाई नक्सामा उतारेको छ;
अणुलाई विभाजन गरेका छ;
हब्बलको दूरदर्शक यन्त्रको सहयताले
दूर आकाशसम्म हेरेको
छ । प्रविधिको
यो उचाइमा मानिसको
तर्कले अलौकिकतामाथिको निश्छल विश्वासलाई लखेट्नुपर्छ
भनी मानिसहरू विश्वास
गर्छन् । यस
ज्ञान र तर्कले
येशूले गर्नुभएका आश्चर्यकर्महरूलाई काल्पनिक
कथाहरूको झुप्पो ठान्नेहरूको जमातलाई
वृद्धि गरिरहेको छ भनी
तिनीहरू ठान्छन् । तथापि येशूले
गर्नुभएका आश्चर्यकर्महरूलाई सुसमाचारिय लेखकहरूले बढाइचढाइ
नगरी जस्ताको तस्तै
लेखेका छन् र
विवेकशील व्यक्तिले एक्काइसौँ शताब्दीमा
पनि तिनमाथि विश्वास
गर्न सक्छन् भन्नाका
लागि यहाँ चार
ओटा साक्षीहरू जुटाइएका
छन् ।
१. नयाँ
करारको
विश्वासनियताले
उहाँका
आश्चर्यकर्महरूको
पुष्टि
गर्छ
।
प्राचीन
समयको कुनै पनि
लिखित दस्तावेजको सच्चाइलाई
जुन मापदण्ड प्रयोग
गरी नापिन्छ नयाँ
करारलाई पनि उही
मापदण्ड प्रयोग गरी नाप्नेहरूले
नयाँ करार प्राचीन
समयको सर्वाधिक भरपर्दो
दस्तावेज हो भनी
निष्कर्ष निकालिसकेका छन् ।
नयाँ करार येशूको
मृत्युको वर्षौंपछि लेखिएको दस्तावेज
होइन, ती प्रत्यक्षदर्शीहरूद्वारा
अभिलिखित प्रलेखहरू हुन् ।
पुरातत्त्वविद्याले पनि पटक–पटक नयाँ
करारको पुष्टि गरेको छ
। हामी नयाँ
करारमा भर पर्न
सक्ने भएकोले र
येशूका आश्चर्यकर्महरू नयाँ करारमा
अभिलिखित गरिएकाले हामी उहाँका
आश्चर्यकर्महरूमाथि भर पर्न
सक्छौँ । तिनीहरूलाई
साँचो विवरणको रूपमा
हेर्न सक्छौँ ।
नयँ करारमा येशू एउटा
आश्चर्यकर्म गर्नुहुने व्यक्तिको रूपमा
उभिनुभएको छ ।
येशूले वास्तवमै आश्चर्यकर्म गर्नुभयो
भनी विश्वास गर्न
नयाँ करारका ज्यादै
खरा आलोचकहरू पनि
बाध्य भएका छन्
।
२. बाइबलेतर
(बाइबल
बाहिरका)
स्रोतहरूले
उहाँका
आश्चर्यकर्महरूको
पुष्टि
गर्छन्
।
उहाँका
आश्चर्यकर्महरूको उल्लेख गर्ने स्रोतहरू
केवल सुसमाचारिय पुस्तकहरू
होइनन् । गैरख्रीष्टियान
र कहिलेकाहीँ प्रतिद्वन्द्वी
स्रोतहरूले पनि येशूले
चमत्कार गर्नुभएको थियो भनी
उल्लेख गरेका छन् यद्यपि
प्रतिद्वन्द्वी स्रोतहरूले उहाँका आश्चर्यकर्महरूलाई
फरक तरिकाले अर्थ
खोलेका छन् ।
येशूले चमत्कारहरू गर्नुभयो भनी
प्राचीन यहूदी साहित्य ताल्मुडले उल्लेख
गरेको छ । पहिलो शताब्दीका महानतम
यहूदी इतिहासकार योसिफसले
येशूले असाधारण कार्यहरू गर्नुभयो
भनी उल्लेख गरेका
छन् । येशूले
मृतकहरूलाई बिउँताउनुभएको थियो र
उहाँले अन्य आश्र्यकर्महरू
पनि गर्नुभयो भनी
मोहम्मदले विश्वास गरे ।
३. उहाँका
वैरीहरूको
स्वीकारले
उहाँका
आश्चर्यकर्महरूको
पुष्टि
गर्छ
।
यो
चाखलाग्दो छ कि
येशूका आश्चर्यकर्महरू देख्ने उहाँका थुप्रै
वैरीहरूले उहाँलाई मसीहको रूपमा
इन्कार गरे तापनि
उहाँले आश्चर्यकर्महरू गर्नुभयो भनी तिनीहरूले
इन्कार गर्न सकेनन्
। मनग्गे यहूदीहरूको
सामुन्ने येशूले लाजरसलाई मृतकहरूबाट
बिउँताउनुभएपछि येशूका शत्रुहरूको कदमलाई
यूहन्ना लेख्छन्, “तब मुख्य
पूजाहारीहरू र फरिसीहरूले
महासभाका सदस्यहरूलाई बोलाए र
तिनलाई भने, ‘अब हामी
के गरौं ? किनभने
यस मानिसले त
धेरै चिन्हहरू गरिरहेछ”
(यूहन्ना ११:४७)
। लूकाको विवरणअनुसार
राजा हेरोद एन्तिपासले
पनि येशूले आश्चर्यकर्महरू
गर्न सक्नुहुन्छ भन्ने
पर्याप्त प्रतिवेदनहरू सुनेका थिए ।
तसर्थ, हेरोदले येशूले “केही
आश्चर्य काम गर्नुभएको
हेर्ने आशा गर्थे”
(लूका २३:६)
। सुसमाचारिय विवरणहरूबाट
प्रस्ट छ कि
उहाँका अनुयायीहरूले मात्र होइन उहाँलाई
षड्यन्त्र गरी मार्न
खोज्ने उहाँका शत्रुहरूले पनि
उहाँ आश्चर्यकर्महरू गर्नुहुने
व्यक्ति हुनुहुन्थ्यो भनी विश्वास
गर्थे ।
४. हजारौँका
गवाहीले
उहाँका
आश्चर्यकर्महरूको
पुष्टि
गर्छन्
।
उहाँका
आश्चर्यकर्महरू हजारौँले देखे र
ती प्यालेसटाइनभरि उहाँको
सेवा अवधिमा गरिएका
थिए । केही
पाहुनाहरू र उहाँका
चेलाहरूको उपस्थितिमा पानीलाई दाखमद्यमा
परिणत गरी येशूले
पहिलो आश्चर्यकर्म गर्नुभयो
कानाको विवाह भोजमा (यूहन्ना
२:१–११)
। ठुलो भिडको
सामु उहाँले बिरामीहरूलाई
निको पार्नुभयो (मत्ती
१४:१४) ।
उहाँले पाँच ओटा
रोटी र दुई
ओटा माछाले पाँच
हजारलाई खुवाउनुभयो जहाँ स्त्रीहरू
र केटाकेटीहरू पनि
तृप्त भएका थिए
जसको गणना गरिएको
थिएन (मत्ती १४:१५–२१)
। यसरी उहाँको
सेवाअवधिभर प्यालेसटाइनका प्राय: सबै क्षेत्रमा
हजारौँ मानिसहरू उहाँका आश्चर्यकर्महरूका
गवाह बनेका थिए
। तसर्थ, मनग्य
प्रत्यक्षदर्शीहरूको उपस्थितिमा येशूले अन्धाका
आँखा खोलिदिनुभयो; कुष्टरोगीहरूलाई
निको पार्नुभयो; थोरै
खानाले हजारौँलाई तृप्त पार्नुभयो
र लङ्गडोलाई हिँड्न
सक्षम तुल्याउनुभयो ।
यसरी
यी चार ओटा
साक्षीले येशूले साँच्चै आश्चर्यकर्महरू
गर्नुभयो भनी पुष्टि
गर्छन् । ती
उहाँका अनुयायीहरूले पछि थपेका
काल्पनिक कथाहरू होइनन् ।
यी ऐतिहासिक येशूसँग
जोडिएका वास्तविक घटनाहरू हुन्
। उपलब्ध साक्षी
र गवाहीहरूको आधारमा
सुसमाचारिय आश्चर्यकर्महरूलाई बिलकुलै उपेक्षा गर्न
सकिँदैन । यसले
के पुष्टि गर्छ
त ?
कसले
पाँच ओटा रोटी
र दुई ओटा
माछाले पाँच हजारलाई
खुवाउन सक्छ ? कसले बतासलाई
केवल आवाजद्वारा शान्त
पार्न सक्छ ? को
मृत्युमाथि विजयी हुन सक्छ
? यी सबै प्रश्नहरूको
उत्तर हुन्छ: त्यो
व्यक्ति जसको उद्भव
अलौकिक छ जस्तो
यूहन्नाले सही मूल्याङ्कन
गरेका छन्, “उहाँ
[येशू]
नै साँचो परमेश्वर
र अनन्त जीवन
हुनुहुन्छ” (१ यूहन्ना
५:२०) ।