बाँचेका
सबै मानिसहरूमध्ये उहाँ
[येशू]
ले मात्रै मृत्युमाथि
विजय हासिल गर्नुभयो
। ... उहाँले भन्नुभयो,
‘म जीवित भएको
हुनाले, तिमीहरू पनि जीवित
रहनेछौ’युहन्ना १४:१९
।
हेन्री मोरिस,
ख्रीष्टियान
रक्षाशास्त्री
तदअनुसार,
सबै साक्षीलाई होसियारीपूर्वक
र राम्ररी तौलने
हो भने अरिमाथियाको
योसेफको चिहान जसमा येशूको
शव राखिएको थियो
त्यो पहिलो इस्टरको
बिहान वास्तवमै रित्तो
थियो भनी निष्कर्ष
निकाल्नु ऐतिहासिक खोजको नियमअनुसार
न्यायसङ्गत छ ।
यस कथनलाई अप्रमाणित
गर्ने साक्षीको कुनै
कण न साहित्यिक
स्रोतहरूमा न शिलालेखविद्यामा
न त पुरातत्त्वविद्यामा
नै हालसम्म पत्ता
लगाइएको छ ।
डन पावल
माइर,
इतिहासकार
[येशूको पुनरुत्थान]
एउटा यस्तो विश्वास
थियो जसले क्रूसमा
मारिनुभएका रब्बीका उदास चेलाहरूलाई
साहसी र प्रारम्भिक
मण्डलीका सहिदहरूमा परिवर्तन गरिदियो
। ... तपाईं तिनीहरूलाई
झ्यालखानमा राख्न सक्नुहुन्छ; तिनीहरूलाई
बेसरी पिट्न सक्नुहुन्छ;
तिनीहरूलाई मार्न पनि सक्नुहुन्छ;
तर तेस्रो दिनमा
उहाँ बौरीउठ्नुभएको थियो
भन्ने तिनीहरूको विश्वासलाई
परिवर्तन गर्न सक्नुहुन्थेन
र सक्नुहुन्न ।
मिखाएल ग्रिन,
प्राध्यापक
म
येशू ख्रीष्टको शारीरिक
पुनरुत्थानमा विश्वास गर्दछु ।
... विद्यमान जैविक ज्ञानबारे भएको
ऐतिहासिक साक्षीको आधारमा विज्ञानको
दर्शनशास्त्रसित परिचित वैज्ञानिकले येशू
ख्रीष्टको शारीरिक पुनरुत्थानमा शङ्का
गर्न सक्छ तर
उसले इन्कार गर्न
भने सक्दैन ।
त्यसो गर्नु भनेको
यो घटेन भनी प्रमाणित
गर्नु हो ।
मरेर तिन दिनसम्म
चिहानमा रहेको शवलाई वर्तमान
जीवविज्ञानले बौरी उठाउन
सक्दैन भनेर म
भन्न सक्छु ।
वर्तमान जीव विज्ञानको
आधारमा रहेर येशू
ख्रीष्टको पुनरुत्थानलाई इन्कार गर्नु भनेको
सही वैज्ञानिक धारणाबारे
भएको मेरो दर्शनशास्त्रअनुसार
अवैज्ञानिक धारणालाई प्रदर्शन गर्नु
हो ।
डा. ए.
सी.
इभी,
फिजियलजीस्टसाथै
मनग्गे
वैज्ञानिक
रचनाका
लेखक
यस
महानतम बुँदा [येशूको
पुनरुत्थान] बारे हामीसँग
विश्वास मात्र हुनुपर्छ भनी
अनुरोध गरिएको छैन ।
एउटा जीवित सत्यताको
रूपमा यसको पक्षमा
सकारात्मक र नकारात्मक,
वास्तविक र पारिस्थितिक
साक्षीहरू यति धेरै
छन् कि संसारको
कुनै विवेकशील न्यायिक
मण्डलले पुनरुत्थानको कथा साँचो
हो भन्ने निर्णय
सुनाउनबाट चुक्न सक्दैन ।
लर्ड डार्लिङ
हरेक
न्यायाधीशले आफ्नो मुद्दालाई निकै
महत्त्वपूर्ण ठानेझैँ दसौँ हजारले
यस [येशूको
पुनरुत्थान] लाई होसियारीपूर्वक
एक एक गरी
केलाएका छन् ।
म आफैले पनि
धेरै पटक त्यसो
गरेको छु, अरूलाई
मनाउन होइन तर
आफैलाई सन्तुष्ट पार्न ।
... र मानव–जातिको
इतिहासमा मलाई अर्को
कुनै सत्यता थाहा
छैन जुन एउटा
निष्पक्ष खोजकर्ताको लागि ख्रीष्ट
मर्नुभयो र मृतकहरूबाट
बौरी उठ्नुभयो भन्ने
सत्यताको निम्ति भन्दा बढी असल र
पर्याप्त साक्षी छ ।
थोमस अर्नोल्ड,
चर्चित
लेखक
अब्राहाम,
मोहम्मद, बुद्ध, कन्फ्युसियस, लाओत्सु
र जोरास्टरका हड्डीहरू
अहिले पनि पृथ्वीमा
नै छन् ।
येशूको चिहान रित्तो छ
। यो मूर्त,
वास्तविक र प्रयोगसिद्ध
प्रमाण हो कि:
जीवनको आशा र
अर्थ छ; प्रेम
मृत्युभन्दा बलियो छ; भलाइ
र शक्ति अन्तमा
मित्रहरू हुन्, शत्रुहरू होइनन्
। आखिरमा जीवनले
विजय हासिल गर्छ;
हामी जहाँ छौँ
त्यहीँ नै परमेश्वरले
हामीलाई छुनुभएको छ र हाम्रा आखिरी शत्रुलाई
पराजित गर्नुभएको छ, हामी
अन्तरिक्षबाट आएका अनाथहरू
होइनौँ ।
पिटर क्रिफ्ट
र
रोनाल्ड
टासेल्ली
मृतकहरूबाट
येशू ख्रीष्टको शारीरिक
पुनरुत्थान ख्रीष्टियमतको शिखर प्रमाण
हो । पुनरुत्थान
घटेको थिएन भने
ख्रीष्टियमत एउटा झुटो
धर्म हो ।
यो घटेको थियो
भने ख्रीष्ट परमेश्वर
हुनुहुन्छ र ख्रीष्टियान
विश्वास निरपेक्ष सत्यता हो
।
हेन्री
मोरिस,
ख्रीष्टियान
रक्षाशास्त्री
इतिहासले
अभिलेख गरेको यो [येशूको पुनरुत्थान]
कि महानतम आश्चर्यकर्म
हो कि भने
महानतम छल ।
फिलिप स्काफ,
इतिहासकारसाथै
ईश्वरशास्त्री
प्राचीन
संसारको कुनै पनि
एक व्यक्तिको मृत्युको
बारेमा भन्दा येशूको मृत्युअगिको
तत्काल दृश्य र उहाँको
वास्तविक मृत्युको बारेमा हामीलाई
सविस्तार वर्णन थाहा छ
। सारा प्राचीन
इतिहासमा कुनै पनि
पात्रको दफनभन्दा प्रभु येशूको
दफनबारे हामीलाई बढी थाहा
छ ।
विल्बर स्मिथ,
प्रसिद्ध
लेखक
सम्भवत:
चेलाहरूको जीवनमा आएको परिवर्तन
पुनरुत्थानको लागि सबैभन्दा
महत्त्वपूर्ण साक्षी हो ।
जोन आर.
डब्लू.
स्टट
एक
दिन माथिल्लो कोठामा
डराएर कुत्रुक्क परेका
पराजित चेलाहरूको एउटा सानो
दल केही दिन
पछाडि नै यति
ठुलो समूहमा परिवर्तन
भयो कि तिनीहरूलाई
कुनै सतावटले स्तब्ध
पार्न सकेन् ।
एन्डरसन, चर्चित
लेखक
तिनीहरू [येशूका चेलाहरू] गिरफ्तार, कैद,
पिटाइ र डरलाग्दो
मृत्युको सामना गर्न इच्छुक
भए तर तिनीहरूमध्ये
कसैले पनि ... ख्रीष्ट
पुनरुत्थान हुनुभएको थियो भन्ने
विश्वासलाई फिर्ता लिएन ।
जे. रोसकप
यस
दयनीय मनगढन्ते कुराबारे
संसारलाई छक्काएर स्वीकृत गराउन
खोज्ने चेलाहरूको प्रयासले के
तिनीहरूको नाटकीय परिवर्तनको व्याख्या
गर्छ र ? यसले
बताउने मनोवैज्ञानिक अर्थहीनताबारे मनन गर्नुस्
। यसले कुनै
अर्थ दिँदैन ।
एन्डरसन, चर्चित
लेखक
विचाराधीन
कुनै पनि वस्तुको
वास्तविकताको निर्धारणको लागि आधुनिक
विज्ञानसाथै मनोवैज्ञानिकहरूले महत्त्वपूर्ण साक्षीको किसिम भनेकै
प्रभु येशूको पुनरुत्थानको
सम्बन्धमा सुसमाचारहरूमा हाम्रो निम्ति प्रस्तुत
साक्षीको किसिम हो अर्थात्
मानवीय आँखाले देखेका कुराहरू,
मानवीय हातले छोएका र
मानवीय कानले सुनेका कुराहरू
हुन् । यसैलाई
हामी प्रयोगसिद्ध साक्षी
भन्छौँ ।
विल्बर स्मिथ,
प्रसिद्ध
लेखक
सबै
साक्षीलाई एकै ठाउँमा
राख्दा ख्रीष्टको पुनरुत्थानभन्दा अन्य
कुनै ऐतिहासिक घटना
पृथक् प्रकारले समर्थन
गरिएको छैन भन्दा
अत्युक्ति नहोला ।
वेस्टकट
यहाँ धर्मको एक जना
शिक्षक हुनुहुन्छ । उहाँ
आफ्नै खुबीद्वारा मृत्युमा
गई चिहानबाट बौरी
उठ्ने नम्रतापूर्वक दाबी
गर्नुहुन्छ । यस्तो
प्रस्ताव कहिल्यै अगि सारिएको
थिएन र सारिनेछैन
भनी हामी सुरक्षितसाथ
अनुमान गर्न सक्छौँ
।
आर. एजर
उहाँ
मृतकहरूबाट बौरी उठ्नुहुनेथियो
भनी उहाँ आफैले
बताउनुहुँदा ... उहाँले यस्तो कुरो
बताउनुभयो जुन एउटा
मूर्खले मात्र भन्ने आँट
गथ्र्यो । ... मानिसहरूको बिचमा
ज्ञात कुनै पनि
धर्मको कुनै संस्थापकले
कहिल्यै त्यस्तो भन्ने साहस
गरेन ।
विल्बर स्मिथ,
चर्चित
लेखक